1. प्रदूषकले हर्जाना तिर्ने प्रणाली (Polluters Pay System) भनेको के हो ?
- A) प्रदूषण सिर्जना गर्नेलाई थप कर तिराउने ✓
- B) जनतालाई प्रदूषण कर तिराउने
- C) क र ख दुवै हुन्
- D) क र ख दुवै होइनन्
2. आफ्नो सवारी साधनले प्रदूषण नफैलाओस् भनेर के गर्नुपर्छ ?
- A) बेलाबेलामा सर्भिसिङ गर्नुपर्छ ✓
- B) टायरमा हावा भरिरहनुपर्छ
- C) पेट्रोल फुल हालेर मात्र चलाउनुपर्छ
- D) माथिका सबै
3. तपाईंले चलाएको सवारी साधनबाट कसरी वातावरण प्रदूषण भइरहेको हुन्छ ?
- A) बत्ती धेरै बालेर
- B) हर्न धेरै बजाएर ✓
- C) धेरै स्पिडले चलाएर
- D) धेरै भिडभाडमा गएर
4. सवारी साधनले विसर्जन गर्ने प्रदूषणका स्रोत कुन हो ?
- A) आवाज
- B) धुवाँ
- C) कवाडी पार्टपुर्जा
- D) माथिका सबै ✓
5. तपाईं आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानुहुन्छ ?
- A) सवारी परीक्षण कार्यालय
- B) यातायात व्यवस्था कार्यालय
- C) यातायात व्यवस्था सेवा कार्यालय
- D) माथिका सबै ✓
6. तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो ?
- A) बिजुलीबाट चल्ने सवारी ✓
- B) पेट्रोलबाट चल्ने सवारी
- C) डिजेलबाट चल्ने सवारी
- D) माथिका सबै
7. डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो ?
- A) स्मोक मिटर ✓
- B) फायर मिटर
- C) पोलुसन मिटर
- D) डिजेल मिटर
8. पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो ?
- A) स्मोक मिटर
- B) ग्यास एनलाइजर ✓
- C) पोलुसन मिटर
- D) डिजेल मिटर
9. वातावरण प्रदूषण रोकथाम गर्न के गर्नुपर्छ ?
- A) रूख रोप्ने
- B) विद्युतीय सवारी चलाउने
- C) धेरै ध्वनि ननिकाल्ने
- D) माथिका सबै ✓
10. सहरी क्षेत्रमा ध्वनि प्रदूषणको मुख्य स्रोत के हो ?
- A) गाडीको आवाज
- B) अनावश्यक रूपमा बजाइने हर्न
- C) कलकारखाना
- D) माथिका सबै ✓
11. ध्वनि प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?
- A) उच्च रक्तचाप बढाउँछ
- B) सुन्ने शक्ति गुमाउँछ
- C) निद्रा लाग्दैन
- D) माथिका सबै ✓
12. ध्वनि प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ ?
- A) अशक्त
- B) बालबालिका
- C) वृद्धवृद्धा
- D) माथिका सबै ✓
13. काठमाडौँ उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो ?
- A) २०७४ बैशाख १ ✓
- B) २०७५ बैशाख १
- C) २०७६ बैशाख १
- D) २०७७ बैशाख १
14. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- A) मुसलधारे पानी परेको बेलामा
- B) बाक्लो हिउँ परेको समयमा
- C) बाक्लो कुहिरो लागेको समयमा
- D) माथिका सबै ✓
15. दुर्घटना भएको देखेमा के गर्नुपर्दछ ?
- A) घाइतेलाई अस्पताल लैजानु पर्छ
- B) घाइतेको आफन्तलाई सूचना दिनुपर्छ
- C) नजिकको ट्राफिक प्रहरीलाई सूचना दिनुपर्छ
- D) माथिका सबै ✓
16. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- A) अगाडिबाट आइरहेको गाडीसँग
- B) दायाँबाट आएको गाडीसँग
- C) बायाँबाट आएको गाडीसँग
- D) पछाडिबाट आएको गाडीसँग ✓
17. रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो ?
- A) भिजिबिलिटी कम हुनाले ✓
- B) बढी सवारी गुड्ने हुनाले
- C) यात्रुहरूले मादक पदार्थ सेवन गर्नाले
- D) माथिका कुनै पनि होइनन्
18. सवारी दुर्घटना हुनाको कारण के हो ?
- A) मानवीय गल्ती
- B) मेसिनको गल्ती
- C) यान्त्रिक खराबी
- D) माथिका सबै ✓
19. सडक मार्किङ भन्नाले के बुझिन्छ ?
- A) ट्राफिक सङ्केत
- B) लेन लाइन
- C) जेब्रा क्रसिङ
- D) माथिका ख र ग दुवै ✓
20. दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ ?
- A) तेस्रो पक्षको मृत्यु भएमा
- B) तेस्रो पक्षको अङ्गभङ्ग भएमा
- C) तेस्रो पक्षको सम्पत्तिको नोक्सानी भएमा
- D) माथिका सबै ✓
21. दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्नेको हकवालालाई क्रिया खर्च बापत कति रकम उपलब्ध गराइन्छ ?
- A) रू. २५ हजार
- B) रू. ५० हजार ✓
- C) रू. ७५ हजार
- D) रू. १ लाख
22. हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ ?
- A) दुर्घटना हुन सक्छ
- B) दुर्घटना भएमा टाउकोमा चोट लाग्न सक्छ ✓
- C) केही पनि हुँदैन
- D) माथिका सबै
23. सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?
- A) यातायात व्यवस्था विभाग
- B) प्रमुख जिल्ला अधिकारी ✓
- C) ट्राफिक प्रहरी
- D) यातायात कार्यालय
24. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ ?
- A) चाँडै पुगिन्छ
- B) खर्च बचत हुन्छ
- C) कारबाहीमा परिन्छ
- D) दुर्घटनामा पर्न सकिन्छ ✓
25. दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नुपर्दछ ?
- A) अस्पताल लैजानु पर्छ
- B) प्राथमिक उपचार गर्नुपर्दछ ✓
- C) भिडबाट अलग गर्नुपर्दछ
- D) केही गर्नुपर्दैन
26. दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनु पर्दछ ?
- A) सामान्य घाइतेलाई
- B) रगत बगिरहेको घाइतेलाई
- C) बेहोस अवस्थामा रहेको घाइतेलाई ✓
- D) होसमा रहेको घाइतेलाई
27. एकतर्फी बाटोमा लेन बदल्दा कुन कुरामा ध्यान दिनुपर्छ ?
- A) बत्तीको सङ्केत दिने
- B) लुकिङ ग्लासको प्रयोग गर्ने
- C) अगाडिको सवारीको दूरी आँकलन गर्ने
- D) माथिका सबै ✓
28. सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो ?
- A) सवारी चालकको
- B) पैदल यात्रीको
- C) ट्राफिक प्रहरीको
- D) माथिका सबै ✓
29. दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ ?
- A) प्राथमिक उपचार ✓
- B) प्रारम्भिक उपचार
- C) घरेलु उपचार
- D) स्थानीय उपचार
30. चालकको साथमा रहने प्राथमिक उपचारको बाकसलाई के भनिन्छ ?
- A) फर्स्ट एड बक्स ✓
- B) प्राइमरी बक्स
- C) हेल्थ केयर बक्स
- D) सेकेन्डरी बक्स
31. प्राथमिक उपचार किन गरिन्छ ?
- A) घाइतेलाई तत्काल प्राण बचाउन
- B) रोग निको हुने सम्भावना बढाउन
- C) घाइतेको अवस्था खराब हुनबाट बचाउन
- D) माथिका सबै ✓
32. दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ ?
- A) कपडा फेरिदिने कार्य
- B) घाउमा मलमपट्टी लगाउने कार्य ✓
- C) औषधि खुवाउने कार्य
- D) माथिका सबै
33. दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ ?
- A) २ घण्टासम्म दिनुपर्छ
- B) ३ घण्टासम्म दिनुपर्छ
- C) होस नआएसम्म दिनुपर्छ ✓
- D) जति दिए पनि हुन्छ
34. दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ ?
- A) उत्तानो पारेर सुताउनु पर्छ ✓
- B) घोप्टो पारेर सुताउनु पर्छ
- C) जसरी राखे पनि हुन्छ
- D) कोल्टे पारेर सुताउनु पर्छ
35. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ ?
- A) घाइतेका आफन्तलाई
- B) नजिकका बासिन्दालाई
- C) प्रहरीलाई
- D) माथिको सबै ✓
36. दुर्घटनामा परेको कस्तो घाइतेलाई अक्सिजन दिइरहनु पर्दैन ?
- A) होस् अवस्थामा रहेकोलाई
- B) रगत बगिरहेकोलाई
- C) सामान्य बिरामीलाई
- D) माथिका सबै ✓
37. दुर्घटना निम्त्याउने लापरवाही कुन हो ?
- A) मादक पदार्थ सेवन
- B) अत्यधिक गतिमा सवारी चलाउनु
- C) अचानक लेन बदल्ने बानी
- D) माथिका सबै ✓
38. दुर्घटना निम्त्याउने भवितव्य कुन हो ?
- A) ब्रेक फेल हुनु
- B) पहिरो जानु
- C) चालक मुर्छा पर्नु
- D) माथिका सबै ✓
39. दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरू मानिसको कर्तव्य के हुन्छ ?
- A) प्रहरीलाई काम अराउने
- B) प्रहरीसँग क्षतिपूर्ति माग्ने
- C) प्रहरीको बाटो बन्द गर्ने
- D) प्रहरीले भनेको मान्ने ✓
40. दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ ?
- A) शरीर हल्लाउने
- B) पानी खुवाउने
- C) कृत्रिम अक्सिजन दिने ✓
- D) माथिका सबै
41. दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ ?
- A) हावाहुरी चलेको बखत
- B) हिउँ परेको बखत
- C) पानी परेको बखत
- D) माथिका सबै ✓
42. मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नुहुन्छ ?
- A) सुरक्षित ठाउँमा लगेर रोक्छु ✓
- B) स्पिड बढाउँछु
- C) बीचबाटोमै छोडेर हिँड्छु
- D) माथिका सबै
43. बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ ?
- A) छिटो पुगिन्छ
- B) दुर्घटना हुने सम्भावना हुन्छ ✓
- C) जरिवानामा परिन्छ
- D) खासै केही हुँदैन
44. सवारी चलाउँदा भुलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भयो भने के गर्नुहुन्छ ?
- A) वास्तै नगरी भाग्छु
- B) व्यक्तिको अवस्था बुझेर छाडिदिन्छु
- C) अवस्था हेरी उपचार गर्ने व्यवस्था मिलाउँछु ✓
- D) माथिका सबै
45. सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ ?
- A) धैर्यताका साथ कुर्छु ✓
- B) हर्न बजाएर दबाब दिन्छु
- C) स्टार्ट बन्द गरेर बस्छु
- D) सडक पेटीबाट हिँडाउँछु
46. ट्राफिक चिन्ह कसका लागि हो ?
- A) सवारी चालक
- B) पैदल यात्री
- C) ट्राफिक प्रहरी
- D) माथिका सबै ✓
47. स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन ?
- A) तीव्र गतिमा चलाउने
- B) बिस्तारै चलाउने ✓
- C) एक्सिलेटर जोडले थिचेर चलाउने
- D) माथिका सबै
48. हेल्मेट लगाउनुको उद्देश्य के हो ?
- A) राम्रो देखिन
- B) ट्राफिक प्रहरीले गर्ने सजायबाट बच्न
- C) हावा रोक्न
- D) टाउकोमा चोट लाग्नबाट बच्न ✓
49. सवारी दुर्घटनामा परे के गर्नु पर्दछ ?
- A) उद्धारको लागि पहल गर्ने ✓
- B) कागजात चेक गर्ने
- C) रोइकराइ गर्ने
- D) माथिका सबै
50. ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नुपर्छ ?
- A) गाडीको स्पिड बढाउने
- B) इन्जिन स्विच अफ गर्ने ✓
- C) छाडेर भाग्ने
- D) आगलागी भएको ठाउँमा पानी हाल्ने
51. सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाईं पहिले के गर्नुहुन्छ ?
- A) नजिकको ट्राफिक प्रहरीलाई बोलाउँछु
- B) मोटरसाइकल उठाउँछु ✓
- C) अब के हुन्छ भनी हेरेर बस्छु
- D) प्रहरी बोलाउँछु
52. कसैले अनियन्त्रित तरिकाले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ ?
- A) ट्राफिकलाई खबर गर्छु ✓
- B) रोकेर सोधपुछ गर्छु
- C) देखेको नदेखेझैँ गर्छु
- D) भिडियो खिचेर बस्छु
53. सवारी साधनको चक्का स्किड हुनुको कारण के हो ?
- A) चिप्लो सतह
- B) बालुवा खसेको सडक
- C) ज्यादा ओरालो
- D) माथिका सबै ✓
54. बीच बाटोमा चक्का पन्चर भयो भने के गर्नुहुन्छ ?
- A) त्यहीँ रोकेर हेर्छु
- B) साइड लगाएर हेर्छु ✓
- C) बाटो आवागमन बन्द गर्छु
- D) नरोकी हिँडिरहन्छु
55. दुर्घटनामा आपत्ति परे पनि कस्तासँग सहयोग माग्नु हुँदैन ?
- A) शङ्कास्पद व्यक्तिसँग ✓
- B) महिलासँग
- C) गाउँलेसँग
- D) वृद्धवृद्धासँग
56. गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ ?
- A) चाँडोचाँडो ओर्लँदा
- B) अचानक बाटो काट्दा ✓
- C) गाडीमा बसिरहँदा
- D) माथिका सबै
57. तँछाडमछाड गरी गाडी चलाए के हुन्छ ?
- A) चाँडै पुगिन्छ
- B) अर्कोलाई जितिन्छ
- C) दुर्घटना हुन सक्छ ✓
- D) माथिका सबै
58. गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ ?
- A) ट्राफिक जाम
- B) दुर्घटनामा परेको ✓
- C) गन्तव्य आइपुगेको
- D) इन्जिन सकिएको