1. सवारी चालक अनुमति पत्र हराएमा कति अवधिभित्र सूचना गरिसक्नुपर्छ ?
- A) ७ दिन ✓
- B) १५ दिन
- C) १ महिना
- D) २ महिना
2. म्याद सकिएको कति समयसम्म सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्दैन ?
- A) एक महिना
- B) तीन महिना ✓
- C) पाँच महिना
- D) सात महिना
3. कार/जीपको सवारी चालक अनुमति पत्र लिन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ ?
- A) १६ वर्ष
- B) १७ वर्ष
- C) १८ वर्ष ✓
- D) २० वर्ष
4. चालकले पालन गर्नुपर्ने शर्तहरू कति पटकभन्दा बढी उल्लंघन गरेमा चालक अनुमति पत्र निलम्बन हुन्छ ?
- A) तीन पटक ✓
- B) चार पटक
- C) पाँच पटक
- D) छ पटक
5. कार/जीपको सवारी चालक अनुमति पत्र लिएको कति वर्षपछि ठूला सवारी साधनको सवारी चालक अनुमति पत्र लिन सकिन्छ ?
- A) १ वर्ष
- B) २ वर्ष ✓
- C) ३ वर्ष
- D) ४ वर्ष
6. सवारी साधनको नामसारी कुन कार्यालयले गर्छ ?
- A) ट्राफिक प्रहरी कार्यालयले
- B) जिल्ला प्रहरी कार्यालयले
- C) यातायात व्यवस्था कार्यालयले ✓
- D) कुनै पनि होइनन्
7. मझौला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- A) एक हजार पाँच सय
- B) दुई हजार ✓
- C) दुई हजार पाँच सय
- D) तीन हजार
8. सवारी चालक अनुमति पत्र कति-कति वर्षमा नवीकरण गर्नुपर्छ ?
- A) ५-५ वर्ष ✓
- B) ३-३ वर्ष
- C) २-२ वर्ष
- D) ७-७ वर्ष
9. जीपको चालक अनुमति पत्रको लागि कति शुल्क लाग्ने व्यवस्था रहेको छ ?
- A) एक हजार ✓
- B) सात सय
- C) दुई हजार
- D) एक हजार पाँच सय
10. चालकको ठेगाना बदलिएमा कति अवधिभित्र कार्यालयमा सूचना गर्नुपर्छ ?
- A) सात दिनभित्र
- B) पन्ध्र दिनभित्र
- C) एक महिनाभित्र ✓
- D) पैंतालिस दिनभित्र
11. सार्वजनिक सवारी साधनमा महिलाका लागि कति सिट आरक्षित गरिएको छ ?
- A) २ सिट
- B) ३ सिट
- C) ६ सिट ✓
- D) ५ सिट
12. सवारी दर्ता प्रमाणपत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?
- A) १ महिनाभित्र
- B) २ महिनाभित्र
- C) ३ महिनाभित्र ✓
- D) ४ महिनाभित्र
13. लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको चालकले कति घण्टापछि पालो फेर्नुपर्छ ?
- A) ४ घण्टा ✓
- B) ६ घण्टा
- C) ८ घण्टा
- D) आवश्यकता अनुसार
14. ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो चालकलाई के सजाय हुने व्यवस्था गरिएको छ ?
- A) कुनै पनि सजाय हुँदैन
- B) सर्वस्वसहित जन्म कैद ✓
- C) जन्म कैद
- D) २० वर्ष जेल सजाय
15. ब्लूबुक कति अवधिसम्म नवीकरण नगराए स्वतः रद्द हुन्छ ?
- A) १ वर्ष
- B) ३ वर्ष
- C) ५ वर्ष ✓
- D) ७ वर्ष
16. सवारी चालक अनुमति पत्रमा ठूला सवारी थप गर्दा कति दस्तुर लाग्छ ?
- A) पाँच सय
- B) एक हजार ✓
- C) एक हजार पाँच सय
- D) दुई हजार
17. सवारी चालक अनुमति पत्रको लागि दरखास्त दिँदा दरखास्त दस्तुर बापत कति रकम बुझाउनुपर्छ ?
- A) रु. १००
- B) रु. ५०० ✓
- C) रु. ३००
- D) रु. ४००
18. कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन ?
- A) १० वर्ष
- B) १५ वर्ष
- C) २० वर्ष ✓
- D) २५ वर्ष
19. मोटरसाइकलको चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- A) एक हजार पाँच सय ✓
- B) दुई हजार
- C) दुई हजार पाँच सय
- D) तीन हजार
20. तेस्रो पक्ष बीमा कति रकमको गर्नुपर्ने व्यवस्था रहेको छ ?
- A) २ लाख
- B) ३ लाख
- C) ४ लाख
- D) ५ लाख ✓
21. सवारी चालक अनुमति पत्रको बहाल अवधि कति वर्षको हुने व्यवस्था रहेको छ ?
- A) १ वर्ष
- B) ३ वर्ष
- C) ५ वर्ष ✓
- D) १० वर्ष
22. स्थानीय बाटोमा चल्ने यात्रुवाहक ठूलो सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि कति सिट आरक्षित गरिएको छ ?
- A) २ सिट ✓
- B) ३ सिट
- C) ४ सिट
- D) ५ सिट
23. चालक अनुमति पत्र कति अवधिसम्म निलम्बन गर्न सकिने प्रावधान छ ?
- A) ३ महिना
- B) ५ महिना
- C) ६ महिना ✓
- D) ८ महिना
24. ठूला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- A) एक हजार पाँच सय
- B) दुई हजार
- C) दुई हजार पाँच सय ✓
- D) कुनै पनि होइन
25. म्याद सकिएको कति समयपछि सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्छ ?
- A) एक महिना
- B) तीन महिना ✓
- C) पाँच महिना
- D) सात महिना
26. बाटो इजाजत र नामसारी गर्नको लागि निवेदन फारममा कति रुपैयाँको टिकट टाँस गर्नुपर्ने व्यवस्था छ ?
- A) पाँच रुपैयाँ
- B) दश रुपैयाँ ✓
- C) दुई रुपैयाँको
- D) एक रुपैयाँको
27. सवारी दर्ता प्रमाणपत्र हराएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भएको कति दिनभित्र प्रतिलिपिका लागि निवेदन दिनुपर्छ ?
- A) ३ दिनभित्र
- B) ७ दिनभित्र ✓
- C) १५ दिनभित्र
- D) ३० दिनभित्र
28. प्रदूषण पास स्टिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ ?
- A) कैद सजाय
- B) सवारी जफत
- C) भ्यालीमा सवारी चलाउन प्रतिबन्ध
- D) चालकलाई जरिवाना ✓
29. सवारी चालक अनुमति पत्र नवीकरण गर्ने समय एक वर्ष पार भएको अवस्थामा नियमानुसार कति जरिवाना थप हुन्छ ?
- A) एक सय पचास प्रतिशत
- B) पचास प्रतिशत ✓
- C) तीस प्रतिशत
- D) एक सय प्रतिशत
30. सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ठूलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?
- A) १६ वर्ष
- B) १८ वर्ष
- C) २१ वर्ष ✓
- D) २५ वर्ष
31. निजी सवारी साधनको प्रदूषण जाँच कति-कति अवधिमा गरिन्छ ?
- A) ३/३ महिनामा
- B) ६/६ महिनामा
- C) १/१ वर्षमा ✓
- D) २/२ वर्षमा
32. भन्सार तिरी ल्याएको मितिले कति दिनभित्र सवारी साधन दर्ता गराइसक्नुपर्छ ?
- A) १० दिनभित्र
- B) १५ दिनभित्र ✓
- C) २० दिनभित्र
- D) २५ दिनभित्र
33. तौलको आधारमा ठूलो सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- A) १० टनभन्दा बढी ✓
- B) ४ टनदेखि १० टनसम्म
- C) ४ टनभन्दा कम
- D) १ टन
34. तौलको आधारमा मझौला सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- A) १० टन
- B) १ टनदेखि ४ टनसम्म
- C) ४ टनदेखि १० टनसम्म ✓
- D) १ टन
35. तौलको आधारमा साना सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- A) १० टन
- B) ४ टनभन्दा कम ✓
- C) १ टनभन्दा कम
- D) १ टन
36. सवारी तथा यातायात व्यवस्था ऐन कुन सालमा जारी भएको हो ?
- A) वि.सं. २०४८
- B) वि.सं. २०४९ ✓
- C) वि.सं. २०५४
- D) वि.सं. २०५०
37. नेपालमा हाल सवारी प्रदूषण मापदण्ड कुन लागू भएको छ ?
- A) नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६
- B) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६०
- C) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६५
- D) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ ✓
38. सवारी दर्ता प्रमाणपत्र कति अवधिमा नवीकरण गराउनुपर्छ ?
- A) ६ महिनामा
- B) १ वर्षमा ✓
- C) २ वर्षमा
- D) ४ वर्षमा
39. सवारी चालक अनुमति पत्रको म्याद सकिएपछि जरिवाना तिरेर कति वर्षसम्म नवीकरण गर्न पाइन्छ ?
- A) ५ वर्ष ✓
- B) ३ वर्ष
- C) २ वर्ष
- D) ७ वर्ष
40. सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि प्रयोगात्मक (ट्रायल) पास भएको मितिले कति समयभित्र सवारी चालक दस्तुर (लाइसेन्स फी पेमेन्ट) बुझाइसक्नुपर्छ ?
- A) १८ महिनाभित्र
- B) ५ वर्षभित्र
- C) १५ दिनभित्र
- D) ९० दिनभित्र ✓
41. सवारी चालक अनुमति पत्रको प्रतिलिपि दस्तुर कति हो ?
- A) दुई सय
- B) पाँच सय
- C) एक हजार ✓
- D) एक हजार पाँच सय
42. सवारी चालक अनुमति पत्र खारेज गर्न सक्ने अवस्था देहायका मध्ये कुन हो वा हुन् ?
- A) ऐनको व्यवस्था बमोजिमको अयोग्यता प्रमाणित भएमा
- B) चालकको मृत्यु भएमा
- C) स्वेच्छाले खारेज गर्न चाहेमा
- D) माथिका सबै ✓
43. सवारी चालक अनुमति पत्रको लिखित परीक्षा केन्द्रमा अनियमितता गरी निष्कासित गरिएको व्यक्तिलाई कति अवधिसम्म यस्तो परीक्षामा सामेल गराइँदैन ?
- A) १ वर्ष ✓
- B) २ महिना
- C) ३ महिना
- D) कुनै पनि होइन
44. अस्थायी सवारी दर्ताको प्रमाणपत्र बढीमा कति समय अवधिसम्म मान्य हुन्छ ?
- A) १ महिना
- B) ३ महिना ✓
- C) ६ महिना
- D) १ वर्ष
45. २५० किलोमिटरभन्दा बढी दूरी भएको बाटोलाई कुन बाटो भनिन्छ ?
- A) लामो बाटो ✓
- B) स्थानीय बाटो
- C) छोटो बाटो
- D) माथिका कुनै पनि होइनन्
46. २१ वर्ष पुगेको व्यक्ति कुन सवारी चलाउन योग्य मानिन्छ ?
- A) साना
- B) मझौला
- C) ठूला
- D) माथिका सबै ✓
47. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाएमा कति रुपैयाँ जरिवाना हुने व्यवस्था छ ?
- A) रु. २०० देखि रु. ५०० सम्म
- B) रु. ४०० मात्र
- C) रु. ५०० देखि रु. २००० सम्म ✓
- D) रु. १०० सम्म
48. सवारी चालक अनुमति पत्रको परीक्षण काल कति समय रहने व्यवस्था छ ?
- A) ६ महिना
- B) १ वर्ष ✓
- C) ३ महिना
- D) १८ महिना
49. सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा म्याद रहने मिति कति वर्षले बढ्छ ?
- A) ५ वर्षले
- B) ३ महिना
- C) बढ्दैन ✓
- D) १८ महिना
50. बढीमा कति अवधिका लागि पटके बाटो इजाजत दिन सकिने व्यवस्था छ ?
- A) १४ दिन
- B) ७ दिन ✓
- C) ५ दिन
- D) एक महिना
51. एक पटक बाटो इजाजत लिएपछि उक्त इजाजत कति अवधिका लागि मान्य हुन्छ ?
- A) ४ महिना
- B) ६ महिना
- C) ३ महिना
- D) १ वर्ष ✓
52. बाटो इजाजतको म्याद समाप्त भएपछि कति दिनभित्र इजाजत नवीकरण गर्नुपर्छ ?
- A) ४ दिन
- B) ६ दिन
- C) १५ दिन ✓
- D) १ वर्ष
53. म्याद नाघेको एक महिनासम्ममा बाटो इजाजत नवीकरण गर्नुपरेमा अतिरिक्त कति प्रतिशत दस्तुर लाग्छ ?
- A) ५० प्रतिशत
- B) २५ प्रतिशत
- C) १०० प्रतिशत
- D) अतिरिक्त शुल्क लाग्दैन ✓
54. जाँचपास गरेको कति दिनभित्र बाटोको इजाजतपत्र लिइसक्नुपर्छ ?
- A) ४५ दिनभित्र
- B) ६० दिनभित्र ✓
- C) ९० दिनभित्र
- D) कुनै पनि होइन
55. नयाँ कार्यविधि अनुसार सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा उत्तीर्ण गर्न कम्तीमा कति प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ?
- A) ५० प्रतिशत
- B) ८० प्रतिशत
- C) ६० प्रतिशत ✓
- D) ७० प्रतिशत
56. चलिरहेको सवारीको मार्ग परिवर्तन गरी अपहरण गर्नेलाई कस्तो सजाय हुन्छ ?
- A) कैद वा जरिवाना ✓
- B) सवारी जफत
- C) देश निकाला
- D) माथिका सबै
57. खारेज भएको सवारी चालक अनुमति पत्र कति दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष बिताबुझाउनुपर्छ ?
- A) ७ दिन
- B) १४ दिन
- C) ३५ दिन
- D) १५ दिन ✓
58. नम्बर प्लेट परिवर्तन गरी सवारी चलाएमा के सजाय हुने व्यवस्था छ ?
- A) ६ महिना कैद
- B) ५ हजारदेखि १५ हजार जरिवाना
- C) सवारी जफत
- D) माथिका सबै ✓
59. यात्रुवाहक सवारी चालक तथा अन्य कर्मचारीको बीमा रकम कति तोकिएको छ ?
- A) रु. ५,००,००० ✓
- B) रु. २,००,०००
- C) रु. ३,००,०००
- D) रु. ६,००,०००
60. स्थानीय बाटो भन्नाले कति किलोमिटर लामो बाटोलाई बुझिन्छ ?
- A) १५० किलोमिटरसम्मको
- B) ५० किलोमिटरसम्मको
- C) २५ किलोमिटरसम्मको ✓
- D) २५० किलोमिटरभन्दा लामो
61. सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई भाडादरमा कति प्रतिशत छुट दिने व्यवस्था छ ?
- A) ५ प्रतिशत
- B) ५० प्रतिशत ✓
- C) १५ प्रतिशत
- D) २० प्रतिशत
62. उत्पादन वर्षले कति वर्ष पुरा भएका सवारीलाई निजी तथा अन्य नम्बरमा दर्ता गर्ने गरी हेरफेर दर्ता गर्नुहुँदैन ?
- A) २० वर्ष ✓
- B) १५ वर्ष
- C) ५ वर्ष
- D) २५ वर्ष
63. एक पटक दर्ता भएको सवारी पुनः दर्ता गर्न कति अवधि नवीकरण फेल भएको हुनुपर्छ ?
- A) ३ वर्ष
- B) १५ वर्ष
- C) ७ वर्ष
- D) ५ वर्ष ✓
64. लामो बाटो भन्नाले कति किलोमिटर दूरीको सडकलाई बुझिन्छ ?
- A) १०० कि.मी. भन्दा छोटो बाटो
- B) २५० कि.मी. भन्दा लामो बाटो ✓
- C) २५ कि.मी. भन्दा छोटो बाटो
- D) कुनै पनि होइन
65. मध्यम बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- A) २५० कि.मी. भन्दा लामो सडक
- B) १०० देखि २५० कि.मी. लामो सडक ✓
- C) २५ कि.मी. भन्दा छोटो सडक
- D) २५ देखि १०० कि.मी. लामो सडक
66. छोटो बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- A) २५० कि.मी. भन्दा लामो सडक
- B) १०० देखि २५० कि.मी. लामो सडक
- C) २५ कि.मी. भन्दा छोटो सडक
- D) २५ देखि १०० कि.मी. लामो सडक ✓
67. अस्थायी दर्ताको प्रमाणपत्र एकै पटक वा पटक/पटक गरी बढीमा कति बहाल अवधि रहेको हुन्छ ?
- A) ४ महिना
- B) ६ महिना
- C) १४ महिना ✓
- D) ५ वर्ष
68. विदेशमा दर्ता भएको सवारी बढीमा कति अवधिका लागि नेपालमा चलाउन अनुमति प्रदान गर्न सकिन्छ ?
- A) १ महिना ✓
- B) १ वर्ष
- C) ५ वर्ष
- D) पाइँदैन
69. सवारीको हेरफेर दर्ता गर्दा कति दस्तुर लाग्छ ?
- A) उक्त सवारी दर्ताको ५० प्रतिशतले हुन आउने रकम ✓
- B) रु. ५०००
- C) दर्ता गर्दा लाग्ने जति
- D) रु. १५००
70. दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको कति दिनभित्र सवारी दर्ताको प्रमाणपत्र बुझाउनुपर्छ ?
- A) ७ दिनभित्र
- B) १५ दिनभित्र
- C) ३५ दिनभित्र ✓
- D) २१ दिनभित्र
71. सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा कुन परीक्षा दिनुपर्दैन ?
- A) लिखित ✓
- B) प्रयोगात्मक
- C) माथिका दुवै
- D) कुनै पनि परीक्षा दिनुपर्दैन
72. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन न्यूनतम कति प्रतिशत अंक प्राप्त गर्नुपर्छ ?
- A) ५० प्रतिशत
- B) ६० प्रतिशत
- C) ७० प्रतिशत ✓
- D) ८० प्रतिशत
73. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा तोकिएको रेखा छोएमा के हुन्छ ?
- A) १० अंक घट्छ
- B) १५ अंक घट्छ
- C) अनुत्तीर्ण घोषणा गरिन्छ ✓
- D) केही हुँदैन
74. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा कुनै गल्ती नगरी पार गरेमा कति अंक प्राप्त हुन्छ ?
- A) १० अंक
- B) २० अंक ✓
- C) १५ अंक
- D) २५ अंक
75. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा कति पटकसम्म स्टार्ट बन्द हुँदा परीक्षाको मौका दिइन्छ ?
- A) १ पटक
- B) २ पटक ✓
- C) ३ पटक
- D) ४ पटक
76. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सिटबेल्टको प्रयोग नगरी सवारी चलाउन सुरु गरेमा कति अंक घट्छ ?
- A) २ अंक
- B) ४ अंक
- C) अंक नै घटाइँदैन
- D) अयोग्य घोषणा गरिन्छ ✓
77. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ग्यारेज पार्किङ टेस्ट गर्दा प्रयोग हुने ग्यारेज ट्र्याकको चौडाई कति हुन्छ ?
- A) २ मिटर
- B) ३ मिटर
- C) ४ मिटर ✓
- D) ५ मिटर
78. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ट्राफिक संकेतको पालना नगरेमा कति अंक घट्छ ?
- A) १० अंक
- B) १५ अंक
- C) २० अंक ✓
- D) अंक नै घटाइँदैन
79. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा लिइने स्पिड ब्रेकर (र्याम्प टेस्ट) का लागि प्रयोग हुने टेस्ट ट्र्याकको लम्बाई कति हुन्छ ?
- A) १२ मिटर
- B) १४ मिटर
- C) १६ मिटर ✓
- D) २० मिटर
80. एक पटक लिखित परीक्षा पास गरिसकेपछि बढीमा कति अवधिसम्म ट्रायल परीक्षा दिन पाइन्छ ?
- A) ६ महिनासम्म
- B) ९ महिनासम्म
- C) १२ महिनासम्म
- D) १८ महिनासम्म ✓
81. एक पटक लिखित परीक्षा उत्तीर्ण गरिसकेपछि बढीमा कति पटकसम्म ट्रायल परीक्षा दिन पाइन्छ ?
- A) १ पटक
- B) २ पटक
- C) ३ पटक ✓
- D) ४ पटक
82. सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम सार्वजनिक स्थान भन्नाले के बुझिन्छ ?
- A) पुल
- B) बाटो
- C) पेटी
- D) माथिका सबै ✓
83. निजी सवारीले सवारी साधन कर कहिलेसम्म बुझाइसक्नुपर्छ ?
- A) असार मसान्त
- B) चैत्र मसान्त
- C) असोज मसान्त ✓
- D) म्याद समाप्त भएको ३ महिनाभित्र
84. खारेज भएको अनुमति पत्र कति दिनभित्र बिताबुझाउनुपर्छ ?
- A) दश दिनभित्र
- B) पन्ध्र दिनभित्र ✓
- C) तीस दिनभित्र
- D) सात दिनभित्र
85. पर्यटक सवारी साधनलाई कुन सवारी साधन सरह मानिन्छ ?
- A) सार्वजनिक सवारी साधन ✓
- B) निजी सवारी साधन
- C) सरकारी सवारी साधन
- D) कूटनीतिक सवारी साधन
86. मिनी बसको सिट क्षमता कति तोकिएको छ ?
- A) चालकसहित १५ देखि २५
- B) चालकसहित १२ देखि २० ✓
- C) चालकसहित १० देखि २२
- D) चालकसहित २४
87. कति वर्ष उमेर पुरा भएका व्यक्तिलाई ठूला र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति पत्र दिइँदैन ?
- A) ५५ वर्ष
- B) ५० वर्ष
- C) ६० वर्ष ✓
- D) ४५ वर्ष
88. सवारी परीक्षण कार्यालयमा मझौला र साना सवारी साधनको जाँचपास प्रमाणपत्रको दरखास्त दस्तुर कति लाग्छ ?
- A) रु. २००
- B) रु. ४०० ✓
- C) रु. ४५०
- D) रु. ३००
89. सवारी ऐन अनुसार चालक भन्नाले कसलाई बुझिन्छ ?
- A) सवारी साधन चलाउने व्यक्ति ✓
- B) सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्ति
- C) यातायात व्यवसायी कम्पनीमा काम गर्ने व्यक्ति
- D) संघ संस्थामा काम गर्ने व्यक्ति