१. L अक्षर लेखिएका सवारी कस्ता सवारी हुन् ?
- क) सरकारी सवारी साधन
- ख) सिकारु सवारी साधन ✓
- ग) कूटनीतिक सवारी साधन
- घ) सार्वजनिक सवारी साधन
२. यातायात व्यवस्था कार्यालयहरू कुन निकायको मातहतमा रहेका छन् ?
- क) यातायात व्यवस्था विभाग
- ख) प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय ✓
- ग) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
- घ) माथिका कुनै पनि होइनन्
३. सवारी चलाइरहेको बेला एक्सिलेटर धेरै थिचेमा के हुन्छ ?
- क) सवारी साधन बिग्रन्छ
- ख) ट्राफिकले जरिवाना लिन्छ
- ग) सवारीको गति बढ्छ ✓
- घ) माथिका सबै
४. विद्युतीय सवारीमा तलका मध्ये के हुँदैन ?
- क) साइलेन्सर पाइप ✓
- ख) एक्सिलेटर
- ग) क्लच
- घ) गियर
५. कस्ता सवारीलाई नामसारी गर्नुहुँदैन ?
- क) उत्पादन वर्षले २० वर्ष काटेका ✓
- ख) उत्पादन वर्षले १५ वर्ष काटेका
- ग) उत्पादन वर्षले ५ वर्ष काटेका
- घ) उत्पादन वर्षले २५ वर्ष काटेका
६. सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
- क) यातायात व्यवस्था कार्यालयको प्रमुख ✓
- ख) यातायात व्यवस्था विभागको प्रमुख
- ग) ट्राफिक कार्यालयको प्रमुख
- घ) ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमुख
७. चलिरहेको सवारीको मार्ग परिवर्तन गरी अपहरण गर्नेलाई कस्तो सजाय हुन्छ ?
- क) कैद वा जरिवाना ✓
- ख) सवारी जफत
- ग) देश निकाला
- घ) माथिका सबै
८. मध्यम बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- क) २५० कि.मी. भन्दा लामो सडक
- ख) १०० देखि २५० कि.मी. लामो सडक ✓
- ग) २५ कि.मी. भन्दा छोटो सडक
- घ) २५ देखि १०० कि.मी. लामो सडक
९. ब्लूबुक कति अवधिसम्म नवीकरण नगराए स्वतः रद्द हुन्छ ?
- क) १ वर्ष
- ख) ३ वर्ष
- ग) ५ वर्ष ✓
- घ) ७ वर्ष
१०. सवारीको हेरफेर दर्ता गर्दा कति दस्तुर लाग्छ ?
- क) उक्त सवारी दर्ताको ५० प्रतिशतले हुन आउने रकम ✓
- ख) रु. ५०००
- ग) दर्ता गर्दा लाग्ने जति
- घ) रु. १५००
११. सवारी चालक अनुमति पत्रमा ठूला सवारी थप गर्दा कति दस्तुर लाग्छ ?
- क) पाँच सय
- ख) एक हजार ✓
- ग) एक हजार पाँच सय
- घ) दुई हजार
१२. मास्टर सिलिण्डरले के काम गर्छ ?
- क) गाडी दौडन मद्दत गर्छ
- ख) उकालो चढ्न मद्दत गर्छ
- ग) ब्याक गर्न मद्दत गर्छ
- घ) सवारी रोक्न मद्दत गर्छ ✓
१३. गाडीको चक्का घुमाउने काम केले गर्छ ?
- क) रेडिएटरले
- ख) गियरले
- ग) डिफरेन्सियलले ✓
- घ) माथिका कुनै पनि होइनन्
१४. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्छ ?
- क) A/C अन गर्नुपर्छ
- ख) मोबिलमा पानी थप गर्नुपर्छ
- ग) इन्धन थप गर्नुपर्छ
- घ) चोक प्रयोग गरी स्टार्ट गर्नुपर्छ ✓
१५. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन भागले प्रभाव पार्छ ?
- क) ब्रेकले
- ख) गियर बक्सले
- ग) इन्धनले
- घ) इन्जिनको अवस्थाले ✓
१६. जाँचपास प्रमाणपत्र कस्ता सवारीलाई आवश्यक हुन्छ ?
- क) निजी सवारी
- ख) भाडाका सवारी
- ग) सरकारी सवारी
- घ) माथिका सबै ✓
१७. टर्निङमा गाडी चलाउँदा कसरी चलाउनुपर्छ ?
- क) लो गियरमा चलाउने
- ख) स्पिड कम गर्ने
- ग) टर्निङ अगाडि नै २–३ पटक हर्न बजाउने
- घ) माथिका सबै ✓
१८. बाटोमा टायर पञ्चर भएमा के गर्नुपर्छ ?
- क) वास्ता नगरी कुदाउने
- ख) गाडी किनारा लगाई छोडेर जाने
- ग) स्पेयर टायर प्रयोग गरी पञ्चर टाल्ने ✓
- घ) माथिका कुनै पनि होइनन्
१९. सवारी दुर्घटना भएमा कसलाई सूचना गर्नुपर्दैन ?
- क) नजिकको प्रहरीलाई
- ख) नजिकका बासिन्दालाई
- ग) घाइतेका आफन्तलाई
- घ) सडक यात्रुलाई ✓
२०. वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक
- ग) प्रतिबन्धात्मक ✓
- घ) माथिका सबै
२१. सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिँदैन ?
- क) सेतो
- ख) पहेंलो
- ग) रातो ✓
- घ) कालो
२२. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँदैन ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक
- ग) प्रतिबन्धात्मक
- घ) ख र ग दुवै ✓
२३. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक ✓
- ग) प्रतिबन्धात्मक
- घ) माथिका सबै
२४. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- क) गियर परिवर्तन गरेको
- ख) साइड दिएको
- ग) ब्रेक लगाइरहेको ✓
- घ) स्पिड बढाउन लागेको
२५. प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
- क) गोलाकार ✓
- ख) त्रिभुजाकार
- ग) वर्गाकार
- घ) आयताकार