१. रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत दिनु पर्दछ ?
- क) हेडलाइट हाई र डिम गरेर ✓
- ख) इन्डिकेटर बालेर
- ग) इन्जिन रेस गरेर
- घ) माथिका सबै
२. सवारी चलाउनुपूर्व कुन कुन कुरामा ध्यान दिनु पर्दछ ?
- क) सवारीको अवस्था
- ख) इन्जिन
- ग) क्लच र एक्सिलेटर
- घ) माथिका सबै ✓
३. तपाईं आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ ?
- क) गियर चेक गरेर ✓
- ख) ब्रेक लगाएर
- ग) तेल चेक गरेर
- घ) इन्जिन चेक गरेर
४. सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ?
- क) स्कूले विद्यार्थीलाई
- ख) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई
- ग) बुढाबुढीलाई
- घ) माथिका सबै ✓
५. सवारी चालकले जेब्रा क्रसिङमा के गर्नुपर्छ ?
- क) हर्न बजाउने
- ख) गति बढाउने
- ग) कम गतिमा चलाउने ✓
- घ) गाडी रोकेर बस्ने
६. ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नु पर्दछ ?
- क) गल्ती छैन भनी जिद्दी गर्ने
- ख) ट्राफिक प्रहरीलाई छलेर भाग्ने
- ग) नम्रतापूर्वक गल्ती महसुस गर्ने ✓
- घ) गाडी छोडेर भाग्ने
७. सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?
- क) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ✓
- ख) सवारी चालक ऐन
- ग) यातायात व्यवस्थापन ऐन
- घ) ट्राफिक ऐन
८. सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो ?
- क) रू. दुई सय
- ख) रू. पाँच सय ✓
- ग) रू. एक हजार
- घ) रू. एक हजार पाँच सय
९. सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कुन कुन परीक्षा उत्तीर्ण हुनुपर्छ ?
- क) लिखित परीक्षा
- ख) प्रयोगात्मक परीक्षा
- ग) मेडिकल जाँच
- घ) माथिका सबै ✓
१०. सवारीको सामान्य पार्ट पुर्जा परिवर्तन गर्न कसबाट स्वीकृति लिनु पर्छ ?
- क) यातायात व्यवस्था कार्यालयका प्रमुखबाट
- ख) ट्राफिक प्रहरीबाट
- ग) प्रमुख जिल्ला अधिकारीबाट
- घ) माथिका कुनै पनि होइन ✓
११. हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो ?
- क) वडा कार्यालय
- ख) जिल्ला प्रशासन कार्यालय
- ग) ट्राफिक प्रहरी कार्यालय ✓
- घ) यातायात व्यवस्था कार्यालय
१२. स्पिडोमिटरले तलकामध्ये के काम गर्छ ?
- क) इन्जिनको मात्रा नाप्ने
- ख) इन्जिनको तापक्रम नाप्ने
- ग) गाडीको वजन नाप्ने
- घ) माथिको कुनै पनि गर्दैन ✓
१३. सवारीको यान्त्रिक स्थिति ठीक नभएमा सवारी चालकले सर्वप्रथम के गर्नु पर्छ ?
- क) मर्मत गर्ने ✓
- ख) नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने
- ग) सवारी धनी वा व्यवस्थापकलाई खबर गर्ने
- घ) जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने
१४. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुन सक्ने अवस्था कुन हो ?
- क) एक पटकभन्दा बढी अङ्कित रेखा छोएमा
- ख) सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा
- ग) एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा
- घ) माथिका सबै ✓
१५. ब्याट्रीभित्रको तेजाबलाई केले तताएको हुन्छ ?
- क) इलेक्ट्रो लाइट ✓
- ख) मोबिल
- ग) पेट्रोल
- घ) ग्रिज आयल
१६. मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
- क) मोबिल ✓
- ख) डाइनामो
- ग) ब्याट्री
- घ) माथिका सबै
१७. ध्वनि प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?
- क) उच्च रक्तचाप बढाउँछ
- ख) सुन्ने शक्ति गुमाउँछ
- ग) निद्रा लाग्दैन
- घ) माथिका सबै ✓
१८. तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो ?
- क) बिजुलीबाट चल्ने सवारी ✓
- ख) पेट्रोलबाट चल्ने सवारी
- ग) डिजेलबाट चल्ने सवारी
- घ) माथिका सबै
१९. दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ ?
- क) प्राथमिक उपचार ✓
- ख) प्रारम्भिक उपचार
- ग) घरेलु उपचार
- घ) स्थानीय उपचार
२०. ट्राफिकले दिने इशारा कसका लागि हुन्छ ?
- क) सवारी चालकका लागि
- ख) पैदल यात्रीका लागि
- ग) पैदलयात्री र सवारी चालकका लागि ✓
- घ) कुनै पनि होइन
२१. चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक ✓
- ख) सचेतनात्मक
- ग) प्रतिबन्धात्मक
- घ) माथिका सबै
२२. जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?
- क) सरासर अगाडि बढ्ने ✓
- ख) सवारी रोक्ने
- ग) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- घ) माथिका सबै
२३. दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ ?
- क) रोकिएर बस्ने
- ख) पार्किङलाइट बाल्ने ✓
- ग) लगातार हर्न बजाउने
- घ) माथिका सबै
२४. सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्छ ?
- क) गियर परिवर्तन गरेको
- ख) साइड दिएको
- ग) ब्रेक लगाइरहेको ✓
- घ) स्पिड बढाउन लागेको
२५. सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ ?
- क) दुर्घटनाको सम्भावना बढ्छ ✓
- ख) सिप बढ्छ
- ग) चाँडै पुगिन्छ
- घ) माथिका सबै