१. मोटरसाइकल हाँकिरहेको बेला मोबाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?
- क) सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु ✓
- ख) किनारामा साइड लगाई फोन उठाउँछु र हेल्मेटले मोबाइल च्यापी कुरा गर्दै हिँड्छु
- ग) सडकमै रोकेर फोन उठाउँछु र कुरा सकिएपछि फेरि हाँक्छु
- घ) आवश्यकता अनुसार माथिको सबै गर्छु
२. ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?
- क) हेडलाइट बाल्दा
- ख) क्लच थिच्दा
- ग) बिस्तारै ब्रेक लगाउँदा ✓
- घ) कुनै पनि होइनन्
३. कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ ?
- क) सरकारी सवारी ✓
- ख) सार्वजनिक सवारी
- ग) संस्थानको सवारी
- घ) पर्यटक सवारी
४. ब्रेथलाइजरले के काम गर्छ ?
- क) मादक पदार्थ सेवनको जाँच गर्छ ✓
- ख) लागूऔषध प्रयोगको जाँच गर्छ
- ग) बढी गतिमा चलाइएको सवारीको जाँच गर्छ
- घ) टायरको हावाको प्रेसर जाँच गर्छ
५. स्पिडोमिटरको काम के हो ?
- क) गति नाप्ने ✓
- ख) तापक्रम नाप्ने
- ग) फ्युल नाप्ने
- घ) माथिका सबै
६. कूटनीतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ ?
- क) सेतो
- ख) रातो
- ग) निलो ✓
- घ) हरियो
७. मोटरसाइकलको ब्रेक सिस्टम कुन हो ?
- क) मेकानिकल ✓
- ख) हाइड्रोलिक
- ग) मिश्रित
- घ) कुनै पनि होइनन्
८. डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
- क) ए.सी.
- ख) डि.सी. ✓
- ग) क र ख दुवै ठीक
- घ) विद्युत उत्पादन नै हुँदैन
९. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- क) अगाडिबाट आइरहेको गाडीसँग
- ख) दायाँबाट आएको गाडीसँग
- ग) बायाँबाट आएको गाडीसँग
- घ) पछाडिबाट आएको गाडीसँग ✓
१०. तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?
- क) सूचनामूलक
- ख) सचेतनात्मक ✓
- ग) प्रतिबन्धात्मक
- घ) माथिका सबै