1. रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत दिनु पर्दछ ?
- A) हेडलाइट हाई र डिम गरेर ✓
- B) इन्डिकेटर बालेर
- C) इन्जिन रेस गरेर
- D) माथिका सबै
2. सवारी चलाउनुपूर्व कुन कुन कुरामा ध्यान दिनु पर्दछ ?
- A) सवारीको अवस्था
- B) इन्जिन
- C) क्लच र एक्सिलेटर
- D) माथिका सबै ✓
3. तपाईं आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ ?
- A) गियर चेक गरेर ✓
- B) ब्रेक लगाएर
- C) तेल चेक गरेर
- D) इन्जिन चेक गरेर
4. सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ?
- A) स्कूले विद्यार्थीलाई
- B) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई
- C) बुढाबुढीलाई
- D) माथिका सबै ✓
5. सवारी चालकले जेब्रा क्रसिङमा के गर्नुपर्छ ?
- A) हर्न बजाउने
- B) गति बढाउने
- C) कम गतिमा चलाउने ✓
- D) गाडी रोकेर बस्ने
6. ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नु पर्दछ ?
- A) गल्ती छैन भनी जिद्दी गर्ने
- B) ट्राफिक प्रहरीलाई छलेर भाग्ने
- C) नम्रतापूर्वक गल्ती महसुस गर्ने ✓
- D) गाडी छोडेर भाग्ने
7. सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?
- A) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ✓
- B) सवारी चालक ऐन
- C) यातायात व्यवस्थापन ऐन
- D) ट्राफिक ऐन
8. सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो ?
- A) रू. दुई सय
- B) रू. पाँच सय ✓
- C) रू. एक हजार
- D) रू. एक हजार पाँच सय
9. सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कुन कुन परीक्षा उत्तीर्ण हुनुपर्छ ?
- A) लिखित परीक्षा
- B) प्रयोगात्मक परीक्षा
- C) मेडिकल जाँच
- D) माथिका सबै ✓
10. सवारीको सामान्य पार्ट पुर्जा परिवर्तन गर्न कसबाट स्वीकृति लिनु पर्छ ?
- A) यातायात व्यवस्था कार्यालयका प्रमुखबाट
- B) ट्राफिक प्रहरीबाट
- C) प्रमुख जिल्ला अधिकारीबाट
- D) माथिका कुनै पनि होइन ✓
11. हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो ?
- A) वडा कार्यालय
- B) जिल्ला प्रशासन कार्यालय
- C) ट्राफिक प्रहरी कार्यालय ✓
- D) यातायात व्यवस्था कार्यालय
12. स्पिडोमिटरले तलकामध्ये के काम गर्छ ?
- A) इन्जिनको मात्रा नाप्ने
- B) इन्जिनको तापक्रम नाप्ने
- C) गाडीको वजन नाप्ने
- D) माथिको कुनै पनि गर्दैन ✓
13. सवारीको यान्त्रिक स्थिति ठीक नभएमा सवारी चालकले सर्वप्रथम के गर्नु पर्छ ?
- A) मर्मत गर्ने ✓
- B) नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने
- C) सवारी धनी वा व्यवस्थापकलाई खबर गर्ने
- D) जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने
14. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुन सक्ने अवस्था कुन हो ?
- A) एक पटकभन्दा बढी अङ्कित रेखा छोएमा
- B) सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा
- C) एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा
- D) माथिका सबै ✓
15. ब्याट्रीभित्रको तेजाबलाई केले तताएको हुन्छ ?
- A) इलेक्ट्रो लाइट ✓
- B) मोबिल
- C) पेट्रोल
- D) ग्रिज आयल
16. मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
- A) मोबिल ✓
- B) डाइनामो
- C) ब्याट्री
- D) माथिका सबै
17. ध्वनि प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?
- A) उच्च रक्तचाप बढाउँछ
- B) सुन्ने शक्ति गुमाउँछ
- C) निद्रा लाग्दैन
- D) माथिका सबै ✓
18. तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो ?
- A) बिजुलीबाट चल्ने सवारी ✓
- B) पेट्रोलबाट चल्ने सवारी
- C) डिजेलबाट चल्ने सवारी
- D) माथिका सबै
19. दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ ?
- A) प्राथमिक उपचार ✓
- B) प्रारम्भिक उपचार
- C) घरेलु उपचार
- D) स्थानीय उपचार
20. ट्राफिकले दिने इशारा कसका लागि हुन्छ ?
- A) सवारी चालकका लागि
- B) पैदल यात्रीका लागि
- C) पैदलयात्री र सवारी चालकका लागि ✓
- D) कुनै पनि होइन
21. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक ✓
- B) सचेतनात्मक
- C) प्रतिबन्धात्मक
- D) माथिका सबै
22. जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) सरासर अगाडि बढ्ने ✓
- B) सवारी रोक्ने
- C) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- D) माथिका सबै
23. दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ ?
- A) रोकिएर बस्ने
- B) पार्किङलाइट बाल्ने ✓
- C) लगातार हर्न बजाउने
- D) माथिका सबै
24. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- A) गियर परिवर्तन गरेको
- B) साइड दिएको
- C) ब्रेक लगाइरहेको ✓
- D) स्पिड बढाउन लागेको
25. सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ ?
- A) दुर्घटनाको सम्भावना बढ्छ ✓
- B) सिप बढ्छ
- C) चाँडै पुगिन्छ
- D) माथिका सबै