१. जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ ?
- क) उछिन्न
- ख) पैदल यात्रीले बाटो काट्न ✓
- ग) गाडी रोक्न
- घ) गाडी कुदाउन
२. हर्नको प्रयोग कसरी गर्नुपर्छ ?
- क) नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने ✓
- ख) हर्न बजाँदै कुदाउने
- ग) हर्न धेरै बजाएमा ब्याट्री सकिने हुँदा थोरै बजाउने
- घ) हर्न बजाउँदै नबजाउने
३. टी (T) जंक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- क) दायाँ बाँयाका सवारी पास हुन नदिने
- ख) सवारी रोक्ने
- ग) गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने ✓
- घ) माथिका सबै
४. ओभरटेक भइरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ ?
- क) एक नम्बर गियरमा ✓
- ख) टप गियरमा
- ग) जुन गियरमा ओभरटेक सुरु भएको हो त्यसैमा
- घ) जुनसुकैमा राखे पनि हुन्छ
५. पछाडिबाट भी.आई.पी. सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ ?
- क) सडकको बीच भागतिर लैजान्छु
- ख) एकनासले अगाडि बढाइरहन्छु
- ग) गति कम गरेर साइड दिन्छु ✓
- घ) स्पिड बढाउँछु
६. एउटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारीलाई अर्को यातायात व्यवस्था कार्यालयमा दर्ता गराइने कार्यलाई के भनिन्छ ?
- क) अञ्चलीकरण
- ख) सरुवा दर्ता ✓
- ग) पुनः दर्ता
- घ) अन्य अञ्चलको दर्ता
७. कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छैन ?
- क) निजी स्कुटरले
- ख) सरकारी सवारी साधनले
- ग) मालवाहक ट्रकले
- घ) साइकल ✓
८. सवारी साधनको जाँचपासको काम कसले गर्दछ ?
- क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
- ख) यातायात व्यवस्था विभागले
- ग) ट्राफिक प्रहरीले
- घ) यातायात व्यवस्था कार्यालयले ✓
९. बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ ?
- क) १ नम्बरमा ✓
- ख) २ नम्बरमा
- ग) ३ नम्बरमा
- घ) ४ नम्बरमा
१०. कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन ?
- क) आवश्यकता अनुसार गर्न मिल्छ
- ख) यस्तो गर्न कानुनी रूपमा मिल्दैन ✓
- ग) बढी कर तिरेर प्रयोग गर्नुपर्छ
- घ) माथिका कुनै पनि होइन
११. कार्बोरेटरले इन्जिनको लागि के काम गर्दछ ?
- क) इन्जिनमा इन्धन र हावाको मिश्रण सप्लाई गर्छ ✓
- ख) इन्जिन चिसो पार्छ
- ग) स्पिड बढाउँछ
- घ) माथिका सबै
१२. मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
- क) अगाडिको चक्कामा
- ख) पछाडिको चक्कामा ✓
- ग) सबै चक्कामा
- घ) फुटब्रेक हुँदै हुँदैन
१३. तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
- क) बस
- ख) मिनीबस
- ग) ट्रक
- घ) ट्रली बस ✓
१४. टु–स्ट्रोक र फोर–स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?
- क) टु–स्ट्रोकले ✓
- ख) फोर–स्ट्रोकले
- ग) (क) र (ख) दुवै
- घ) कुनै पनि होइनन्
१५. स्कुटरमा अगाडिको ब्रेक केले नियन्त्रण गरिन्छ ?
- क) दायाँ हातले ✓
- ख) बायाँ हातले
- ग) दायाँ खुट्टाले
- घ) बायाँ खुट्टाले
१६. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ ?
- क) घाइतेका आफन्तलाई
- ख) नजिकका बासिन्दालाई
- ग) प्रहरीलाई
- घ) माथिको सबै ✓
१७. दुर्घटना भएको देखेमा के गर्नुपर्दछ ?
- क) घाइतेलाई अस्पताल लैजानु पर्छ
- ख) घाइतेको आफन्तलाई सूचना दिनुपर्छ
- ग) नजिकको ट्राफिक प्रहरीलाई सूचना दिनुपर्छ
- घ) माथिका सबै ✓
१८. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- क) मुसलधारे पानी परेको बेलामा
- ख) बाक्लो हिउँ परेको समयमा
- ग) बाक्लो कुहिरो लागेको समयमा
- घ) माथिका सबै ✓
१९. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- क) रेखा क्रस गर्न नसकिने ✓
- ख) रेखा क्रस गर्न सकिने
- ग) माथिका दुवै
- घ) माथिका कुनै पनि होइन
२०. दुर्घटना नहोस् भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ ?
- क) रोकिएर बस्ने
- ख) पार्किङलाइट बाल्ने ✓
- ग) लगातार हर्न बजाउने
- घ) माथिका सबै
२१. नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ ?
- क) अगाडि निहुर्याएर
- ख) टाउको पछाडि फर्काएर ✓
- ग) उत्तानो पारेर
- घ) जसरी राखे पनि हुन्छ
२२. दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो सङ्केत देखापर्छ ?
- क) नाडी चल्दैन ✓
- ख) खाना खाँदैन
- ग) शरीर चलाउन सक्दैन
- घ) माथिका सबै
२३. कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ ?
- क) तीव्र गतिमा अचानक ब्रेक लगाउँदा ✓
- ख) ठूलो गियरमा चलाउँदा
- ग) बाटो खराब भएको अवस्थामा
- घ) माथिका सबै
२४. एकतर्फी सडकमा दुर्घटना हुने सम्भावना कतिबेला हुन्छ ?
- क) अचानक लेन बदल्दा ✓
- ख) हेडलाइट बाल्दा
- ग) हर्न बजाउँदा
- घ) माथिका सबै