1. जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ ?
- A) उछिन्न
- B) पैदल यात्रीले बाटो काट्न ✓
- C) गाडी रोक्न
- D) गाडी कुदाउन
2. हर्नको प्रयोग कसरी गर्नुपर्छ ?
- A) नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने ✓
- B) हर्न बजाँदै कुदाउने
- C) हर्न धेरै बजाएमा ब्याट्री सकिने हुँदा थोरै बजाउने
- D) हर्न बजाउँदै नबजाउने
3. टी (T) जंक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- A) दायाँ बाँयाका सवारी पास हुन नदिने
- B) सवारी रोक्ने
- C) गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने ✓
- D) माथिका सबै
4. ओभरटेक भइरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ ?
- A) एक नम्बर गियरमा ✓
- B) टप गियरमा
- C) जुन गियरमा ओभरटेक सुरु भएको हो त्यसैमा
- D) जुनसुकैमा राखे पनि हुन्छ
5. पछाडिबाट भी.आई.पी. सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ ?
- A) सडकको बीच भागतिर लैजान्छु
- B) एकनासले अगाडि बढाइरहन्छु
- C) गति कम गरेर साइड दिन्छु ✓
- D) स्पिड बढाउँछु
6. एउटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारीलाई अर्को यातायात व्यवस्था कार्यालयमा दर्ता गराइने कार्यलाई के भनिन्छ ?
- A) अञ्चलीकरण
- B) सरुवा दर्ता ✓
- C) पुनः दर्ता
- D) अन्य अञ्चलको दर्ता
7. कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छैन ?
- A) निजी स्कुटरले
- B) सरकारी सवारी साधनले
- C) मालवाहक ट्रकले
- D) साइकल ✓
8. सवारी साधनको जाँचपासको काम कसले गर्दछ ?
- A) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
- B) यातायात व्यवस्था विभागले
- C) ट्राफिक प्रहरीले
- D) यातायात व्यवस्था कार्यालयले ✓
9. बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ ?
- A) १ नम्बरमा ✓
- B) २ नम्बरमा
- C) ३ नम्बरमा
- D) ४ नम्बरमा
10. कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन ?
- A) आवश्यकता अनुसार गर्न मिल्छ
- B) यस्तो गर्न कानुनी रूपमा मिल्दैन ✓
- C) बढी कर तिरेर प्रयोग गर्नुपर्छ
- D) माथिका कुनै पनि होइन
11. कार्बोरेटरले इन्जिनको लागि के काम गर्दछ ?
- A) इन्जिनमा इन्धन र हावाको मिश्रण सप्लाई गर्छ ✓
- B) इन्जिन चिसो पार्छ
- C) स्पिड बढाउँछ
- D) माथिका सबै
12. मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
- A) अगाडिको चक्कामा
- B) पछाडिको चक्कामा ✓
- C) सबै चक्कामा
- D) फुटब्रेक हुँदै हुँदैन
13. तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
- A) बस
- B) मिनीबस
- C) ट्रक
- D) ट्रली बस ✓
14. टु–स्ट्रोक र फोर–स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?
- A) टु–स्ट्रोकले ✓
- B) फोर–स्ट्रोकले
- C) (क) र (ख) दुवै
- D) कुनै पनि होइनन्
15. स्कुटरमा अगाडिको ब्रेक केले नियन्त्रण गरिन्छ ?
- A) दायाँ हातले ✓
- B) बायाँ हातले
- C) दायाँ खुट्टाले
- D) बायाँ खुट्टाले
16. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ ?
- A) घाइतेका आफन्तलाई
- B) नजिकका बासिन्दालाई
- C) प्रहरीलाई
- D) माथिको सबै ✓
17. दुर्घटना भएको देखेमा के गर्नुपर्दछ ?
- A) घाइतेलाई अस्पताल लैजानु पर्छ
- B) घाइतेको आफन्तलाई सूचना दिनुपर्छ
- C) नजिकको ट्राफिक प्रहरीलाई सूचना दिनुपर्छ
- D) माथिका सबै ✓
18. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- A) मुसलधारे पानी परेको बेलामा
- B) बाक्लो हिउँ परेको समयमा
- C) बाक्लो कुहिरो लागेको समयमा
- D) माथिका सबै ✓
19. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- A) रेखा क्रस गर्न नसकिने ✓
- B) रेखा क्रस गर्न सकिने
- C) माथिका दुवै
- D) माथिका कुनै पनि होइन
20. दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ ?
- A) रोकिएर बस्ने
- B) पार्किङलाइट बाल्ने ✓
- C) लगातार हर्न बजाउने
- D) माथिका सबै
21. नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ ?
- A) अगाडि निहुर्याएर
- B) टाउको पछाडि फर्काएर ✓
- C) उत्तानो पारेर
- D) जसरी राखे पनि हुन्छ
22. दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो सङ्केत देखापर्छ ?
- A) नाडी चल्दैन ✓
- B) खाना खाँदैन
- C) शरीर चलाउन सक्दैन
- D) माथिका सबै
23. कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ ?
- A) तीव्र गतिमा अचानक ब्रेक लगाउँदा ✓
- B) ठूलो गियरमा चलाउँदा
- C) बाटो खराब भएको अवस्थामा
- D) माथिका सबै
24. एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कतिबेला हुन्छ ?
- A) अचानक लेन बदल्दा ✓
- B) हेडलाइट बाल्दा
- C) हर्न बजाउँदा
- D) माथिका सबै