1. सवारी प्रदूषण भन्नाले के बुझिन्छ ?
- A) इन्जिनमा राखिने मोबिल
- B) सवारीमा राखिने इन्धन
- C) सवारीभित्रको फोहोर
- D) सवारीबाट निस्कने धुवाँ ✓
2. सवारी साधनबाट हुने प्रदूषणमा सवारीको कुन भागले प्रभाव पार्छ ?
- A) ब्रेकले
- B) गियर बक्सले
- C) इन्धनले
- D) इन्जिनको अवस्थाले ✓
3. सबैभन्दा कम प्रदूषण गर्ने इन्जिन कुन हो ?
- A) डिजेल इन्जिन
- B) पेट्रोल इन्जिन
- C) विद्युत इन्जिन ✓
- D) कोइला इन्जिन
4. हर्नको कारणले कस्तो प्रदूषण हुने गर्छ ?
- A) हावाको प्रदूषण
- B) माटोको प्रदूषण
- C) पानीको प्रदूषण
- D) ध्वनि प्रदूषण ✓
5. टु–स्ट्रोक र फोर–स्ट्रोक इन्जिनका सवारी साधनमध्ये कुनले वातावरण प्रदूषण बढी गराउँछ ?
- A) टु–स्ट्रोकले ✓
- B) फोर–स्ट्रोकले
- C) क र ख दुवै
- D) कुनै पनि होइनन्
6. प्रदूषणमुक्त सहर बनाउनलाई कुन गाडी सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ ?
- A) विद्युतीय ✓
- B) डिजेल
- C) पेट्रोल
- D) ग्यास
7. विद्युतबाट सञ्चालित सवारी साधनको प्रदूषण कहाँ परीक्षण हुन्छ ?
- A) यातायात व्यवस्था विभाग
- B) विद्युत प्राधिकरण
- C) यातायात व्यवस्था कार्यालय
- D) कुनै पनि होइन ✓
8. कस्तो क्षेत्रमा हर्न बजाउनुहुँदैन ?
- A) मूल सडक
- B) ट्राफिक जाम भएको क्षेत्र
- C) विद्यालय र अस्पताल नजिक ✓
- D) नारा जुलुस भएको ठाउँमा
9. सवारी साधनको धुवाँ कहाँबाट बाहिर निस्कन्छ ?
- A) साइलेन्सर ✓
- B) इन्जिन
- C) गियर
- D) एक्सल
10. हाल कुन सवारी प्रदूषण मापदण्ड लागू भएको हो ?
- A) वि.सं. २०५४
- B) वि.सं. २०४९
- C) वि.सं. २०६९ ✓
- D) वि.सं. २०५६
11. सवारीको प्रदूषण जाँचपास किन गरिन्छ ?
- A) सवारीको अवस्था ठीक छ/छैन थाहा पाउन ✓
- B) सवारी दुर्घटनाबाट बचाउन
- C) क र ख दुवै
- D) कुनै पनि होइन
12. सवारीको प्रदूषण जाँचपास कसले गर्छ ?
- A) सवारी परीक्षण कार्यालयले
- B) यातायात व्यवस्था कार्यालयले
- C) ट्राफिक प्रहरी कार्यालयले
- D) क र ख दुवैले ✓
13. निम्नमध्ये कुन प्रकारको साधनमा सवारी प्रदूषण मापदण्ड, २०६९ लागू हुँदैन ?
- A) निजी सवारी साधनहरू
- B) ठूला बसहरू
- C) डोजर लोडर जस्ता संयन्त्रहरू ✓
- D) सबैलाई लाग्छ
14. प्रदूषण पास स्टिकर नभएको सवारी साधन निषेधित क्षेत्रमा चलाएमा के हुन्छ ?
- A) जरिवाना ✓
- B) सवारी जफत
- C) कैद
- D) क र ख दुवै
15. कुन सवारी साधनको प्रदूषण परीक्षण गर्नुपर्दैन ?
- A) पेट्रोलबाट चल्ने
- B) विद्युतबाट चल्ने ✓
- C) डिजेलबाट चल्ने
- D) माथिका कुनै पनि होइनन्
16. सवारीको प्रदूषण जाँचपास कसले गर्दैन ?
- A) सवारी परीक्षण कार्यालयले
- B) यातायात व्यवस्था कार्यालयले
- C) ट्राफिक प्रहरी कार्यालयले ✓
- D) कुनै पनि होइन
17. सवारी प्रदूषण जाँचमा सामान्यतया केको परीक्षण गरिन्छ ?
- A) ब्रेकको
- B) बडीको
- C) धुवाँको ✓
- D) इन्धनको
18. सवारी साधनको जाँचपासको काम कसले गर्छ ?
- A) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले
- B) यातायात व्यवस्था विभागले
- C) ट्राफिक प्रहरी कार्यालयले
- D) यातायात व्यवस्था कार्यालयले ✓
19. सफा टेम्पोमा कुन रङको स्टिकर टाँसिएको हुन्छ ?
- A) निलो
- B) रातो
- C) हरियो ✓
- D) कुनै पनि होइन
20. सवारीको धुवाँका कारण के प्रदूषण हुन्छ ?
- A) वायु प्रदूषण ✓
- B) माटोको प्रदूषण
- C) पानीको प्रदूषण
- D) ध्वनि प्रदूषण
21. कुन इन्धनबाट बढी प्रदूषण हुन्छ ?
- A) विद्युतीय
- B) डिजेल ✓
- C) पेट्रोल
- D) ग्यास
22. जाँचपास प्रमाणपत्र कस्ता सवारीलाई आवश्यक हुन्छ ?
- A) निजी सवारी
- B) भाडाका सवारी
- C) सरकारी सवारी
- D) माथिका सबै ✓
23. मोटरसाइकलको प्रदूषण जाँच कहाँ गराउनुपर्छ ?
- A) यातायात व्यवस्था कार्यालय ✓
- B) ग्यारेज
- C) वर्कसप
- D) माथिका कुनै पनि होइनन्
24. प्रदूषण स्टिकर कस्तो रङको हुन्छ ?
- A) हरियो ✓
- B) निलो
- C) पहेंलो
- D) रातो
25. प्रदूषण जाँच नगरी सवारी चलाए के हुन्छ ?
- A) कैद
- B) जरिवाना ✓
- C) क र ख दुवै
- D) केही पनि हुँदैन
26. सरकारी गाडीको प्रदूषण जाँच कति-कति समयमा गरिन्छ ?
- A) ६/६ महिनामा ✓
- B) १/१ वर्षमा
- C) २/२ वर्षमा
- D) ३/३ महिनामा
27. सवारी साधनमा टाँसिने हरियो स्टिकरले केलाई संकेत गर्छ ?
- A) सवारी साधनको प्रदूषण जाँच भएको छ
- B) सवारी साधन प्रदूषणरहित छ
- C) क र ख दुवै ✓
- D) कुनै पनि होइन
28. तलका मध्ये कुन सवारीले धुवाँ फाल्दैन ?
- A) बस
- B) मिनी बस
- C) ट्रक
- D) ट्रलीबस ✓
29. प्रदूषण कसरी कम गर्न सकिन्छ ?
- A) एयर कन्डिसन र हिटर कम प्रयोग गरेर
- B) इन्जिन ठीक अवस्थामा राखेर
- C) सवारी साधन कम चलाएर
- D) माथिका सबै ✓
30. सवारी प्रदूषण नियम कुन-कुन स्थानमा लागू भएको छ ?
- A) काठमाडौं उपत्यकामा
- B) वीरगञ्ज बजारमा
- C) विराटनगर उपमहानगरपालिकामा
- D) नेपालभर ✓