Smart Sawari
Transport Management Office, Kalanki

नयाँ दैनिक तर्फका असार १० गते देखि असार २४ गते सम्ममा राजश्व बुझाउनु भएका सेवाग्राहीको लाइसेन्स वितरण सम्बन्धि जानकारी

Added 2026-11-27

नयाँ दैनिक तर्फका असार १० गते देखि असार २४ गते सम्मका कूल ४,४८५ वटा लाइसेन्स कार्डहरु विभागबाट प्राप्त भएको छ भने २,३४८ वटा लाइसेन्स कार्डहरुको मात्र विवरण प्राप्त गर्न सकिएको छ ।

यी २,३४८ वटा लाइसेन्सहरुलाई कार्यालयको वेवसाईटमा सर्च गर्दा देखाउने बनाइएको छ । सर्च गरेर बक्स कोड टिपेर कार्यालयमा लिन आउनु होला ।

बाँकी रहेका लाइसेन्सहरुको विवरण प्राप्त हुन सकेनन् । यी लाइसेन्सहरुको Applicant ID सहितको सूची तल प्रकाशन गरिएको छ । आफ्नो रसिदमा हेरेर त्यहाँ भएको Applicant ID देहायको सूचीमा छ भने यी लाइसेन्सहरु पनि कार्यालयमा लिन आउन सक्नुहुन्छ ।

लाईसेन्स कार्ड प्राप्त भएका तर विवरण उपलब्ध नभएका लाइसेन्सहरुः

Pictures and documents

unmatched_license_records_htq48uy.pdf · PDF

Open on the official website ↗