१. सवारी चालक अनुमति पत्र हराएमा कति अवधिभित्र सूचना गरिसक्नुपर्छ ?
- क) ७ दिन ✓
- ख) १५ दिन
- ग) १ महिना
- घ) २ महिना
२. म्याद सकिएको कति समयसम्म सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्दैन ?
- क) एक महिना
- ख) तीन महिना ✓
- ग) पाँच महिना
- घ) सात महिना
३. कार/जीपको सवारी चालक अनुमति पत्र लिन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ ?
- क) १६ वर्ष
- ख) १७ वर्ष
- ग) १८ वर्ष ✓
- घ) २० वर्ष
४. चालकले पालन गर्नुपर्ने शर्तहरू कति पटकभन्दा बढी उल्लंघन गरेमा चालक अनुमति पत्र निलम्बन हुन्छ ?
- क) तीन पटक ✓
- ख) चार पटक
- ग) पाँच पटक
- घ) छ पटक
५. कार/जीपको सवारी चालक अनुमति पत्र लिएको कति वर्षपछि ठूला सवारी साधनको सवारी चालक अनुमति पत्र लिन सकिन्छ ?
- क) १ वर्ष
- ख) २ वर्ष ✓
- ग) ३ वर्ष
- घ) ४ वर्ष
६. सवारी साधनको नामसारी कुन कार्यालयले गर्छ ?
- क) ट्राफिक प्रहरी कार्यालयले
- ख) जिल्ला प्रहरी कार्यालयले
- ग) यातायात व्यवस्था कार्यालयले ✓
- घ) कुनै पनि होइनन्
७. मझौला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- क) एक हजार पाँच सय
- ख) दुई हजार ✓
- ग) दुई हजार पाँच सय
- घ) तीन हजार
८. सवारी चालक अनुमति पत्र कति-कति वर्षमा नवीकरण गर्नुपर्छ ?
- क) ५-५ वर्ष ✓
- ख) ३-३ वर्ष
- ग) २-२ वर्ष
- घ) ७-७ वर्ष
९. जीपको चालक अनुमति पत्रको लागि कति शुल्क लाग्ने व्यवस्था रहेको छ ?
- क) एक हजार ✓
- ख) सात सय
- ग) दुई हजार
- घ) एक हजार पाँच सय
१०. चालकको ठेगाना बदलिएमा कति अवधिभित्र कार्यालयमा सूचना गर्नुपर्छ ?
- क) सात दिनभित्र
- ख) पन्ध्र दिनभित्र
- ग) एक महिनाभित्र ✓
- घ) पैंतालिस दिनभित्र
११. सार्वजनिक सवारी साधनमा महिलाका लागि कति सिट आरक्षित गरिएको छ ?
- क) २ सिट
- ख) ३ सिट
- ग) ६ सिट ✓
- घ) ५ सिट
१२. सवारी दर्ता प्रमाणपत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?
- क) १ महिनाभित्र
- ख) २ महिनाभित्र
- ग) ३ महिनाभित्र ✓
- घ) ४ महिनाभित्र
१३. लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको चालकले कति घण्टापछि पालो फेर्नुपर्छ ?
- क) ४ घण्टा ✓
- ख) ६ घण्टा
- ग) ८ घण्टा
- घ) आवश्यकता अनुसार
१४. ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो चालकलाई के सजाय हुने व्यवस्था गरिएको छ ?
- क) कुनै पनि सजाय हुँदैन
- ख) सर्वस्वसहित जन्म कैद ✓
- ग) जन्म कैद
- घ) २० वर्ष जेल सजाय
१५. ब्लूबुक कति अवधिसम्म नवीकरण नगराए स्वतः रद्द हुन्छ ?
- क) १ वर्ष
- ख) ३ वर्ष
- ग) ५ वर्ष ✓
- घ) ७ वर्ष
१६. सवारी चालक अनुमति पत्रमा ठूला सवारी थप गर्दा कति दस्तुर लाग्छ ?
- क) पाँच सय
- ख) एक हजार ✓
- ग) एक हजार पाँच सय
- घ) दुई हजार
१७. सवारी चालक अनुमति पत्रको लागि दरखास्त दिँदा दरखास्त दस्तुर बापत कति रकम बुझाउनुपर्छ ?
- क) रु. १००
- ख) रु. ५०० ✓
- ग) रु. ३००
- घ) रु. ४००
१८. कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन ?
- क) १० वर्ष
- ख) १५ वर्ष
- ग) २० वर्ष ✓
- घ) २५ वर्ष
१९. मोटरसाइकलको चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- क) एक हजार पाँच सय ✓
- ख) दुई हजार
- ग) दुई हजार पाँच सय
- घ) तीन हजार
२०. तेस्रो पक्ष बीमा कति रकमको गर्नुपर्ने व्यवस्था रहेको छ ?
- क) २ लाख
- ख) ३ लाख
- ग) ४ लाख
- घ) ५ लाख ✓
२१. सवारी चालक अनुमति पत्रको बहाल अवधि कति वर्षको हुने व्यवस्था रहेको छ ?
- क) १ वर्ष
- ख) ३ वर्ष
- ग) ५ वर्ष ✓
- घ) १० वर्ष
२२. स्थानीय बाटोमा चल्ने यात्रुवाहक ठूलो सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि कति सिट आरक्षित गरिएको छ ?
- क) २ सिट ✓
- ख) ३ सिट
- ग) ४ सिट
- घ) ५ सिट
२३. चालक अनुमति पत्र कति अवधिसम्म निलम्बन गर्न सकिने प्रावधान छ ?
- क) ३ महिना
- ख) ५ महिना
- ग) ६ महिना ✓
- घ) ८ महिना
२४. ठूला सवारीको सवारी चालक अनुमति पत्र नवीकरण गर्दा कति दस्तुर लाग्छ ?
- क) एक हजार पाँच सय
- ख) दुई हजार
- ग) दुई हजार पाँच सय ✓
- घ) कुनै पनि होइन
२५. म्याद सकिएको कति समयपछि सवारी चालक अनुमति पत्र नवीकरण गर्दा जरिवाना लाग्छ ?
- क) एक महिना
- ख) तीन महिना ✓
- ग) पाँच महिना
- घ) सात महिना
२६. बाटो इजाजत र नामसारी गर्नको लागि निवेदन फारममा कति रुपैयाँको टिकट टाँस गर्नुपर्ने व्यवस्था छ ?
- क) पाँच रुपैयाँ
- ख) दश रुपैयाँ ✓
- ग) दुई रुपैयाँको
- घ) एक रुपैयाँको
२७. सवारी दर्ता प्रमाणपत्र हराएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भएको कति दिनभित्र प्रतिलिपिका लागि निवेदन दिनुपर्छ ?
- क) ३ दिनभित्र
- ख) ७ दिनभित्र ✓
- ग) १५ दिनभित्र
- घ) ३० दिनभित्र
२८. प्रदूषण पास स्टिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ ?
- क) कैद सजाय
- ख) सवारी जफत
- ग) भ्यालीमा सवारी चलाउन प्रतिबन्ध
- घ) चालकलाई जरिवाना ✓
२९. सवारी चालक अनुमति पत्र नवीकरण गर्ने समय एक वर्ष पार भएको अवस्थामा नियमानुसार कति जरिवाना थप हुन्छ ?
- क) एक सय पचास प्रतिशत
- ख) पचास प्रतिशत ✓
- ग) तीस प्रतिशत
- घ) एक सय प्रतिशत
३०. सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ठूलो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?
- क) १६ वर्ष
- ख) १८ वर्ष
- ग) २१ वर्ष ✓
- घ) २५ वर्ष
३१. निजी सवारी साधनको प्रदूषण जाँच कति-कति अवधिमा गरिन्छ ?
- क) ३/३ महिनामा
- ख) ६/६ महिनामा
- ग) १/१ वर्षमा ✓
- घ) २/२ वर्षमा
३२. भन्सार तिरी ल्याएको मितिले कति दिनभित्र सवारी साधन दर्ता गराइसक्नुपर्छ ?
- क) १० दिनभित्र
- ख) १५ दिनभित्र ✓
- ग) २० दिनभित्र
- घ) २५ दिनभित्र
३३. तौलको आधारमा ठूलो सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- क) १० टनभन्दा बढी ✓
- ख) ४ टनदेखि १० टनसम्म
- ग) ४ टनभन्दा कम
- घ) १ टन
३४. तौलको आधारमा मझौला सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- क) १० टन
- ख) १ टनदेखि ४ टनसम्म
- ग) ४ टनदेखि १० टनसम्म ✓
- घ) १ टन
३५. तौलको आधारमा साना सवारी भन्नाले कति वजन भएको सवारीलाई बुझिन्छ ?
- क) १० टन
- ख) ४ टनभन्दा कम ✓
- ग) १ टनभन्दा कम
- घ) १ टन
३६. सवारी तथा यातायात व्यवस्था ऐन कुन सालमा जारी भएको हो ?
- क) वि.सं. २०४८
- ख) वि.सं. २०४९ ✓
- ग) वि.सं. २०५४
- घ) वि.सं. २०५०
३७. नेपालमा हाल सवारी प्रदूषण मापदण्ड कुन लागू भएको छ ?
- क) नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६
- ख) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६०
- ग) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६५
- घ) नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ ✓
३८. सवारी दर्ता प्रमाणपत्र कति अवधिमा नवीकरण गराउनुपर्छ ?
- क) ६ महिनामा
- ख) १ वर्षमा ✓
- ग) २ वर्षमा
- घ) ४ वर्षमा
३९. सवारी चालक अनुमति पत्रको म्याद सकिएपछि जरिवाना तिरेर कति वर्षसम्म नवीकरण गर्न पाइन्छ ?
- क) ५ वर्ष ✓
- ख) ३ वर्ष
- ग) २ वर्ष
- घ) ७ वर्ष
४०. सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि प्रयोगात्मक (ट्रायल) पास भएको मितिले कति समयभित्र सवारी चालक दस्तुर (लाइसेन्स फी पेमेन्ट) बुझाइसक्नुपर्छ ?
- क) १८ महिनाभित्र
- ख) ५ वर्षभित्र
- ग) १५ दिनभित्र
- घ) ९० दिनभित्र ✓
४१. सवारी चालक अनुमति पत्रको प्रतिलिपि दस्तुर कति हो ?
- क) दुई सय
- ख) पाँच सय
- ग) एक हजार ✓
- घ) एक हजार पाँच सय
४२. सवारी चालक अनुमति पत्र खारेज गर्न सक्ने अवस्था देहायका मध्ये कुन हो वा हुन् ?
- क) ऐनको व्यवस्था बमोजिमको अयोग्यता प्रमाणित भएमा
- ख) चालकको मृत्यु भएमा
- ग) स्वेच्छाले खारेज गर्न चाहेमा
- घ) माथिका सबै ✓
४३. सवारी चालक अनुमति पत्रको लिखित परीक्षा केन्द्रमा अनियमितता गरी निष्कासित गरिएको व्यक्तिलाई कति अवधिसम्म यस्तो परीक्षामा सामेल गराइँदैन ?
- क) १ वर्ष ✓
- ख) २ महिना
- ग) ३ महिना
- घ) कुनै पनि होइन
४४. अस्थायी सवारी दर्ताको प्रमाणपत्र बढीमा कति समय अवधिसम्म मान्य हुन्छ ?
- क) १ महिना
- ख) ३ महिना ✓
- ग) ६ महिना
- घ) १ वर्ष
४५. २५० किलोमिटरभन्दा बढी दूरी भएको बाटोलाई कुन बाटो भनिन्छ ?
- क) लामो बाटो ✓
- ख) स्थानीय बाटो
- ग) छोटो बाटो
- घ) माथिका कुनै पनि होइनन्
४६. २१ वर्ष पुगेको व्यक्ति कुन सवारी चलाउन योग्य मानिन्छ ?
- क) साना
- ख) मझौला
- ग) ठूला
- घ) माथिका सबै ✓
४७. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाएमा कति रुपैयाँ जरिवाना हुने व्यवस्था छ ?
- क) रु. २०० देखि रु. ५०० सम्म
- ख) रु. ४०० मात्र
- ग) रु. ५०० देखि रु. २००० सम्म ✓
- घ) रु. १०० सम्म
४८. सवारी चालक अनुमति पत्रको परीक्षण काल कति समय रहने व्यवस्था छ ?
- क) ६ महिना
- ख) १ वर्ष ✓
- ग) ३ महिना
- घ) १८ महिना
४९. सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा म्याद रहने मिति कति वर्षले बढ्छ ?
- क) ५ वर्षले
- ख) ३ महिना
- ग) बढ्दैन ✓
- घ) १८ महिना
५०. बढीमा कति अवधिका लागि पटके बाटो इजाजत दिन सकिने व्यवस्था छ ?
- क) १४ दिन
- ख) ७ दिन ✓
- ग) ५ दिन
- घ) एक महिना
५१. एक पटक बाटो इजाजत लिएपछि उक्त इजाजत कति अवधिका लागि मान्य हुन्छ ?
- क) ४ महिना
- ख) ६ महिना
- ग) ३ महिना
- घ) १ वर्ष ✓
५२. बाटो इजाजतको म्याद समाप्त भएपछि कति दिनभित्र इजाजत नवीकरण गर्नुपर्छ ?
- क) ४ दिन
- ख) ६ दिन
- ग) १५ दिन ✓
- घ) १ वर्ष
५३. म्याद नाघेको एक महिनासम्ममा बाटो इजाजत नवीकरण गर्नुपरेमा अतिरिक्त कति प्रतिशत दस्तुर लाग्छ ?
- क) ५० प्रतिशत
- ख) २५ प्रतिशत
- ग) १०० प्रतिशत
- घ) अतिरिक्त शुल्क लाग्दैन ✓
५४. जाँचपास गरेको कति दिनभित्र बाटोको इजाजतपत्र लिइसक्नुपर्छ ?
- क) ४५ दिनभित्र
- ख) ६० दिनभित्र ✓
- ग) ९० दिनभित्र
- घ) कुनै पनि होइन
५५. नयाँ कार्यविधि अनुसार सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा उत्तीर्ण गर्न कम्तीमा कति प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ?
- क) ५० प्रतिशत
- ख) ८० प्रतिशत
- ग) ६० प्रतिशत ✓
- घ) ७० प्रतिशत
५६. चलिरहेको सवारीको मार्ग परिवर्तन गरी अपहरण गर्नेलाई कस्तो सजाय हुन्छ ?
- क) कैद वा जरिवाना ✓
- ख) सवारी जफत
- ग) देश निकाला
- घ) माथिका सबै
५७. खारेज भएको सवारी चालक अनुमति पत्र कति दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष बिताबुझाउनुपर्छ ?
- क) ७ दिन
- ख) १४ दिन
- ग) ३५ दिन
- घ) १५ दिन ✓
५८. नम्बर प्लेट परिवर्तन गरी सवारी चलाएमा के सजाय हुने व्यवस्था छ ?
- क) ६ महिना कैद
- ख) ५ हजारदेखि १५ हजार जरिवाना
- ग) सवारी जफत
- घ) माथिका सबै ✓
५९. यात्रुवाहक सवारी चालक तथा अन्य कर्मचारीको बीमा रकम कति तोकिएको छ ?
- क) रु. ५,००,००० ✓
- ख) रु. २,००,०००
- ग) रु. ३,००,०००
- घ) रु. ६,००,०००
६०. स्थानीय बाटो भन्नाले कति किलोमिटर लामो बाटोलाई बुझिन्छ ?
- क) १५० किलोमिटरसम्मको
- ख) ५० किलोमिटरसम्मको
- ग) २५ किलोमिटरसम्मको ✓
- घ) २५० किलोमिटरभन्दा लामो
६१. सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई भाडादरमा कति प्रतिशत छुट दिने व्यवस्था छ ?
- क) ५ प्रतिशत
- ख) ५० प्रतिशत ✓
- ग) १५ प्रतिशत
- घ) २० प्रतिशत
६२. उत्पादन वर्षले कति वर्ष पुरा भएका सवारीलाई निजी तथा अन्य नम्बरमा दर्ता गर्ने गरी हेरफेर दर्ता गर्नुहुँदैन ?
- क) २० वर्ष ✓
- ख) १५ वर्ष
- ग) ५ वर्ष
- घ) २५ वर्ष
६३. एक पटक दर्ता भएको सवारी पुनः दर्ता गर्न कति अवधि नवीकरण फेल भएको हुनुपर्छ ?
- क) ३ वर्ष
- ख) १५ वर्ष
- ग) ७ वर्ष
- घ) ५ वर्ष ✓
६४. लामो बाटो भन्नाले कति किलोमिटर दूरीको सडकलाई बुझिन्छ ?
- क) १०० कि.मी. भन्दा छोटो बाटो
- ख) २५० कि.मी. भन्दा लामो बाटो ✓
- ग) २५ कि.मी. भन्दा छोटो बाटो
- घ) कुनै पनि होइन
६५. मध्यम बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- क) २५० कि.मी. भन्दा लामो सडक
- ख) १०० देखि २५० कि.मी. लामो सडक ✓
- ग) २५ कि.मी. भन्दा छोटो सडक
- घ) २५ देखि १०० कि.मी. लामो सडक
६६. छोटो बाटो भन्नाले कति किलोमिटर लामो सडकलाई बुझिन्छ ?
- क) २५० कि.मी. भन्दा लामो सडक
- ख) १०० देखि २५० कि.मी. लामो सडक
- ग) २५ कि.मी. भन्दा छोटो सडक
- घ) २५ देखि १०० कि.मी. लामो सडक ✓
६७. अस्थायी दर्ताको प्रमाणपत्र एकै पटक वा पटक/पटक गरी बढीमा कति बहाल अवधि रहेको हुन्छ ?
- क) ४ महिना
- ख) ६ महिना
- ग) १४ महिना ✓
- घ) ५ वर्ष
६८. विदेशमा दर्ता भएको सवारी बढीमा कति अवधिका लागि नेपालमा चलाउन अनुमति प्रदान गर्न सकिन्छ ?
- क) १ महिना ✓
- ख) १ वर्ष
- ग) ५ वर्ष
- घ) पाइँदैन
६९. सवारीको हेरफेर दर्ता गर्दा कति दस्तुर लाग्छ ?
- क) उक्त सवारी दर्ताको ५० प्रतिशतले हुन आउने रकम ✓
- ख) रु. ५०००
- ग) दर्ता गर्दा लाग्ने जति
- घ) रु. १५००
७०. दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको कति दिनभित्र सवारी दर्ताको प्रमाणपत्र बुझाउनुपर्छ ?
- क) ७ दिनभित्र
- ख) १५ दिनभित्र
- ग) ३५ दिनभित्र ✓
- घ) २१ दिनभित्र
७१. सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा कुन परीक्षा दिनुपर्दैन ?
- क) लिखित ✓
- ख) प्रयोगात्मक
- ग) माथिका दुवै
- घ) कुनै पनि परीक्षा दिनुपर्दैन
७२. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन न्यूनतम कति प्रतिशत अंक प्राप्त गर्नुपर्छ ?
- क) ५० प्रतिशत
- ख) ६० प्रतिशत
- ग) ७० प्रतिशत ✓
- घ) ८० प्रतिशत
७३. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा तोकिएको रेखा छोएमा के हुन्छ ?
- क) १० अंक घट्छ
- ख) १५ अंक घट्छ
- ग) अनुत्तीर्ण घोषणा गरिन्छ ✓
- घ) केही हुँदैन
७४. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा कुनै गल्ती नगरी पार गरेमा कति अंक प्राप्त हुन्छ ?
- क) १० अंक
- ख) २० अंक ✓
- ग) १५ अंक
- घ) २५ अंक
७५. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा कति पटकसम्म स्टार्ट बन्द हुँदा परीक्षाको मौका दिइन्छ ?
- क) १ पटक
- ख) २ पटक ✓
- ग) ३ पटक
- घ) ४ पटक
७६. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सिटबेल्टको प्रयोग नगरी सवारी चलाउन सुरु गरेमा कति अंक घट्छ ?
- क) २ अंक
- ख) ४ अंक
- ग) अंक नै घटाइँदैन
- घ) अयोग्य घोषणा गरिन्छ ✓
७७. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ग्यारेज पार्किङ टेस्ट गर्दा प्रयोग हुने ग्यारेज ट्र्याकको चौडाई कति हुन्छ ?
- क) २ मिटर
- ख) ३ मिटर
- ग) ४ मिटर ✓
- घ) ५ मिटर
७८. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ट्राफिक संकेतको पालना नगरेमा कति अंक घट्छ ?
- क) १० अंक
- ख) १५ अंक
- ग) २० अंक ✓
- घ) अंक नै घटाइँदैन
७९. वर्ग ख (कार/जीप/डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा लिइने स्पिड ब्रेकर (र्याम्प टेस्ट) का लागि प्रयोग हुने टेस्ट ट्र्याकको लम्बाई कति हुन्छ ?
- क) १२ मिटर
- ख) १४ मिटर
- ग) १६ मिटर ✓
- घ) २० मिटर
८०. एक पटक लिखित परीक्षा पास गरिसकेपछि बढीमा कति अवधिसम्म ट्रायल परीक्षा दिन पाइन्छ ?
- क) ६ महिनासम्म
- ख) ९ महिनासम्म
- ग) १२ महिनासम्म
- घ) १८ महिनासम्म ✓
८१. एक पटक लिखित परीक्षा उत्तीर्ण गरिसकेपछि बढीमा कति पटकसम्म ट्रायल परीक्षा दिन पाइन्छ ?
- क) १ पटक
- ख) २ पटक
- ग) ३ पटक ✓
- घ) ४ पटक
८२. सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम सार्वजनिक स्थान भन्नाले के बुझिन्छ ?
- क) पुल
- ख) बाटो
- ग) पेटी
- घ) माथिका सबै ✓
८३. निजी सवारीले सवारी साधन कर कहिलेसम्म बुझाइसक्नुपर्छ ?
- क) असार मसान्त
- ख) चैत्र मसान्त
- ग) असोज मसान्त ✓
- घ) म्याद समाप्त भएको ३ महिनाभित्र
८४. खारेज भएको अनुमति पत्र कति दिनभित्र बिताबुझाउनुपर्छ ?
- क) दश दिनभित्र
- ख) पन्ध्र दिनभित्र ✓
- ग) तीस दिनभित्र
- घ) सात दिनभित्र
८५. पर्यटक सवारी साधनलाई कुन सवारी साधन सरह मानिन्छ ?
- क) सार्वजनिक सवारी साधन ✓
- ख) निजी सवारी साधन
- ग) सरकारी सवारी साधन
- घ) कूटनीतिक सवारी साधन
८६. मिनी बसको सिट क्षमता कति तोकिएको छ ?
- क) चालकसहित १५ देखि २५
- ख) चालकसहित १२ देखि २० ✓
- ग) चालकसहित १० देखि २२
- घ) चालकसहित २४
८७. कति वर्ष उमेर पुरा भएका व्यक्तिलाई ठूला र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति पत्र दिइँदैन ?
- क) ५५ वर्ष
- ख) ५० वर्ष
- ग) ६० वर्ष ✓
- घ) ४५ वर्ष
८८. सवारी परीक्षण कार्यालयमा मझौला र साना सवारी साधनको जाँचपास प्रमाणपत्रको दरखास्त दस्तुर कति लाग्छ ?
- क) रु. २००
- ख) रु. ४०० ✓
- ग) रु. ४५०
- घ) रु. ३००
८९. सवारी ऐन अनुसार चालक भन्नाले कसलाई बुझिन्छ ?
- क) सवारी साधन चलाउने व्यक्ति ✓
- ख) सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्ति
- ग) यातायात व्यवसायी कम्पनीमा काम गर्ने व्यक्ति
- घ) संघ संस्थामा काम गर्ने व्यक्ति