१. मोटरसाइकलको एक्सिलेटर फस्यो भने के गर्नुहुन्छ ?
- क) क्लच थिचेर गियर डाउन गर्दै बिस्तारै ब्रेक लगाउने ✓
- ख) सुरुमै अगाडिको ब्रेक लगाउने
- ग) सुरुमै पछाडिको ब्रेक लगाउने
- घ) सुरुमै दुवै ब्रेक एकै पटक लगाउने
२. स्कुटरमा अगाडिको ब्रेक केले नियन्त्रण गरिन्छ ?
- क) दायाँ हातले ✓
- ख) बायाँ हातले
- ग) दायाँ खुट्टाले
- घ) बायाँ खुट्टाले
३. मोटरसाइकलको ब्रेक सिस्टम कुन हो ?
- क) मेकानिकल ✓
- ख) हाइड्रोलिक
- ग) मिश्रित
- घ) कुनै पनि होइनन्
४. ब्याट्री कसरी बचाउन सकिन्छ ?
- क) तेल तथा मोबिल लाग्नबाट बचाउने
- ख) सेल्फस्टार्ट स्विच घरीघरी नथिच्ने
- ग) अनावश्यक रूपमा हर्न नबजाउने
- घ) माथिका सबै ✓
५. डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
- क) ए.सी.
- ख) डि.सी. ✓
- ग) क र ख दुवै ठीक
- घ) विद्युत उत्पादन नै हुँदैन
६. मोटरसाइकलको ब्रेक लाइट कहाँ हुन्छ ?
- क) अगाडि
- ख) पछाडि ✓
- ग) दायाँ
- घ) बायाँ
७. मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
- क) मोबिल ✓
- ख) डाइनामो
- ग) ब्याट्री
- घ) माथिका सबै
८. इन्जिन स्टार्ट गर्दा एक्सिलेटरलाई धेरै पटक बटायो भने के हुन्छ ?
- क) चाँडै स्टार्ट हुन्छ
- ख) ओभरफ्लो हुन सक्छ ✓
- ग) पेट्रोल रोकिन्छ
- घ) माथिका सबै
९. ब्याट्रीभित्रको तेजाबलाई केले तताएको हुन्छ ?
- क) इलेक्ट्रो लाइट ✓
- ख) मोबिल
- ग) पेट्रोल
- घ) ग्रिज आयल
१०. हाइड्रोमिटरले के मापन गर्छ ?
- क) इन्जिनको मात्रा
- ख) ब्याट्रीको घनत्व ✓
- ग) दूरी
- घ) मोबिलको मात्रा
११. वार्निङ लाइट कतिबेला बालिन्छ ?
- क) इमर्जेन्सीमा ✓
- ख) मन लागेको बेलामा
- ग) हतार भएमा
- घ) माथिका सबै अवस्थामा
१२. इमर्जेन्सी लाइटले कसलाई सतर्क रहने सङ्केत दिन्छ ?
- क) पैदल यात्री
- ख) सवारी चालक
- ग) प्रहरी
- घ) माथिका सबै ✓
१३. डाइनामोबाट बढी बिजुली उत्पादन भयो भने केले नियन्त्रण गर्छ ?
- क) भोल्ट रेगुलेटरले ✓
- ख) पिस्टनले
- ग) हेडलाइटले
- घ) एक्सिलेटरले
१४. तल दिइएकामध्ये प्रदूषण जाँच गराउनु नपर्ने सवारी साधन कुन हो ?
- क) माइक्रो बस
- ख) निजी कार
- ग) गियरवाला साइकल ✓
- घ) सरकारी मोटरसाइकल
१५. सवारी प्रदूषण नियमन गर्ने निकाय कुन हो ?
- क) यातायात व्यवस्था कार्यालय
- ख) ट्राफिक प्रहरी
- ग) यातायात व्यवस्था विभाग
- घ) माथिका सबै ✓
१६. टु–स्ट्रोक र फोर–स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण बढी प्रदूषण गराउँछ ?
- क) टु–स्ट्रोकले ✓
- ख) फोर–स्ट्रोकले
- ग) (क) र (ख) दुवै
- घ) कुनै पनि होइनन्
१७. सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?
- क) इन्जिनमा राखिने मोबिल
- ख) सवारीमा राखिने इन्धन
- ग) सवारीभित्रको फोहोर
- घ) सवारीबाट निस्कने धुवाँ ✓
१८. सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?
- क) डिजेल इन्जिन
- ख) पेट्रोल इन्जिन
- ग) विद्युत इन्जिन ✓
- घ) क र ख मात्र ठीक
१९. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्छ ?
- क) ब्रेकले
- ख) गियर बक्सले
- ग) इन्जिनले
- घ) इन्जिनको अवस्थाले ✓
२०. नेपालमा हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको छ ?
- क) नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६
- ख) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६०
- ग) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६५
- घ) नेपाल प्रदूषण मापदण्ड, २०६९ ✓
२१. कन्डिसनमा नरहेको मोटरसाइकलले कस्तो धुवाँ फाल्छ ?
- क) निलो
- ख) कालो ✓
- ग) सेतो
- घ) हरियो
२२. कन्डिसनको मोटर इन्जिनको धुवाँ कस्तो हुन्छ ?
- क) कालो
- ख) रातो
- ग) हरियो
- घ) आकाशे निलो ✓
२३. सवारी परीक्षण कार्यालयबाट प्रदूषण पास स्टिकर लिँदा कति शुल्क लाग्दछ ?
- क) रू. १००
- ख) रू. २००
- ग) रू. ३००
- घ) रू. ३५ ✓
२४. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन चिजले प्रभाव पार्दैन ?
- क) टायर
- ख) गियर
- ग) ब्रेक
- घ) माथिका सबै ✓
२५. सवारी प्रदूषण जाँच पास स्टिकरको रङ कस्तो हुँदैन ?
- क) निलो
- ख) सेतो
- ग) पहेँलो
- घ) माथिका सबै ✓
२६. सवारी साधनबाट निस्कने धुवाँले कुन प्रदूषण फैलाउँछ ?
- क) जल प्रदूषण
- ख) ध्वनि प्रदूषण
- ग) वायु प्रदूषण ✓
- घ) माथिका सबै
२७. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले कस्तो प्रदूषण फैलाउँछ ?
- क) वायु प्रदूषण
- ख) ध्वनि प्रदूषण ✓
- ग) जल प्रदूषण
- घ) क र ख दुवै
२८. वायु प्रदूषणका कारण कस्ता रोग फैलिरहेका छन् ?
- क) श्वासप्रश्वास सम्बन्धी रोग
- ख) दम, खोकी, रुघाजस्ता रोग
- ग) ब्रोङ्काइटिस
- घ) माथिका सबै ✓
२९. वायु प्रदूषणका कारण तीव्र रूपमा फैलिरहेको रोग कुन हो ?
- क) निमोनिया
- ख) फोक्सोको क्यान्सर साथै
- ग) हाइपर टेन्सन
- घ) माथिका सबै ✓
३०. वातावरण-मैत्री सवारी साधन कुन हो ?
- क) साइकल
- ख) इलेक्ट्रिक स्कुटर
- ग) बिजुली बस
- घ) माथिका सबै ✓