1. L अक्षर लेखिएका सवारी कस्ता सवारी हुन् ?
- A) सरकारी सवारी साधन
- B) सिकारु सवारी साधन ✓
- C) कूटनीतिक सवारी साधन
- D) सार्वजनिक सवारी साधन
2. यातायात व्यवस्था कार्यालयहरू कुन निकायको मातहतमा रहेका छन् ?
- A) यातायात व्यवस्था विभाग
- B) प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय ✓
- C) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
- D) माथिका कुनै पनि होइनन्
3. सवारी चलाइरहेको बेला एक्सिलेटर धेरै थिचेमा के हुन्छ ?
- A) सवारी साधन बिग्रन्छ
- B) ट्राफिकले जरिवाना लिन्छ
- C) सवारीको गति बढ्छ ✓
- D) माथिका सबै
4. विद्युतीय सवारीमा तलका मध्ये के हुँदैन ?
- A) साइलेन्सर पाइप ✓
- B) एक्सिलेटर
- C) क्लच
- D) गियर
5. कस्ता सवारीलाई नामसारी गर्नुहुँदैन ?
- A) उत्पादन वर्षले २० वर्ष काटेका ✓
- B) उत्पादन वर्षले १५ वर्ष काटेका
- C) उत्पादन वर्षले ५ वर्ष काटेका
- D) उत्पादन वर्षले २५ वर्ष काटेका
6. सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
- A) यातायात व्यवस्था कार्यालयको प्रमुख ✓
- B) यातायात व्यवस्था विभागको प्रमुख
- C) ट्राफिक कार्यालयको प्रमुख
- D) ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमुख
7. चलिरहेको सवारीको मार्ग परिवर्तन गरी अपहरण गर्नेलाई कस्तो सजाय हुन्छ ?
- A) कैद वा जरिवाना ✓
- B) सवारी जफत
- C) देश निकाला
- D) माथिका सबै
8. मध्यम बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- A) २५० कि.मी. भन्दा लामो सडक
- B) १०० देखि २५० कि.मी. लामो सडक ✓
- C) २५ कि.मी. भन्दा छोटो सडक
- D) २५ देखि १०० कि.मी. लामो सडक
9. ब्लूबुक कति अवधिसम्म नवीकरण नगराए स्वतः रद्द हुन्छ ?
- A) १ वर्ष
- B) ३ वर्ष
- C) ५ वर्ष ✓
- D) ७ वर्ष
10. सवारीको हेरफेर दर्ता गर्दा कति दस्तुर लाग्छ ?
- A) उक्त सवारी दर्ताको ५० प्रतिशतले हुन आउने रकम ✓
- B) रु. ५०००
- C) दर्ता गर्दा लाग्ने जति
- D) रु. १५००
11. सवारी चालक अनुमति पत्रमा ठूला सवारी थप गर्दा कति दस्तुर लाग्छ ?
- A) पाँच सय
- B) एक हजार ✓
- C) एक हजार पाँच सय
- D) दुई हजार
12. मास्टर सिलिण्डरले के काम गर्छ ?
- A) गाडी दौडन मद्दत गर्छ
- B) उकालो चढ्न मद्दत गर्छ
- C) ब्याक गर्न मद्दत गर्छ
- D) सवारी रोक्न मद्दत गर्छ ✓
13. गाडीको चक्का घुमाउने काम केले गर्छ ?
- A) रेडिएटरले
- B) गियरले
- C) डिफरेन्सियलले ✓
- D) माथिका कुनै पनि होइनन्
14. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्छ ?
- A) A/C अन गर्नुपर्छ
- B) मोबिलमा पानी थप गर्नुपर्छ
- C) इन्धन थप गर्नुपर्छ
- D) चोक प्रयोग गरी स्टार्ट गर्नुपर्छ ✓
15. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन भागले प्रभाव पार्छ ?
- A) ब्रेकले
- B) गियर बक्सले
- C) इन्धनले
- D) इन्जिनको अवस्थाले ✓
16. जाँचपास प्रमाणपत्र कस्ता सवारीलाई आवश्यक हुन्छ ?
- A) निजी सवारी
- B) भाडाका सवारी
- C) सरकारी सवारी
- D) माथिका सबै ✓
17. टर्निङमा गाडी चलाउँदा कसरी चलाउनुपर्छ ?
- A) लो गियरमा चलाउने
- B) स्पिड कम गर्ने
- C) टर्निङ अगाडि नै २–३ पटक हर्न बजाउने
- D) माथिका सबै ✓
18. बाटोमा टायर पञ्चर भएमा के गर्नुपर्छ ?
- A) वास्ता नगरी कुदाउने
- B) गाडी किनारा लगाई छोडेर जाने
- C) स्पेयर टायर प्रयोग गरी पञ्चर टाल्ने ✓
- D) माथिका कुनै पनि होइनन्
19. सवारी दुर्घटना भएमा कसलाई सूचना गर्नुपर्दैन ?
- A) नजिकको प्रहरीलाई
- B) नजिकका बासिन्दालाई
- C) घाइतेका आफन्तलाई
- D) सडक यात्रुलाई ✓
20. वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक
- B) सचेतनात्मक
- C) प्रतिबन्धात्मक ✓
- D) माथिका सबै
21. सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिँदैन ?
- A) सेतो
- B) पहेंलो
- C) रातो ✓
- D) कालो
22. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँदैन ?
- A) सूचनामूलक
- B) सचेतनात्मक
- C) प्रतिबन्धात्मक
- D) ख र ग दुवै ✓
23. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक
- B) सचेतनात्मक ✓
- C) प्रतिबन्धात्मक
- D) माथिका सबै
24. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- A) गियर परिवर्तन गरेको
- B) साइड दिएको
- C) ब्रेक लगाइरहेको ✓
- D) स्पिड बढाउन लागेको
25. प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
- A) गोलाकार ✓
- B) त्रिभुजाकार
- C) वर्गाकार
- D) आयताकार