१. प्रदूषकले हर्जाना तिर्ने प्रणाली (Polluters Pay System) भनेको के हो ?
- क) प्रदूषण सिर्जना गर्नेलाई थप कर तिराउने ✓
- ख) जनतालाई प्रदूषण कर तिराउने
- ग) क र ख दुवै हुन्
- घ) क र ख दुवै होइनन्
२. आफ्नो सवारी साधनले प्रदूषण नफैलाओस् भनेर के गर्नुपर्छ ?
- क) बेलाबेलामा सर्भिसिङ गर्नुपर्छ ✓
- ख) टायरमा हावा भरिरहनुपर्छ
- ग) पेट्रोल फुल हालेर मात्र चलाउनुपर्छ
- घ) माथिका सबै
३. तपाईंले चलाएको सवारी साधनबाट कसरी वातावरण प्रदूषण भइरहेको हुन्छ ?
- क) बत्ती धेरै बालेर
- ख) हर्न धेरै बजाएर ✓
- ग) धेरै स्पिडले चलाएर
- घ) धेरै भिडभाडमा गएर
४. सवारी साधनले विसर्जन गर्ने प्रदूषणका स्रोत कुन हो ?
- क) आवाज
- ख) धुवाँ
- ग) कवाडी पार्टपुर्जा
- घ) माथिका सबै ✓
५. तपाईं आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानुहुन्छ ?
- क) सवारी परीक्षण कार्यालय
- ख) यातायात व्यवस्था कार्यालय
- ग) यातायात व्यवस्था सेवा कार्यालय
- घ) माथिका सबै ✓
६. तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो ?
- क) बिजुलीबाट चल्ने सवारी ✓
- ख) पेट्रोलबाट चल्ने सवारी
- ग) डिजेलबाट चल्ने सवारी
- घ) माथिका सबै
७. डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो ?
- क) स्मोक मिटर ✓
- ख) फायर मिटर
- ग) पोलुसन मिटर
- घ) डिजेल मिटर
८. पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो ?
- क) स्मोक मिटर
- ख) ग्यास एनलाइजर ✓
- ग) पोलुसन मिटर
- घ) डिजेल मिटर
९. वातावरण प्रदूषण रोकथाम गर्न के गर्नुपर्छ ?
- क) रूख रोप्ने
- ख) विद्युतीय सवारी चलाउने
- ग) धेरै ध्वनि ननिकाल्ने
- घ) माथिका सबै ✓
१०. सहरी क्षेत्रमा ध्वनि प्रदूषणको मुख्य स्रोत के हो ?
- क) गाडीको आवाज
- ख) अनावश्यक रूपमा बजाइने हर्न
- ग) कलकारखाना
- घ) माथिका सबै ✓
११. ध्वनि प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?
- क) उच्च रक्तचाप बढाउँछ
- ख) सुन्ने शक्ति गुमाउँछ
- ग) निद्रा लाग्दैन
- घ) माथिका सबै ✓
१२. ध्वनि प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ ?
- क) अशक्त
- ख) बालबालिका
- ग) वृद्धवृद्धा
- घ) माथिका सबै ✓
१३. काठमाडौँ उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो ?
- क) २०७४ बैशाख १ ✓
- ख) २०७५ बैशाख १
- ग) २०७६ बैशाख १
- घ) २०७७ बैशाख १
१४. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- क) मुसलधारे पानी परेको बेलामा
- ख) बाक्लो हिउँ परेको समयमा
- ग) बाक्लो कुहिरो लागेको समयमा
- घ) माथिका सबै ✓
१५. दुर्घटना भएको देखेमा के गर्नुपर्दछ ?
- क) घाइतेलाई अस्पताल लैजानु पर्छ
- ख) घाइतेको आफन्तलाई सूचना दिनुपर्छ
- ग) नजिकको ट्राफिक प्रहरीलाई सूचना दिनुपर्छ
- घ) माथिका सबै ✓
१६. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- क) अगाडिबाट आइरहेको गाडीसँग
- ख) दायाँबाट आएको गाडीसँग
- ग) बायाँबाट आएको गाडीसँग
- घ) पछाडिबाट आएको गाडीसँग ✓
१७. रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो ?
- क) भिजिबिलिटी कम हुनाले ✓
- ख) बढी सवारी गुड्ने हुनाले
- ग) यात्रुहरूले मादक पदार्थ सेवन गर्नाले
- घ) माथिका कुनै पनि होइनन्
१८. सवारी दुर्घटना हुनाको कारण के हो ?
- क) मानवीय गल्ती
- ख) मेसिनको गल्ती
- ग) यान्त्रिक खराबी
- घ) माथिका सबै ✓
१९. सडक मार्किङ भन्नाले के बुझिन्छ ?
- क) ट्राफिक सङ्केत
- ख) लेन लाइन
- ग) जेब्रा क्रसिङ
- घ) माथिका ख र ग दुवै ✓
२०. दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ ?
- क) तेस्रो पक्षको मृत्यु भएमा
- ख) तेस्रो पक्षको अङ्गभङ्ग भएमा
- ग) तेस्रो पक्षको सम्पत्तिको नोक्सानी भएमा
- घ) माथिका सबै ✓
२१. दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्नेको हकवालालाई क्रिया खर्च बापत कति रकम उपलब्ध गराइन्छ ?
- क) रू. २५ हजार
- ख) रू. ५० हजार ✓
- ग) रू. ७५ हजार
- घ) रू. १ लाख
२२. हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ ?
- क) दुर्घटना हुन सक्छ
- ख) दुर्घटना भएमा टाउकोमा चोट लाग्न सक्छ ✓
- ग) केही पनि हुँदैन
- घ) माथिका सबै
२३. सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?
- क) यातायात व्यवस्था विभाग
- ख) प्रमुख जिल्ला अधिकारी ✓
- ग) ट्राफिक प्रहरी
- घ) यातायात कार्यालय
२४. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ ?
- क) चाँडै पुगिन्छ
- ख) खर्च बचत हुन्छ
- ग) कारबाहीमा परिन्छ
- घ) दुर्घटनामा पर्न सकिन्छ ✓
२५. दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नुपर्दछ ?
- क) अस्पताल लैजानु पर्छ
- ख) प्राथमिक उपचार गर्नुपर्दछ ✓
- ग) भिडबाट अलग गर्नुपर्दछ
- घ) केही गर्नुपर्दैन
२६. दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनु पर्दछ ?
- क) सामान्य घाइतेलाई
- ख) रगत बगिरहेको घाइतेलाई
- ग) बेहोस अवस्थामा रहेको घाइतेलाई ✓
- घ) होसमा रहेको घाइतेलाई
२७. एकतर्फी बाटोमा लेन बदल्दा कुन कुरामा ध्यान दिनुपर्छ ?
- क) बत्तीको सङ्केत दिने
- ख) लुकिङ ग्लासको प्रयोग गर्ने
- ग) अगाडिको सवारीको दूरी आँकलन गर्ने
- घ) माथिका सबै ✓
२८. सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो ?
- क) सवारी चालकको
- ख) पैदल यात्रीको
- ग) ट्राफिक प्रहरीको
- घ) माथिका सबै ✓
२९. दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ ?
- क) प्राथमिक उपचार ✓
- ख) प्रारम्भिक उपचार
- ग) घरेलु उपचार
- घ) स्थानीय उपचार
३०. चालकको साथमा रहने प्राथमिक उपचारको बाकसलाई के भनिन्छ ?
- क) फर्स्ट एड बक्स ✓
- ख) प्राइमरी बक्स
- ग) हेल्थ केयर बक्स
- घ) सेकेन्डरी बक्स
३१. प्राथमिक उपचार किन गरिन्छ ?
- क) घाइतेलाई तत्काल प्राण बचाउन
- ख) रोग निको हुने सम्भावना बढाउन
- ग) घाइतेको अवस्था खराब हुनबाट बचाउन
- घ) माथिका सबै ✓
३२. दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ ?
- क) कपडा फेरिदिने कार्य
- ख) घाउमा मलमपट्टी लगाउने कार्य ✓
- ग) औषधि खुवाउने कार्य
- घ) माथिका सबै
३३. दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ ?
- क) २ घण्टासम्म दिनुपर्छ
- ख) ३ घण्टासम्म दिनुपर्छ
- ग) होस नआएसम्म दिनुपर्छ ✓
- घ) जति दिए पनि हुन्छ
३४. दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ ?
- क) उत्तानो पारेर सुताउनु पर्छ ✓
- ख) घोप्टो पारेर सुताउनु पर्छ
- ग) जसरी राखे पनि हुन्छ
- घ) कोल्टे पारेर सुताउनु पर्छ
३५. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ ?
- क) घाइतेका आफन्तलाई
- ख) नजिकका बासिन्दालाई
- ग) प्रहरीलाई
- घ) माथिको सबै ✓
३६. दुर्घटनामा परेको कस्तो घाइतेलाई अक्सिजन दिइरहनु पर्दैन ?
- क) होस् अवस्थामा रहेकोलाई
- ख) रगत बगिरहेकोलाई
- ग) सामान्य बिरामीलाई
- घ) माथिका सबै ✓
३७. दुर्घटना निम्त्याउने लापरवाही कुन हो ?
- क) मादक पदार्थ सेवन
- ख) अत्यधिक गतिमा सवारी चलाउनु
- ग) अचानक लेन बदल्ने बानी
- घ) माथिका सबै ✓
३८. दुर्घटना निम्त्याउने भवितव्य कुन हो ?
- क) ब्रेक फेल हुनु
- ख) पहिरो जानु
- ग) चालक मुर्छा पर्नु
- घ) माथिका सबै ✓
३९. दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरू मानिसको कर्तव्य के हुन्छ ?
- क) प्रहरीलाई काम अराउने
- ख) प्रहरीसँग क्षतिपूर्ति माग्ने
- ग) प्रहरीको बाटो बन्द गर्ने
- घ) प्रहरीले भनेको मान्ने ✓
४०. दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ ?
- क) शरीर हल्लाउने
- ख) पानी खुवाउने
- ग) कृत्रिम अक्सिजन दिने ✓
- घ) माथिका सबै
४१. दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ ?
- क) हावाहुरी चलेको बखत
- ख) हिउँ परेको बखत
- ग) पानी परेको बखत
- घ) माथिका सबै ✓
४२. मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नुहुन्छ ?
- क) सुरक्षित ठाउँमा लगेर रोक्छु ✓
- ख) स्पिड बढाउँछु
- ग) बीचबाटोमै छोडेर हिँड्छु
- घ) माथिका सबै
४३. बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ ?
- क) छिटो पुगिन्छ
- ख) दुर्घटना हुने सम्भावना हुन्छ ✓
- ग) जरिवानामा परिन्छ
- घ) खासै केही हुँदैन
४४. सवारी चलाउँदा भुलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भयो भने के गर्नुहुन्छ ?
- क) वास्तै नगरी भाग्छु
- ख) व्यक्तिको अवस्था बुझेर छाडिदिन्छु
- ग) अवस्था हेरी उपचार गर्ने व्यवस्था मिलाउँछु ✓
- घ) माथिका सबै
४५. सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ ?
- क) धैर्यताका साथ कुर्छु ✓
- ख) हर्न बजाएर दबाब दिन्छु
- ग) स्टार्ट बन्द गरेर बस्छु
- घ) सडक पेटीबाट हिँडाउँछु
४६. ट्राफिक चिन्ह कसका लागि हो ?
- क) सवारी चालक
- ख) पैदल यात्री
- ग) ट्राफिक प्रहरी
- घ) माथिका सबै ✓
४७. स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन ?
- क) तीव्र गतिमा चलाउने
- ख) बिस्तारै चलाउने ✓
- ग) एक्सिलेटर जोडले थिचेर चलाउने
- घ) माथिका सबै
४८. हेल्मेट लगाउनुको उद्देश्य के हो ?
- क) राम्रो देखिन
- ख) ट्राफिक प्रहरीले गर्ने सजायबाट बच्न
- ग) हावा रोक्न
- घ) टाउकोमा चोट लाग्नबाट बच्न ✓
४९. सवारी दुर्घटनामा परे के गर्नु पर्दछ ?
- क) उद्धारको लागि पहल गर्ने ✓
- ख) कागजात चेक गर्ने
- ग) रोइकराइ गर्ने
- घ) माथिका सबै
५०. ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नुपर्छ ?
- क) गाडीको स्पिड बढाउने
- ख) इन्जिन स्विच अफ गर्ने ✓
- ग) छाडेर भाग्ने
- घ) आगलागी भएको ठाउँमा पानी हाल्ने
५१. सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाईं पहिले के गर्नुहुन्छ ?
- क) नजिकको ट्राफिक प्रहरीलाई बोलाउँछु
- ख) मोटरसाइकल उठाउँछु ✓
- ग) अब के हुन्छ भनी हेरेर बस्छु
- घ) प्रहरी बोलाउँछु
५२. कसैले अनियन्त्रित तरिकाले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ ?
- क) ट्राफिकलाई खबर गर्छु ✓
- ख) रोकेर सोधपुछ गर्छु
- ग) देखेको नदेखेझैँ गर्छु
- घ) भिडियो खिचेर बस्छु
५३. सवारी साधनको चक्का स्किड हुनुको कारण के हो ?
- क) चिप्लो सतह
- ख) बालुवा खसेको सडक
- ग) ज्यादा ओरालो
- घ) माथिका सबै ✓
५४. बीच बाटोमा चक्का पन्चर भयो भने के गर्नुहुन्छ ?
- क) त्यहीँ रोकेर हेर्छु
- ख) साइड लगाएर हेर्छु ✓
- ग) बाटो आवागमन बन्द गर्छु
- घ) नरोकी हिँडिरहन्छु
५५. दुर्घटनामा आपत्ति परे पनि कस्तासँग सहयोग माग्नु हुँदैन ?
- क) शङ्कास्पद व्यक्तिसँग ✓
- ख) महिलासँग
- ग) गाउँलेसँग
- घ) वृद्धवृद्धासँग
५६. गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ ?
- क) चाँडोचाँडो ओर्लँदा
- ख) अचानक बाटो काट्दा ✓
- ग) गाडीमा बसिरहँदा
- घ) माथिका सबै
५७. तँछाडमछाड गरी गाडी चलाए के हुन्छ ?
- क) चाँडै पुगिन्छ
- ख) अर्कोलाई जितिन्छ
- ग) दुर्घटना हुन सक्छ ✓
- घ) माथिका सबै
५८. गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ ?
- क) ट्राफिक जाम
- ख) दुर्घटनामा परेको ✓
- ग) गन्तव्य आइपुगेको
- घ) इन्जिन सकिएको