1. मोटरसाइकलको एक्सिलेटर फस्यो भने के गर्नुहुन्छ ?
- A) क्लच थिचेर गियर डाउन गर्दै बिस्तारै ब्रेक लगाउने ✓
- B) सुरुमै अगाडिको ब्रेक लगाउने
- C) सुरुमै पछाडिको ब्रेक लगाउने
- D) सुरुमै दुवै ब्रेक एकै पटक लगाउने
2. स्कुटरमा अगाडिको ब्रेक केले नियन्त्रण गरिन्छ ?
- A) दायाँ हातले ✓
- B) बायाँ हातले
- C) दायाँ खुट्टाले
- D) बायाँ खुट्टाले
3. मोटरसाइकलको ब्रेक सिस्टम कुन हो ?
- A) मेकानिकल ✓
- B) हाइड्रोलिक
- C) मिश्रित
- D) कुनै पनि होइनन्
4. ब्याट्री कसरी बचाउन सकिन्छ ?
- A) तेल तथा मोबिल लाग्नबाट बचाउने
- B) सेल्फस्टार्ट स्विच घरीघरी नथिच्ने
- C) अनावश्यक रूपमा हर्न नबजाउने
- D) माथिका सबै ✓
5. डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
- A) ए.सी.
- B) डि.सी. ✓
- C) क र ख दुवै ठीक
- D) विद्युत उत्पादन नै हुँदैन
6. मोटरसाइकलको ब्रेक लाइट कहाँ हुन्छ ?
- A) अगाडि
- B) पछाडि ✓
- C) दायाँ
- D) बायाँ
7. मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
- A) मोबिल ✓
- B) डाइनामो
- C) ब्याट्री
- D) माथिका सबै
8. इन्जिन स्टार्ट गर्दा एक्सिलेटरलाई धेरै पटक बटायो भने के हुन्छ ?
- A) चाँडै स्टार्ट हुन्छ
- B) ओभरफ्लो हुन सक्छ ✓
- C) पेट्रोल रोकिन्छ
- D) माथिका सबै
9. ब्याट्रीभित्रको तेजाबलाई केले तताएको हुन्छ ?
- A) इलेक्ट्रो लाइट ✓
- B) मोबिल
- C) पेट्रोल
- D) ग्रिज आयल
10. हाइड्रोमिटरले के मापन गर्छ ?
- A) इन्जिनको मात्रा
- B) ब्याट्रीको घनत्व ✓
- C) दूरी
- D) मोबिलको मात्रा
11. वार्निङ लाइट कतिबेला बालिन्छ ?
- A) इमर्जेन्सीमा ✓
- B) मन लागेको बेलामा
- C) हतार भएमा
- D) माथिका सबै अवस्थामा
12. इमर्जेन्सी लाइटले कसलाई सतर्क रहने सङ्केत दिन्छ ?
- A) पैदल यात्री
- B) सवारी चालक
- C) प्रहरी
- D) माथिका सबै ✓
13. डाइनामोबाट बढी बिजुली उत्पादन भयो भने केले नियन्त्रण गर्छ ?
- A) भोल्ट रेगुलेटरले ✓
- B) पिस्टनले
- C) हेडलाइटले
- D) एक्सिलेटरले
14. तल दिइएकामध्ये प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो ?
- A) माइक्रो बस
- B) निजी कार
- C) गियरवाला साइकल ✓
- D) सरकारी मोटरसाइकल
15. सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो ?
- A) यातायात व्यवस्था कार्यालय
- B) ट्राफिक प्रहरी
- C) यातायात व्यवस्था विभाग
- D) माथिका सबै ✓
16. टु–स्ट्रोक र फोर–स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?
- A) टु–स्ट्रोकले ✓
- B) फोर–स्ट्रोकले
- C) (क) र (ख) दुवै
- D) कुनै पनि होइनन्
17. सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?
- A) इन्जिनमा राखिने मोबिल
- B) सवारीमा राखिने इन्धन
- C) सवारीभित्रको फोहोर
- D) सवारीबाट निस्कने धुवाँ ✓
18. सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?
- A) डिजेल इन्जिन
- B) पेट्रोल इन्जिन
- C) विद्युत इन्जिन ✓
- D) क र ख मात्र ठीक
19. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्छ ?
- A) ब्रेकले
- B) गियर बक्सले
- C) इन्जिनले
- D) इन्जिनको अवस्थाले ✓
20. नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ ?
- A) नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६
- B) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६०
- C) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६५
- D) नेपाल प्रदूषण मापदण्ड, २०६९ ✓
21. कन्डिसनमा नरहेको मोटरसाइकलले कस्तो धुवाँ फाल्छ ?
- A) निलो
- B) कालो ✓
- C) सेतो
- D) हरियो
22. कन्डिसनको मोटर इन्जिनको धुवाँ कस्तो हुन्छ ?
- A) कालो
- B) रातो
- C) हरियो
- D) आकाशे निलो ✓
23. सवारी परीक्षण कार्यालयबाट प्रदूषण पास स्टिकर लिँदा कति शुल्क लाग्दछ ?
- A) रू. १००
- B) रू. २००
- C) रू. ३००
- D) रू. ३५ ✓
24. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्दैन ?
- A) टायर
- B) गियर
- C) ब्रेक
- D) माथिका सबै ✓
25. सवारी प्रदूषण जाँच पास स्टिकरको रङ कस्तो हुँदैन ?
- A) निलो
- B) सेतो
- C) पहेँलो
- D) माथिका सबै ✓
26. सवारी साधनबाट निस्कने धुवाँले कुन प्रदूषण फैलाउँछ ?
- A) जल प्रदूषण
- B) ध्वनि प्रदूषण
- C) वायु प्रदूषण ✓
- D) माथिका सबै
27. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले कस्तो प्रदूषण फैलाउँछ ?
- A) वायु प्रदूषण
- B) ध्वनि प्रदूषण ✓
- C) जल प्रदूषण
- D) क र ख दुवै
28. वायु प्रदूषणका कारण कस्ता रोग फैलिरहेका छन् ?
- A) श्वासप्रश्वास सम्बन्धी रोग
- B) दम, खोकी, रुघाजस्ता रोग
- C) ब्रोङ्काइटिस
- D) माथिका सबै ✓
29. वायु प्रदूषणका कारण तीव्र रूपमा फैलिरहेको रोग कुन हो ?
- A) निमोनिया
- B) फोक्सोको क्यान्सर साथै
- C) हाइपर टेन्सन
- D) माथिका सबै ✓
30. वातावरण-मैत्री सवारी साधन कुन हो ?
- A) साइकल
- B) इलेक्ट्रिक स्कुटर
- C) बिजुली बस
- D) माथिका सबै ✓