1. सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ ?
- A) छ महिनासम्म कैद
- B) रू. १५ हजारसम्म जरिवाना
- C) सवारी जफत
- D) माथिका सबै ✓
2. आवासीय भिसा प्राप्त गरेको विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के के कागजात पेश गर्नुपर्दछ ?
- A) कार्यरत संस्थाको पत्र
- B) पासपोर्टको प्रतिलिपि
- C) भिसाको प्रतिलिपि
- D) माथिका सबै ✓
3. सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाइसेन्स फी पेमेन्ट) नबुझाए के हुन्छ ?
- A) पछि बुझाए पनि हुन्छ
- B) सवारी अनुमतिपत्र प्राप्त हुँदैन ✓
- C) पुनः ट्रायल दिन पाइन्छ
- D) माथिका कुनै पनि होइनन्
4. सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरिएको हुन्छ ?
- A) सवारी धनीको नाम थर
- B) सवारी धनीको ठेगाना
- C) सवारी दर्ता नम्बर
- D) माथिका सबै ✓
5. सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम 'सार्वजनिक स्थान' भन्नाले के बुझिन्छ ?
- A) पुल
- B) बाटो
- C) पेटी
- D) माथिका सबै ✓
6. कूटनीतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ ?
- A) सेतो
- B) रातो
- C) निलो ✓
- D) हरियो
7. सवारी चालक अनुमतिपत्र कति अवधिका लागि निलम्बन हुन सक्छ ?
- A) छ महिना ✓
- B) नौ महिना
- C) एक वर्ष
- D) दुई वर्ष
8. सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ ?
- A) पहिलो पक्ष
- B) दोस्रो पक्ष
- C) तेस्रो पक्ष ✓
- D) चौथो पक्ष
9. सवारी दर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ ?
- A) ट्राफिक कार्यालयलाई
- B) जिल्ला अदालतलाई
- C) यातायात व्यवस्था कार्यालयलाई ✓
- D) प्रहरी कार्यालयलाई
10. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुन सक्ने अवस्था कुन हो ?
- A) एक पटकभन्दा बढी अङ्कित रेखा छोएमा
- B) सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा
- C) एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा
- D) माथिका सबै ✓
11. सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्ने प्रावधान छ ?
- A) ५० अङ्क
- B) ६० अङ्क
- C) ७० अङ्क
- D) ८० अङ्क ✓
12. सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्ने प्रावधान छ ?
- A) ५० अङ्क
- B) ३० अङ्क
- C) ८० अङ्क
- D) ७० अङ्क ✓
13. मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा एक पटक अङ्कित रेखा छोएमा कति अङ्क घट्छ ?
- A) १० अङ्क
- B) १५ अङ्क
- C) ५ अङ्क ✓
- D) २० अङ्क
14. विदेशबाट प्राप्त चालक अनुमति पत्रको मान्यता लिन कस्तो परीक्षा उत्तीर्ण गर्नुपर्छ ?
- A) लिखित
- B) मौखिक
- C) प्रयोगात्मक
- D) कुनै पनि होइन ✓
15. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा रेखा छोएमा कति अङ्क घट्छ ?
- A) १० अङ्क
- B) १५ अङ्क
- C) २० अङ्क
- D) अनुत्तीर्ण घोषित हुन्छ ✓
16. सवारी साधनको धुवाँ कहाँबाट बाहिर निस्कन्छ ?
- A) साइलेन्सर ✓
- B) इन्जिन
- C) गियर
- D) एक्सल
17. बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो ?
- A) राडार गन ✓
- B) रेस गन
- C) थर्मल गन
- D) एक्सल
18. मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
- A) अगाडिको चक्कामा
- B) पछाडिको चक्कामा ✓
- C) सबै चक्कामा
- D) फुटब्रेक हुँदै हुँदैन
19. सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?
- A) इन्जिन आयल
- B) ब्रेक आयल ✓
- C) गियर आयल
- D) २–टी आयल
20. तलकामध्ये कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ ?
- A) ट्रक
- B) मोटरसाइकल ✓
- C) दुवै हुन्
- D) दुवै होइनन्
21. ब्याट्रीको घनत्व (Density) नाप्ने मिटरको नाम के हो ?
- A) ल्याक्टोमिटर
- B) स्पिडोमिटर
- C) हाइड्रोमिटर ✓
- D) नानोमिटर
22. पार्किङ लाइट कहिले बालिन्छ ?
- A) स्पिडमा कुदाउँदा
- B) यू टर्निङमा
- C) पार्किङ गर्दा ✓
- D) दायाँ मोड्दा
23. सवारी साधनको कुन चक्कामा तुलनात्मक रूपमा बढी हावा राख्नु पर्दछ ?
- A) अगाडिको चक्कामा
- B) पछाडिको चक्कामा ✓
- C) सबैमा
- D) दायाँ वा बायाँको चक्कामा
24. जाडो मौसममा मोटरसाइकलको इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
- A) स्टार्ट स्विच थिच्नु पर्दछ
- B) मोबिलमा पानी थप गर्नु पर्दछ
- C) इन्जिन थप गर्नु पर्दछ
- D) चोक प्रयोग गर्नु पर्दछ ✓
25. स्पिडोमिटरको काम के हो ?
- A) गति नाप्ने ✓
- B) तापक्रम नाप्ने
- C) फ्युल नाप्ने
- D) माथिका सबै
26. मोटरसाइकल कुन गियरमा स्टार्ट गर्नु पर्दछ ?
- A) १ नम्बर ✓
- B) २ नम्बर
- C) न्युट्रल
- D) जुनसुकै गियरमा
27. विद्युतीय स्कुटरमा कतिवटा गियर हुन्छ ?
- A) ३ वटा
- B) २ वटा
- C) ४ वटा
- D) गियर नै हुँदैन ✓
28. इन्जिनको लागि सबैभन्दा महत्त्वपूर्ण के हुन्छ ?
- A) ग्रिज मोबिल
- B) इन्जिन आयल
- C) इन्जिन
- D) माथिका सबै ✓
29. मोटरसाइकल कन्ट्रोल गर्ने पुर्जाहरू कुन कुन हुन् ?
- A) गियर
- B) क्लच र ब्रेक
- C) एक्सिलेटर
- D) माथिका सबै ✓
30. बीच बाटोमा सवारी बिग्रिएमा के गर्नुहुन्छ ?
- A) सवारीलाई साइड लगाई सङ्केत दिई छाड्ने
- B) कुरुवा राख्ने
- C) मर्मत गर्न आवश्यक पहल गर्ने
- D) माथिका सबै ✓
31. गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरू के के हुन् ?
- A) ब्रेक र एक्सिलेटर
- B) एक्सिलेटर र हेन्डल
- C) गियर र एक्सिलेटर ✓
- D) फ्यान बेल्ट र एक्सिलेटर
32. मोटरसाइकलको ब्याट्री कति भोल्टको हुन्छ ?
- A) ८ भोल्ट
- B) १२ भोल्ट ✓
- C) १५ भोल्ट
- D) १८ भोल्ट
33. ट्युबलेस टायरमा के हुँदैन ?
- A) हावा
- B) ट्युब ✓
- C) रबर
- D) हावा भर्ने भल्भ
34. हर्न तलकामध्ये कुन शक्तिले बज्दछ ?
- A) विद्युत्
- B) हावाको प्रेसर ✓
- C) क र ख दुवै हुन्
- D) क र ख दुवै होइनन्
35. ब्रेकको काम के हो ?
- A) गाडीलाई रोक्ने ✓
- B) गति बढाउने
- C) गाडीलाई ब्याक गर्ने
- D) गाडीलाई मोड्ने
36. डाइनामोको काम के हो ?
- A) इन्जिनलाई करेन्ट सप्लाई गर्ने
- B) ब्याट्री चार्ज गर्ने ✓
- C) रेडिएटरको पानी चिसो पार्ने
- D) डाइनामोको काम नै छैन
37. कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
- A) स्पार्क प्लग
- B) एक्सिलेटर ✓
- C) चोक
- D) माथिका कुनै पनि होइनन्
38. इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम केले गर्दछ ?
- A) पेट्रोल
- B) डिजेल
- C) मोबिल ✓
- D) पानी
39. एक्सिलेटरले सवारी साधनको कुन भागमा काम गर्दछ ?
- A) चेसिसमा
- B) स्टेरिङमा
- C) ब्रेकमा
- D) इन्जिनमा ✓
40. सवारी साधनको इन्जिनको तान्न सक्ने क्षमता कुन गियरमा सबैभन्दा बढी हुन्छ ?
- A) पहिलो ✓
- B) दोस्रो
- C) तेस्रो
- D) चौथो
41. ब्याट्रीमा प्रयोग गरिने पानीलाई के भनिन्छ ?
- A) मिनरल वाटर
- B) ड्रिङ्किङ वाटर
- C) डिस्टिल वाटर ✓
- D) माथिका सबै
42. स्पार्क प्लगले सवारीको इन्जिनमा के काम गर्दछ ?
- A) इन्जिनलाई चलाउँछ
- B) झिल्का दिने काम गर्छ ✓
- C) इन्जिनलाई मजबुत पार्छ
- D) इन्जिन खपत कम गर्छ
43. स्पिडोमिटरले तलकामध्ये के काम गर्छ ?
- A) इन्जिनको मात्रा नाप्ने
- B) इन्जिनको तापक्रम नाप्ने
- C) गाडीको वजन नाप्ने
- D) माथिको कुनै पनि गर्दैन ✓
44. क्लचको काम के हो ?
- A) स्पिड बढाउने
- B) स्पिड घटाउने
- C) गियरबाट इन्जिनलाई अलग बनाउन ✓
- D) गाडी रोक्ने
45. ब्रेक आयल राख्ने भाँडोलाई के भनिन्छ ?
- A) मास्टर सिलिन्डर
- B) आयल सिलिन्डर
- C) सेकेन्डरी सिलिन्डर
- D) फ्युल ट्यांक ✓
46. डिप स्टिकको काम के हो ?
- A) मोबिलको मात्रा चेक गर्ने ✓
- B) पानीको मात्रा चेक गर्ने
- C) तेलको मात्रा ठीक गर्ने
- D) माथिका कुनै पनि होइनन्
47. सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
- A) एक्सिलेटर
- B) इन्जिन
- C) ब्याट्री ✓
- D) इन्जिन
48. तलकामध्ये कुन इन्धनबाट सवारी चल्दैन ?
- A) डिजेल
- B) पेट्रोल
- C) डिस्टिल वाटर ✓
- D) ग्यास
49. फ्युल मिटरले के देखाउँछ ?
- A) इन्धनको मात्रा ✓
- B) पानीको मात्रा
- C) मोबिलको मात्रा
- D) माथिका सबै
50. आयल प्रेसरले सवारीमा केको अवस्थालाई देखाउँछ ?
- A) पेट्रोल डिजेलको अवस्था ✓
- B) मोबिलको अवस्था
- C) पानीको अवस्था
- D) माथिका कुनै पनि होइनन्
51. मोटरसाइकल पछाडि बढाउँदा कुन गियर प्रयोग गर्नु पर्दछ ?
- A) ब्याक गियर
- B) फस्ट गियर
- C) सेकेन्ड गियर
- D) न्युट्रल ✓
52. इन्जिनको आयु बढाउन के गर्नुपर्छ ?
- A) सवारी नचलाई राख्नुपर्छ
- B) इन्जिन प्रशस्त राख्नुपर्छ
- C) तीव्र गतिमा सवारी चलाउनुपर्छ
- D) नियमित सर्भिसिङ गराउनुपर्छ ✓
53. एक्सिलेटर धेरै थिचे के हुन्छ ?
- A) गति रोकिन्छ
- B) गति बढ्छ ✓
- C) तुरुन्त ब्रेक लाग्छ
- D) गति मन्द हुन्छ
54. बाटोमा टायर पन्चर भएमा के गर्नु हुन्छ ?
- A) वास्ता नगरी कुदाउने
- B) गाडी छेउ लगाई छोडेर जाने
- C) पञ्चर टालेर मात्र अगाडि जाने ✓
- D) माथिका कुनै पनि होइनन्
55. मोटरसाइकलको इन्जिन ब्लक फुट्यो भने तपाईं के गर्नुहुन्छ ?
- A) आफूखुसी फेर्न लगाउने
- B) यातायात कार्यालयबाट पूर्व स्वीकृति लिएर फेर्न लगाउने ✓
- C) पुरानो इन्जिन ब्लक लगाउने
- D) बिग्रने बित्तिकै बजारमा गएर फेर्न लगाउने
56. गाडीको इन्जिन स्टार्ट गर्दा कालो धुवाँ आएमा के गर्नुपर्दछ ?
- A) साइलेन्सर पाइप बन्द गर्ने
- B) साइलेन्सर पाइप झिकेर फाल्ने
- C) इन्जिन मर्मतको लागि वर्कसपमा लाने ✓
- D) इन्जिन तताउने
57. सवारीको यान्त्रिक स्थिति ठीक नभएमा सवारी चालकले सर्वप्रथम के गर्नु पर्छ ?
- A) मर्मत गर्ने ✓
- B) नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने
- C) सवारी धनी वा व्यवस्थापकलाई खबर गर्ने
- D) जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने
58. सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?
- A) इन्जिन खपत कम गर्न
- B) इन्जिन सञ्चालनलाई सजिलो पार्न ✓
- C) सवारीबाट निस्कने धुवाँ कम पार्न
- D) माथिका सबै
59. कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?
- A) गियर चेन्ज गर्दा
- B) एक्सिलेटर दबाउँदा
- C) ब्रेक लगाउँदा ✓
- D) हर्न बजाउँदा
60. इन्जिनमा कुन आयलको प्रयोग गरिन्छ ?
- A) माटोतेल
- B) डिजेल आयल
- C) ब्रेक आयल
- D) कुनै पनि होइन ✓
61. कार्बोरेटरले इन्जिनको लागि के काम गर्दछ ?
- A) इन्जिनमा इन्धन र हावाको मिश्रण सप्लाई गर्छ ✓
- B) इन्जिन चिसो पार्छ
- C) स्पिड बढाउँछ
- D) माथिका सबै
62. गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
- A) बेलाबेलामा आयल थप्दै चलाउँदै जाने
- B) मर्मत गर्ने ✓
- C) आवाज नआउञ्जेलसम्म चलाई राख्ने
- D) तातो नहुञ्जेलसम्म चलाई राख्ने
63. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
- A) स्टार्ट स्विच थिच्नु पर्दछ
- B) मोबिलमा पानी थप गर्नु पर्दछ
- C) इन्जिन थप गर्नु पर्दछ
- D) चोक लगाउने ✓
64. इन्जिनको क्षमतालाई केले जनाइन्छ ?
- A) सि. सि. ✓
- B) ए. सी.
- C) बी. सी.
- D) डि. सी.
65. रिभर्स लाइट कति बेला बल्छ ?
- A) ब्रेक लगाउँदा
- B) क्लच लिँदा
- C) गियर चेन्ज गर्दा
- D) गाडी ब्याक गर्दा ✓
66. रेडिएटरमा के राखिन्छ ?
- A) पानी ✓
- B) एसिड
- C) पेट्रोल
- D) डिजेल
67. गियर बक्सको मुख्य काम के हो ?
- A) छिटो गुडाउने
- B) गाडी रोक्ने
- C) चाहिएको स्पिडमा गुडाउने ✓
- D) खाल्डा पार गर्न सहयोग गर्ने
68. फ्युल ट्यांकीमा रहेको इन्धन तानेर कार्बोरेटरलाई दिने काम केले गर्दछ ?
- A) ए.सी. पम्पले ✓
- B) चोकले
- C) सप्लाई पम्पले
- D) माथिका सबै
69. सवारी साधनमा सि.सि. ले केलाई जनाउँदैन ?
- A) मास्टर सिलिन्डरको क्षमता ✓
- B) ब्रेकको क्षमता
- C) गियर बक्सको क्षमता
- D) माथिका कुनै पनि होइन
70. मोटरसाइकलको गति बढाउन के गर्नु पर्छ ?
- A) एक्सिलेटर बढाउनु पर्छ ✓
- B) तेल धेरै हाल्ने गर्नु पर्छ
- C) क्लच समाइराख्नु पर्छ
- D) माथिका सबै
71. सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
- A) गाडीको इन्जिनबाट
- B) गाडीको इन्धनबाट
- C) गाडीको डाइनामोबाट ✓
- D) माथिका कुनै पनि होइन
72. एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नु पर्दछ ?
- A) चक्काको प्रेसर चेक गर्ने
- B) ब्रेक आयल लेभल चेक गर्ने
- C) मास्टर सिलिन्डर चेक गर्ने
- D) माथिका सबै ✓
73. तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
- A) बस
- B) मिनीबस
- C) ट्रक
- D) ट्रली बस ✓
74. गियर किन परिवर्तन गरिरहनुपर्छ ?
- A) स्पिड घटाउन
- B) स्पिड बढाउन
- C) हर्न बजाउन
- D) स्पिड घटाउन र बढाउन ✓
75. ब्रेकले कहाँ काम गर्छ ?
- A) इन्जिनमा
- B) स्टेरिङमा
- C) चक्कामा ✓
- D) गियरमा
76. चलिरहेको इन्जिन एक्कासी बन्द हुने कारण के हो ?
- A) पेट्रोल ओभरफ्लो हुनु
- B) फायरिङ नहुनु
- C) इन्जिनको कुनै पुर्जा टुट्नु
- D) माथिका सबै ✓
77. ४-स्ट्रोक इन्जिनमा कतिवटा इन्जिन हुन्छ ?
- A) १ ✓
- B) २
- C) ३
- D) ४
78. पिस्टन केभित्र रहेको हुन्छ ?
- A) ब्याट्रीभित्र
- B) सिलिन्डरभित्र ✓
- C) चक्काभित्र
- D) डाइनामोभित्र