1. मोटरसाइकल हाँकिरहेको बेला मोबाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?
- A) सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु ✓
- B) किनारामा साइड लगाई फोन उठाउँछु र हेल्मेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु
- C) सडकमै रोकेर फोन उठाउँछु र कुरा सकिएपछि फेरि हाँक्छु
- D) आवश्यकता अनुसार माथिको सबै गर्छु
2. ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?
- A) हेडलाइट बाल्दा
- B) क्लच थिच्दा
- C) बिस्तारै ब्रेक लगाउँदा ✓
- D) कुनै पनि होइनन्
3. कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ ?
- A) सरकारी सवारी ✓
- B) सार्वजनिक सवारी
- C) संस्थानको सवारी
- D) पर्यटक सवारी
4. ब्रेथलाइजरले के काम गर्छ ?
- A) मादक पदार्थ सेवनको जाँच गर्छ ✓
- B) लागूऔषध प्रयोगको जाँच गर्छ
- C) बढी गतिमा चलाइएको सवारीको जाँच गर्छ
- D) टायरको हावाको प्रेसर जाँच गर्छ
5. स्पिडोमिटरको काम के हो ?
- A) गति नाप्ने ✓
- B) तापक्रम नाप्ने
- C) फ्युल नाप्ने
- D) माथिका सबै
6. कूटनीतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ ?
- A) सेतो
- B) रातो
- C) निलो ✓
- D) हरियो
7. मोटरसाइकलको ब्रेक सिस्टम कुन हो ?
- A) मेकानिकल ✓
- B) हाइड्रोलिक
- C) मिश्रित
- D) कुनै पनि होइनन्
8. डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
- A) ए.सी.
- B) डि.सी. ✓
- C) क र ख दुवै ठीक
- D) विद्युत उत्पादन नै हुँदैन
9. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- A) अगाडिबाट आइरहेको गाडीसँग
- B) दायाँबाट आएको गाडीसँग
- C) बायाँबाट आएको गाडीसँग
- D) पछाडिबाट आएको गाडीसँग ✓
10. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- A) सूचनामूलक
- B) सचेतनात्मक ✓
- C) प्रतिबन्धात्मक
- D) माथिका सबै