१. सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ ?
- क) छ महिनासम्म कैद
- ख) रू. १५ हजारसम्म जरिवाना
- ग) सवारी जफत
- घ) माथिका सबै ✓
२. आवासीय भिसा प्राप्त गरेको विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के के कागजात पेश गर्नुपर्दछ ?
- क) कार्यरत संस्थाको पत्र
- ख) पासपोर्टको प्रतिलिपि
- ग) भिसाको प्रतिलिपि
- घ) माथिका सबै ✓
३. सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाइसेन्स फी पेमेन्ट) नबुझाए के हुन्छ ?
- क) पछि बुझाए पनि हुन्छ
- ख) सवारी अनुमतिपत्र प्राप्त हुँदैन ✓
- ग) पुनः ट्रायल दिन पाइन्छ
- घ) माथिका कुनै पनि होइनन्
४. सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरिएको हुन्छ ?
- क) सवारी धनीको नाम थर
- ख) सवारी धनीको ठेगाना
- ग) सवारी दर्ता नम्बर
- घ) माथिका सबै ✓
५. सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम 'सार्वजनिक स्थान' भन्नाले के बुझिन्छ ?
- क) पुल
- ख) बाटो
- ग) पेटी
- घ) माथिका सबै ✓
६. कूटनीतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ ?
- क) सेतो
- ख) रातो
- ग) निलो ✓
- घ) हरियो
७. सवारी चालक अनुमतिपत्र कति अवधिका लागि निलम्बन हुन सक्छ ?
- क) छ महिना ✓
- ख) नौ महिना
- ग) एक वर्ष
- घ) दुई वर्ष
८. सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ ?
- क) पहिलो पक्ष
- ख) दोस्रो पक्ष
- ग) तेस्रो पक्ष ✓
- घ) चौथो पक्ष
९. सवारी दर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ ?
- क) ट्राफिक कार्यालयलाई
- ख) जिल्ला अदालतलाई
- ग) यातायात व्यवस्था कार्यालयलाई ✓
- घ) प्रहरी कार्यालयलाई
१०. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तीर्ण घोषणा हुन सक्ने अवस्था कुन हो ?
- क) एक पटकभन्दा बढी अङ्कित रेखा छोएमा
- ख) सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा
- ग) एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा
- घ) माथिका सबै ✓
११. सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्ने प्रावधान छ ?
- क) ५० अङ्क
- ख) ६० अङ्क
- ग) ७० अङ्क
- घ) ८० अङ्क ✓
१२. सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कुटर र कारको प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन कति अङ्क प्राप्त गर्नुपर्ने प्रावधान छ ?
- क) ५० अङ्क
- ख) ३० अङ्क
- ग) ८० अङ्क
- घ) ७० अङ्क ✓
१३. मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा एक पटक अङ्कित रेखा छोएमा कति अङ्क घट्छ ?
- क) १० अङ्क
- ख) १५ अङ्क
- ग) ५ अङ्क ✓
- घ) २० अङ्क
१४. विदेशबाट प्राप्त चालक अनुमति पत्रको मान्यता लिन कस्तो परीक्षा उत्तीर्ण गर्नुपर्छ ?
- क) लिखित
- ख) मौखिक
- ग) प्रयोगात्मक
- घ) कुनै पनि होइन ✓
१५. मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा रेखा छोएमा कति अङ्क घट्छ ?
- क) १० अङ्क
- ख) १५ अङ्क
- ग) २० अङ्क
- घ) अनुत्तीर्ण घोषित हुन्छ ✓
१६. सवारी साधनको धुवाँ कहाँबाट बाहिर निस्कन्छ ?
- क) साइलेन्सर ✓
- ख) इन्जिन
- ग) गियर
- घ) एक्सल
१७. बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो ?
- क) राडार गन ✓
- ख) रेस गन
- ग) थर्मल गन
- घ) एक्सल
१८. मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
- क) अगाडिको चक्कामा
- ख) पछाडिको चक्कामा ✓
- ग) सबै चक्कामा
- घ) फुटब्रेक हुँदै हुँदैन
१९. सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?
- क) इन्जिन आयल
- ख) ब्रेक आयल ✓
- ग) गियर आयल
- घ) २–टी आयल
२०. तलकामध्ये कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ ?
- क) ट्रक
- ख) मोटरसाइकल ✓
- ग) दुवै हुन्
- घ) दुवै होइनन्
२१. ब्याट्रीको घनत्व (Density) नाप्ने मिटरको नाम के हो ?
- क) ल्याक्टोमिटर
- ख) स्पिडोमिटर
- ग) हाइड्रोमिटर ✓
- घ) नानोमिटर
२२. पार्किङ लाइट कहिले बालिन्छ ?
- क) स्पिडमा कुदाउँदा
- ख) यू टर्निङमा
- ग) पार्किङ गर्दा ✓
- घ) दायाँ मोड्दा
२३. सवारी साधनको कुन चक्कामा तुलनात्मक रूपमा बढी हावा राख्नु पर्दछ ?
- क) अगाडिको चक्कामा
- ख) पछाडिको चक्कामा ✓
- ग) सबैमा
- घ) दायाँ वा बायाँको चक्कामा
२४. जाडो मौसममा मोटरसाइकलको इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
- क) स्टार्ट स्विच थिच्नु पर्दछ
- ख) मोबिलमा पानी थप गर्नु पर्दछ
- ग) इन्जिन थप गर्नु पर्दछ
- घ) चोक प्रयोग गर्नु पर्दछ ✓
२५. स्पिडोमिटरको काम के हो ?
- क) गति नाप्ने ✓
- ख) तापक्रम नाप्ने
- ग) फ्युल नाप्ने
- घ) माथिका सबै
२६. मोटरसाइकल कुन गियरमा स्टार्ट गर्नु पर्दछ ?
- क) १ नम्बर ✓
- ख) २ नम्बर
- ग) न्युट्रल
- घ) जुनसुकै गियरमा
२७. विद्युतीय स्कुटरमा कतिवटा गियर हुन्छ ?
- क) ३ वटा
- ख) २ वटा
- ग) ४ वटा
- घ) गियर नै हुँदैन ✓
२८. इन्जिनको लागि सबैभन्दा महत्त्वपूर्ण के हुन्छ ?
- क) ग्रिज मोबिल
- ख) इन्जिन आयल
- ग) इन्जिन
- घ) माथिका सबै ✓
२९. मोटरसाइकल कन्ट्रोल गर्ने पुर्जाहरू कुन कुन हुन् ?
- क) गियर
- ख) क्लच र ब्रेक
- ग) एक्सिलेटर
- घ) माथिका सबै ✓
३०. बीच बाटोमा सवारी बिग्रिएमा के गर्नुहुन्छ ?
- क) सवारीलाई साइड लगाई सङ्केत दिई छाड्ने
- ख) कुरुवा राख्ने
- ग) मर्मत गर्न आवश्यक पहल गर्ने
- घ) माथिका सबै ✓
३१. गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरू के के हुन् ?
- क) ब्रेक र एक्सिलेटर
- ख) एक्सिलेटर र हेन्डल
- ग) गियर र एक्सिलेटर ✓
- घ) फ्यान बेल्ट र एक्सिलेटर
३२. मोटरसाइकलको ब्याट्री कति भोल्टको हुन्छ ?
- क) ८ भोल्ट
- ख) १२ भोल्ट ✓
- ग) १५ भोल्ट
- घ) १८ भोल्ट
३३. ट्युबलेस टायरमा के हुँदैन ?
- क) हावा
- ख) ट्युब ✓
- ग) रबर
- घ) हावा भर्ने भल्भ
३४. हर्न तलकामध्ये कुन शक्तिले बज्दछ ?
- क) विद्युत्
- ख) हावाको प्रेसर ✓
- ग) क र ख दुवै हुन्
- घ) क र ख दुवै होइनन्
३५. ब्रेकको काम के हो ?
- क) गाडीलाई रोक्ने ✓
- ख) गति बढाउने
- ग) गाडीलाई ब्याक गर्ने
- घ) गाडीलाई मोड्ने
३६. डाइनामोको काम के हो ?
- क) इन्जिनलाई करेन्ट सप्लाई गर्ने
- ख) ब्याट्री चार्ज गर्ने ✓
- ग) रेडिएटरको पानी चिसो पार्ने
- घ) डाइनामोको काम नै छैन
३७. कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
- क) स्पार्क प्लग
- ख) एक्सिलेटर ✓
- ग) चोक
- घ) माथिका कुनै पनि होइनन्
३८. इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम केले गर्दछ ?
- क) पेट्रोल
- ख) डिजेल
- ग) मोबिल ✓
- घ) पानी
३९. एक्सिलेटरले सवारी साधनको कुन भागमा काम गर्दछ ?
- क) चेसिसमा
- ख) स्टेरिङमा
- ग) ब्रेकमा
- घ) इन्जिनमा ✓
४०. सवारी साधनको इन्जिनको तान्न सक्ने क्षमता कुन गियरमा सबैभन्दा बढी हुन्छ ?
- क) पहिलो ✓
- ख) दोस्रो
- ग) तेस्रो
- घ) चौथो
४१. ब्याट्रीमा प्रयोग गरिने पानीलाई के भनिन्छ ?
- क) मिनरल वाटर
- ख) ड्रिङ्किङ वाटर
- ग) डिस्टिल वाटर ✓
- घ) माथिका सबै
४२. स्पार्क प्लगले सवारीको इन्जिनमा के काम गर्दछ ?
- क) इन्जिनलाई चलाउँछ
- ख) झिल्का दिने काम गर्छ ✓
- ग) इन्जिनलाई मजबुत पार्छ
- घ) इन्जिन खपत कम गर्छ
४३. स्पिडोमिटरले तलकामध्ये के काम गर्छ ?
- क) इन्जिनको मात्रा नाप्ने
- ख) इन्जिनको तापक्रम नाप्ने
- ग) गाडीको वजन नाप्ने
- घ) माथिको कुनै पनि गर्दैन ✓
४४. क्लचको काम के हो ?
- क) स्पिड बढाउने
- ख) स्पिड घटाउने
- ग) गियरबाट इन्जिनलाई अलग बनाउन ✓
- घ) गाडी रोक्ने
४५. ब्रेक आयल राख्ने भाँडोलाई के भनिन्छ ?
- क) मास्टर सिलिन्डर
- ख) आयल सिलिन्डर
- ग) सेकेन्डरी सिलिन्डर
- घ) फ्युल ट्यांक ✓
४६. डिप स्टिकको काम के हो ?
- क) मोबिलको मात्रा चेक गर्ने ✓
- ख) पानीको मात्रा चेक गर्ने
- ग) तेलको मात्रा ठीक गर्ने
- घ) माथिका कुनै पनि होइनन्
४७. सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
- क) एक्सिलेटर
- ख) इन्जिन
- ग) ब्याट्री ✓
- घ) इन्जिन
४८. तलकामध्ये कुन इन्धनबाट सवारी चल्दैन ?
- क) डिजेल
- ख) पेट्रोल
- ग) डिस्टिल वाटर ✓
- घ) ग्यास
४९. फ्युल मिटरले के देखाउँछ ?
- क) इन्धनको मात्रा ✓
- ख) पानीको मात्रा
- ग) मोबिलको मात्रा
- घ) माथिका सबै
५०. आयल प्रेसरले सवारीमा केको अवस्थालाई देखाउँछ ?
- क) पेट्रोल डिजेलको अवस्था ✓
- ख) मोबिलको अवस्था
- ग) पानीको अवस्था
- घ) माथिका कुनै पनि होइनन्
५१. मोटरसाइकल पछाडि बढाउँदा कुन गियर प्रयोग गर्नु पर्दछ ?
- क) ब्याक गियर
- ख) फस्ट गियर
- ग) सेकेन्ड गियर
- घ) न्युट्रल ✓
५२. इन्जिनको आयु बढाउन के गर्नुपर्छ ?
- क) सवारी नचलाई राख्नुपर्छ
- ख) इन्जिन प्रशस्त राख्नुपर्छ
- ग) तीव्र गतिमा सवारी चलाउनुपर्छ
- घ) नियमित सर्भिसिङ गराउनुपर्छ ✓
५३. एक्सिलेटर धेरै थिचे के हुन्छ ?
- क) गति रोकिन्छ
- ख) गति बढ्छ ✓
- ग) तुरुन्त ब्रेक लाग्छ
- घ) गति मन्द हुन्छ
५४. बाटोमा टायर पन्चर भएमा के गर्नु हुन्छ ?
- क) वास्ता नगरी कुदाउने
- ख) गाडी छेउ लगाई छोडेर जाने
- ग) पञ्चर टालेर मात्र अगाडि जाने ✓
- घ) माथिका कुनै पनि होइनन्
५५. मोटरसाइकलको इन्जिन ब्लक फुट्यो भने तपाईं के गर्नुहुन्छ ?
- क) आफूखुसी फेर्न लगाउने
- ख) यातायात कार्यालयबाट पूर्व स्वीकृति लिएर फेर्न लगाउने ✓
- ग) पुरानो इन्जिन ब्लक लगाउने
- घ) बिग्रने बित्तिकै बजारमा गएर फेर्न लगाउने
५६. गाडीको इन्जिन स्टार्ट गर्दा कालो धुवाँ आएमा के गर्नुपर्दछ ?
- क) साइलेन्सर पाइप बन्द गर्ने
- ख) साइलेन्सर पाइप झिकेर फाल्ने
- ग) इन्जिन मर्मतको लागि वर्कसपमा लाने ✓
- घ) इन्जिन तताउने
५७. सवारीको यान्त्रिक स्थिति ठीक नभएमा सवारी चालकले सर्वप्रथम के गर्नु पर्छ ?
- क) मर्मत गर्ने ✓
- ख) नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने
- ग) सवारी धनी वा व्यवस्थापकलाई खबर गर्ने
- घ) जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्ने
५८. सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?
- क) इन्जिन खपत कम गर्न
- ख) इन्जिन सञ्चालनलाई सजिलो पार्न ✓
- ग) सवारीबाट निस्कने धुवाँ कम पार्न
- घ) माथिका सबै
५९. कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?
- क) गियर चेन्ज गर्दा
- ख) एक्सिलेटर दबाउँदा
- ग) ब्रेक लगाउँदा ✓
- घ) हर्न बजाउँदा
६०. इन्जिनमा कुन आयलको प्रयोग गरिन्छ ?
- क) माटोतेल
- ख) डिजेल आयल
- ग) ब्रेक आयल
- घ) कुनै पनि होइन ✓
६१. कार्बोरेटरले इन्जिनको लागि के काम गर्दछ ?
- क) इन्जिनमा इन्धन र हावाको मिश्रण सप्लाई गर्छ ✓
- ख) इन्जिन चिसो पार्छ
- ग) स्पिड बढाउँछ
- घ) माथिका सबै
६२. गियर बक्सबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
- क) बेलाबेलामा आयल थप्दै चलाउँदै जाने
- ख) मर्मत गर्ने ✓
- ग) आवाज नआउञ्जेलसम्म चलाई राख्ने
- घ) तातो नहुञ्जेलसम्म चलाई राख्ने
६३. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
- क) स्टार्ट स्विच थिच्नु पर्दछ
- ख) मोबिलमा पानी थप गर्नु पर्दछ
- ग) इन्जिन थप गर्नु पर्दछ
- घ) चोक लगाउने ✓
६४. इन्जिनको क्षमतालाई केले जनाइन्छ ?
- क) सि. सि. ✓
- ख) ए. सी.
- ग) बी. सी.
- घ) डि. सी.
६५. रिभर्स लाइट कति बेला बल्छ ?
- क) ब्रेक लगाउँदा
- ख) क्लच लिँदा
- ग) गियर चेन्ज गर्दा
- घ) गाडी ब्याक गर्दा ✓
६६. रेडिएटरमा के राखिन्छ ?
- क) पानी ✓
- ख) एसिड
- ग) पेट्रोल
- घ) डिजेल
६७. गियर बक्सको मुख्य काम के हो ?
- क) छिटो गुडाउने
- ख) गाडी रोक्ने
- ग) चाहिएको स्पिडमा गुडाउने ✓
- घ) खाल्डा पार गर्न सहयोग गर्ने
६८. फ्युल ट्यांकीमा रहेको इन्धन तानेर कार्बोरेटरलाई दिने काम केले गर्दछ ?
- क) ए.सी. पम्पले ✓
- ख) चोकले
- ग) सप्लाई पम्पले
- घ) माथिका सबै
६९. सवारी साधनमा सि.सि. ले केलाई जनाउँदैन ?
- क) मास्टर सिलिन्डरको क्षमता ✓
- ख) ब्रेकको क्षमता
- ग) गियर बक्सको क्षमता
- घ) माथिका कुनै पनि होइन
७०. मोटरसाइकलको गति बढाउन के गर्नु पर्छ ?
- क) एक्सिलेटर बढाउनु पर्छ ✓
- ख) तेल धेरै हाल्ने गर्नु पर्छ
- ग) क्लच समाइराख्नु पर्छ
- घ) माथिका सबै
७१. सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
- क) गाडीको इन्जिनबाट
- ख) गाडीको इन्धनबाट
- ग) गाडीको डाइनामोबाट ✓
- घ) माथिका कुनै पनि होइन
७२. एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नु पर्दछ ?
- क) चक्काको प्रेसर चेक गर्ने
- ख) ब्रेक आयल लेभल चेक गर्ने
- ग) मास्टर सिलिन्डर चेक गर्ने
- घ) माथिका सबै ✓
७३. तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
- क) बस
- ख) मिनीबस
- ग) ट्रक
- घ) ट्रली बस ✓
७४. गियर किन परिवर्तन गरिरहनुपर्छ ?
- क) स्पिड घटाउन
- ख) स्पिड बढाउन
- ग) हर्न बजाउन
- घ) स्पिड घटाउन र बढाउन ✓
७५. ब्रेकले कहाँ काम गर्छ ?
- क) इन्जिनमा
- ख) स्टेरिङमा
- ग) चक्कामा ✓
- घ) गियरमा
७६. चलिरहेको इन्जिन एक्कासी बन्द हुने कारण के हो ?
- क) पेट्रोल ओभरफ्लो हुनु
- ख) फायरिङ नहुनु
- ग) इन्जिनको कुनै पुर्जा टुट्नु
- घ) माथिका सबै ✓
७७. ४-स्ट्रोक इन्जिनमा कतिवटा इन्जिन हुन्छ ?
- क) १ ✓
- ख) २
- ग) ३
- घ) ४
७८. पिस्टन केभित्र रहेको हुन्छ ?
- क) ब्याट्रीभित्र
- ख) सिलिन्डरभित्र ✓
- ग) चक्काभित्र
- घ) डाइनामोभित्र