1. घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ ?
- A) घुमेर जाने
- B) सिधा जाने ✓
- C) दुवैले
- D) कुनै पनि होइन
2. आगो निभाउन प्रयोग गरिने सवारी कुन हो ?
- A) दमकल ✓
- B) एम्बुलेन्स
- C) शववाहन
- D) ट्याक्सी
3. तपाईंको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ ?
- A) गाडी रोक्ने
- B) साइड दिने ✓
- C) स्पिड बढाउने
- D) ओभरटेक गर्ने
4. परिचालक भन्नाले कसलाई बुझाउँछ ?
- A) सवारी चलाउनेलाई
- B) लाइसेन्स प्राप्त व्यक्तिलाई
- C) सवारीमा काम गर्ने सहयोगीलाई ✓
- D) माथिका कुनै पनि होइनन्
5. बाटो इजाजत पत्र नभई कुन सवारी चलाउन पाइँदैन ?
- A) निजी सवारी साधन
- B) सरकारी सवारी साधन
- C) सार्वजनिक सवारी साधन ✓
- D) कूटनीतिक सवारी साधन
6. सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्छ ?
- A) स्कुले विद्यार्थीलाई
- B) शारीरिक अपाङ्गता भएका व्यक्तिलाई
- C) ज्येष्ठ नागरिकलाई
- D) माथिका सबै ✓
7. सवारी ऐन अनुसार चालक भन्नाले कसलाई बुझिन्छ ?
- A) सवारी साधन चलाउने व्यक्ति ✓
- B) सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्ति
- C) यातायात व्यवसायी कम्पनीमा काम गर्ने व्यक्ति
- D) संघ संस्थामा काम गर्ने व्यक्ति
8. खारेज भएको सवारी चालक अनुमति पत्र कति दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष बिताबुझाउनुपर्छ ?
- A) ७ दिन
- B) १४ दिन
- C) ३५ दिन
- D) १५ दिन ✓
9. स्थानीय बाटोमा चल्ने यात्रुवाहक ठूलो सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि कति सिट आरक्षित गरिएको छ ?
- A) २ सिट ✓
- B) ३ सिट
- C) ४ सिट
- D) ५ सिट
10. कार/जीपको सवारी चालक अनुमति पत्र लिन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ ?
- A) १६ वर्ष
- B) १७ वर्ष
- C) १८ वर्ष ✓
- D) २० वर्ष
11. सवारी तथा यातायात व्यवस्था ऐन कुन सालमा जारी भएको हो ?
- A) वि.सं. २०४८
- B) वि.सं. २०४९ ✓
- C) वि.सं. २०५४
- D) वि.सं. २०५०
12. सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने चार पाङ्ग्रे सवारी साधनको क्षमता कति तोकिएको छ ?
- A) ७९६ सि.सि. ✓
- B) ७९० सि.सि.
- C) ७९४ सि.सि.
- D) ७९५ सि.सि.
13. गाडीको चक्का घुमाउने काम केले गर्छ ?
- A) रेडिएटरले
- B) गियरले
- C) डिफरेन्सियलले ✓
- D) माथिका कुनै पनि होइनन्
14. सवारीको चक्कालाई केले नियन्त्रण गर्छ ?
- A) इन्जिनले
- B) ब्रेकले ✓
- C) बडीले
- D) ब्याट्रीले
15. विद्युतबाट सञ्चालित सवारी साधनको प्रदूषण कहाँ परीक्षण हुन्छ ?
- A) यातायात व्यवस्था विभाग
- B) विद्युत प्राधिकरण
- C) यातायात व्यवस्था कार्यालय
- D) कुनै पनि होइन ✓
16. कुन इन्धनबाट बढी प्रदूषण हुन्छ ?
- A) विद्युतीय
- B) डिजेल ✓
- C) पेट्रोल
- D) ग्यास
17. सवारीबाट निस्कने कालो धुवाँले के संकेत गर्छ ?
- A) साइलेन्सर पाइप बिग्रेको
- B) साइलेन्सर नभएको
- C) इन्जिन बिग्रेको ✓
- D) इन्धन नभएको
18. जेब्रा क्रसिङ केका लागि बनाइएको हुन्छ ?
- A) सवारीले सडक पार गर्न
- B) जनावरले सडक पार गर्न
- C) सवारी साधन रोक्न
- D) पैदल यात्रुले सडक पार गर्न ✓
19. ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
- A) बायाँबाट
- B) दायाँबाट ✓
- C) दुवै साइडबाट
- D) कुनै साइडबाट पनि होइन
20. प्रतिबन्धात्मक ट्राफिक चिन्ह कस्तो आकारको हुन्छ ?
- A) गोलाकार ✓
- B) त्रिभुजाकार
- C) वर्गाकार
- D) आयताकार
21. तलकामध्ये सडकमा ट्राफिक कन्ट्रोल केले गर्दैन ?
- A) ट्राफिक प्रहरी
- B) यातायात व्यवस्था विभाग ✓
- C) सडक रेखा
- D) ट्राफिक संकेत
22. ट्राफिक लाइटमा कति किसिमका रङ्गीन बत्तीहरू हुन्छन् ?
- A) २ किसिमका
- B) ३ किसिमका ✓
- C) ४ किसिमका
- D) ५ किसिमका
23. सडकको मध्य भागमा कोरिएको लगातार सेतो रेखाले के जनाउँछ ?
- A) रेखा क्रस गर्न नसकिने ✓
- B) रेखा क्रस गर्न सकिने
- C) माथिका दुवै
- D) माथिका कुनै पनि होइन
24. राजमार्गमा दिशा संकेत गर्न राखिएका बोर्डको रङ कस्ता हुन्छन् ?
- A) हरियो ✓
- B) रातो
- C) सेतो
- D) कालो
25. जेब्रा क्रसिङमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) सरासर अघि बढ्ने
- B) सवारी रोक्ने ✓
- C) सवारी अगाडि बढाउन तयारी अवस्थामा रहने
- D) माथिका सबै