1. आफूले चलाउने सवारी चलाउनुपूर्व सवारीको अवस्था ठीक छ/छैन यकिन गर्ने कर्तव्य कसको हो ?
- A) ट्राफिक प्रहरीको
- B) मेकानिकल इन्जिनियरको
- C) सवारी चालकको ✓
- D) यातायात व्यवस्था कार्यालयको
2. अकस्मात सवारी रोक्न के गर्नुपर्छ ?
- A) सुरक्षित रूपमा ब्रेक लगाउने ✓
- B) हर्न बजाउने
- C) ट्राफिक प्रहरीलाई सोध्ने
- D) माथिका कुनै पनि होइनन्
3. इन्जिनभित्र पानी कहाँबाट पस्न सक्छ ?
- A) साइलेन्सर पाइपबाट
- B) मोबिल चेक गर्ने गेजको पाइपबाट
- C) एयरक्लिनरबाट
- D) माथिका सबै ✓
4. स्पिडोमिटरको काम के हो ?
- A) सवारीको स्पिड नाप्ने ✓
- B) सवारीको तापक्रम नाप्ने
- C) सवारीको फ्युल नाप्ने
- D) माथिका सबै
5. कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?
- A) गियर चेन्ज गर्दा
- B) एक्सिलेटर दबाउँदा
- C) फुटब्रेक लगाउँदा ✓
- D) हर्न बजाउँदा
6. स्पार्क प्लगको काम के हो ?
- A) इन्जिनमा हावा र इन्धनको मिश्रणलाई बाल्ने ✓
- B) इन्जिनमा पानीको मात्रा पुर्याउने
- C) इन्जिनमा मोबिल पुर्याउने
- D) माथिका कुनै पनि होइनन्
7. फोर-व्हील ड्राइभ सवारी साधन भन्नाले कस्तो सवारीलाई जनाउँछ ?
- A) चारवटै चक्कामा ब्रेक लाग्ने सवारी
- B) चारवटै चक्कामा इन्जिन पावर भएको सवारी ✓
- C) छोटो दूरीमा सञ्चालन हुने सवारी
- D) माथिका सबै
8. हर्न तलकामध्ये कुन शक्तिले बज्छ ?
- A) विद्युत्
- B) हावाको प्रेसर
- C) ब्रेक
- D) क र ख दुवै ✓
9. इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम केले गर्छ ?
- A) डिस्टिल वाटर
- B) एसिड
- C) मोबिल ✓
- D) मिनरल वाटर
10. कार्बोरेटरमा हावा र इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
- A) स्पार्क प्लग
- B) क्लच
- C) ब्याट्री
- D) थ्रोटल ✓
11. मास्टर सिलिण्डरले के काम गर्छ ?
- A) गाडी दौडन मद्दत गर्छ
- B) उकालो चढ्न मद्दत गर्छ
- C) ब्याक गर्न मद्दत गर्छ
- D) सवारी रोक्न मद्दत गर्छ ✓
12. कार्बोरेटर कुन इन्जिनमा हुन्छ ?
- A) पेट्रोल इन्जिनमा ✓
- B) डिजेल इन्जिनमा
- C) विद्युतीय इन्जिनमा
- D) माथिका सबैमा
13. गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरू के के हुन् ?
- A) ब्रेक र एक्सिलेटर
- B) एक्सिलेटर र स्टेरिङ
- C) गियर र एक्सिलेटर ✓
- D) फ्यान बेल्ट र एक्सिलेटर
14. ड्यासबोर्डमा रहेको आयल प्रेसर मिटरको रातो बत्ती बलेमा के गर्नुपर्छ ?
- A) इन्जिन स्टार्ट गर्नुपर्छ
- B) इन्जिन बन्द गर्नुपर्छ ✓
- C) ब्रेक लगाउनुपर्छ
- D) हर्न बजाउनुपर्छ
15. रेडिएटरमा के राखिन्छ ?
- A) पेट्रोल
- B) डिजेल
- C) पानी ✓
- D) एसिड
16. इन्जिन स्टार्ट गर्दा कुन गियरमा राखी गर्नुपर्छ ?
- A) १ गियरमा
- B) २ गियरमा
- C) ३ गियरमा
- D) न्युट्रलमा ✓
17. गाडी चलाउँदा कालो धुवाँ आएमा के गर्नुपर्छ ?
- A) साइलेन्सर पाइप बन्द गर्ने
- B) साइलेन्सर पाइप झिकेर फाल्ने
- C) इन्जिन मर्मतको लागि वर्कसपमा लैजाने ✓
- D) त्यसै छोडिदिने
18. ब्याट्रीको शक्ति नाप्ने मिटरको नाम के हो ?
- A) ल्याक्टो मिटर
- B) स्पिडो मिटर
- C) हाइड्रो मिटर ✓
- D) एम्पियर मिटर
19. गाडी ब्याक गर्दा के गर्नुपर्छ ?
- A) गाडी रोक्ने
- B) ब्याक गियर लगाउने
- C) बिस्तारै ऐना हेरेर पछाडि लैजाने
- D) माथिका सबै ✓
20. क्लचको काम के हो ?
- A) स्पिड बढाउने
- B) स्पिड घटाउने
- C) गियरबाट इन्जिनलाई अलग गर्ने ✓
- D) गाडी रोक्ने
21. सवारीमा A/C चलाउँदा के खर्च हुन्छ ?
- A) पावर
- B) इन्धन
- C) क र ख दुवै ✓
- D) क र ख दुवै होइनन्
22. गियर बक्सको मुख्य काम के हो ?
- A) गाडी छिटो मात्र गुडाउने
- B) गाडी बिस्तारै मात्र गुडाउने
- C) चाहिएको स्पिडमा गाडी गुडाउने ✓
- D) गाडीलाई खाल्टा पार गर्न मद्दत गर्ने
23. ब्रेकको काम के हो ?
- A) गाडीलाई रोक्ने ✓
- B) गाडीको स्पिड बढाउने
- C) गाडीलाई ब्याक गर्ने
- D) गाडीलाई मोड्ने
24. फ्युल मिटरले के देखाउँछ ?
- A) इन्धनको मात्रा ✓
- B) पानीको मात्रा
- C) मोबिलको मात्रा
- D) माथिका सबै
25. गाडीको टायरको हिफाजतका लागि के गर्नुपर्छ ?
- A) टप गियरमा चलाउने
- B) हावा कम राखेर चलाउने
- C) हावाको प्रेसर ठिक राख्ने ✓
- D) माथिका कुनै पनि होइनन्
26. सवारीको इन्जिन बढी तात्यो भने के हुन सक्छ ?
- A) इन्जिन बढी घुम्न सक्छ
- B) करेन्ट लाग्न सक्छ
- C) इन्जिन सिज हुन सक्छ ✓
- D) केही पनि हुँदैन
27. कार्बोरेटरको काम के हो ?
- A) इन्जिनलाई चिसो पार्नु
- B) इन्जिनलाई बलियो बनाउनु
- C) इन्जिनको स्पिड घटाउन बढाउन मात्र मद्दत गर्नु
- D) चाहिएको मात्रामा हावा र इन्धनको मिश्रण बनाउनु ✓
28. सवारी चलाउनुअघि चालकले चेक गर्नुपर्ने के होइन ?
- A) बत्तीहरू
- B) चक्काहरूको हावा
- C) गाडीको रङ ✓
- D) ब्रेक
29. डिफरेन्सियलबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
- A) बेलाबेलामा आयल थप्दै चलाउँदै जाने
- B) कसरी चुहिएको हो मर्मत गरिहाल्ने ✓
- C) आवाज नआउन्जेल चलाइराख्ने
- D) धेरै नचुहिन्जेल चलाइराख्ने
30. सवारीको चक्कालाई केले नियन्त्रण गर्छ ?
- A) इन्जिनले
- B) ब्रेकले ✓
- C) बडीले
- D) ब्याट्रीले
31. रिभर्स लाइट कति बेला बालिन्छ ?
- A) ब्रेक लगाउँदा
- B) ह्यान्ड ब्रेक लगाउँदा
- C) एक्सिलेटर थिच्दा
- D) सवारी पछाडि लैजाँदा ✓
32. डिजेल इन्जिनको सिलिण्डरभित्र केलाई कम्प्रेस गरिन्छ ?
- A) पानीलाई
- B) इन्धनलाई
- C) हावालाई ✓
- D) माथिका सबै
33. एक्कासि फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नुपर्छ ?
- A) चक्काको प्रेसर चेक गर्ने
- B) ब्रेक आयल लेभल चेक गर्ने
- C) मास्टर सिलिण्डर चेक गर्ने
- D) माथिका सबै ✓
34. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्छ ?
- A) A/C अन गर्नुपर्छ
- B) मोबिलमा पानी थप गर्नुपर्छ
- C) इन्धन थप गर्नुपर्छ
- D) चोक प्रयोग गरी स्टार्ट गर्नुपर्छ ✓
35. सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
- A) गाडीको मोबिलबाट
- B) गाडीको रेडिएटरबाट
- C) गाडीको डाइनामोबाट ✓
- D) माथिका कुनै पनि होइनन्
36. डिप स्टिकको काम के हो ?
- A) मोबिलको मात्रा चेक गर्ने ✓
- B) पानीको मात्रा चेक गर्ने
- C) तेलको मात्रा ठिक गर्ने
- D) माथिका कुनै पनि होइनन्
37. एक्सिलेटरको काम के हो ?
- A) इन्जिन चिस्याउने
- B) तेल बन्द गर्न प्रयोग गर्ने
- C) स्पिड अनुसार तेलको मात्रा दिन मद्दत गर्ने ✓
- D) धुवाँ नाप्ने
38. डिफरेन्सियलको काम के हो ?
- A) फरक गतिमा चक्का घुमाउने ✓
- B) चक्कामा हावा भर्ने
- C) चक्काको पञ्चर टाल्ने
- D) माथिका कुनै पनि होइनन्
39. गाडीको एक्सलको मुख्य काम के हो ?
- A) गाडीको लोड थाम्ने र चक्कालाई घुमाउने ✓
- B) गाडीको लोड मात्र थाम्ने
- C) इन्जिन चलाउने
- D) फोर व्हील लगाउने
40. वाइपर भनेको के हो ?
- A) गति बढाउने यन्त्र
- B) गाडी रोक्ने यन्त्र
- C) गाडी पुछ्ने कपडा
- D) सिसा सफा गर्ने यन्त्र ✓
41. चालू इन्जिनमा विद्युत् उत्पादन गर्ने यन्त्रको नाम के हो ?
- A) स्टोरेज ब्याट्री
- B) चार्जिङ डाइनामो ✓
- C) ड्राइसेल
- D) टर्चलाइट
42. पेट्रोल इन्जिनलाई अर्को शब्दमा के भनिन्छ ?
- A) डिजेल इन्जिन
- B) हाइड्रोलिक इन्जिन
- C) ग्यासोलिन इन्जिन ✓
- D) माथिका सबै
43. ह्यान्ड ब्रेक कुन अवस्थामा लगाउनु खतरनाक मानिन्छ ?
- A) उकालोमा
- B) ओरालोमा
- C) बढी स्पिड भएको अवस्थामा ✓
- D) घुम्तीहरूमा
44. स्टेरिङले कहाँ काम गर्छ ?
- A) अगाडिको चक्कामा ✓
- B) पछाडिको चक्कामा
- C) गियरमा
- D) इन्जिनमा
45. सवारीमा ब्रेकले कहाँ काम गर्छ ?
- A) इन्जिनमा
- B) स्टेरिङमा
- C) चक्कामा ✓
- D) गियरमा
46. ब्रेकमा कुन सिस्टम जडित हुन्छ ?
- A) मेकानिकल
- B) हाइड्रोलिक सिस्टम
- C) क र ख दुवै हुन् ✓
- D) क र ख दुवै होइनन्
47. ब्याट्रीमा पानीको लेभल कम भएमा के हाल्नुपर्छ ?
- A) धाराको पानी
- B) डिस्टिल वाटर ✓
- C) मिनरल वाटर
- D) खोरीको पानी
48. चोक लिभर कतिबेला बन्द गर्नुपर्छ ?
- A) इन्जिन बन्द भएपछि
- B) कुनै पनि बेला
- C) इन्जिन स्टार्ट भएपछि ✓
- D) माथिका सबै
49. सवारी चलाउँदा कालो धुवाँ आएमा के गर्नुपर्छ ?
- A) इन्धन थप्नुपर्छ
- B) इन्जिन मर्मत गर्नुपर्छ ✓
- C) साइलेन्सर पाइप बन्द गर्नुपर्छ
- D) माथिका सबै
50. गाडी गुडेको गति मापन गर्ने यन्त्र तलका मध्ये कुन हो ?
- A) हाइड्रोमिटर
- B) थर्मल मिटर
- C) हेक्टोमिटर
- D) स्पिडोमिटर ✓
51. ब्याट्री ओभर चार्ज हुनबाट केले बचाउँछ ?
- A) कार्बोरेटर
- B) कट आउट ✓
- C) एयर कुलर
- D) कुनै पनि होइन
52. इग्निशन स्विच केसँग सम्बन्धित छ ?
- A) इन्जिन र क्लचसँग
- B) इन्जिन र गियरबक्ससँग
- C) इन्जिन र ब्याट्रीसँग ✓
- D) माथिका सबै
53. गुडिरहेको गाडीको अगाडिको दाहिने चक्का पञ्चर हुँदा गाडी कता घुम्छ ?
- A) कतै घुम्दैन
- B) दायाँतिर ✓
- C) बायाँतिर
- D) टक्क अडिन्छ
54. स्टेरिङ बक्समा कुन आयल राखिन्छ ?
- A) ब्रेक आयल
- B) मोबिल
- C) स्टेरिङ आयल ✓
- D) ग्रिज
55. इन्जिनमा विद्युत्को मुख्य स्रोत के हो ?
- A) पेट्रोल
- B) ब्याट्री ✓
- C) मोबिल
- D) डिजेल
56. तलका मध्ये के कारणले चलिरहेको गाडीको इन्जिन बन्द हुँदैन ?
- A) कम गतिमा गुडेमा
- B) इन्जिन सही अवस्थामा रहेमा ✓
- C) इन्धन नसकिएमा
- D) माथिका कुनै पनि होइन
57. सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने चार पाङ्ग्रे सवारी साधनको क्षमता कति तोकिएको छ ?
- A) ७९६ सि.सि. ✓
- B) ७९० सि.सि.
- C) ७९४ सि.सि.
- D) ७९५ सि.सि.
58. सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने विद्युतीय तीन पाङ्ग्रे सवारी साधनको विद्युत क्षमता कति तोकिएको छ ?
- A) १००० वाट ✓
- B) ८०० वाट
- C) ९०० वाट
- D) ७०० वाट
59. गाडीको चक्का घुमाउने काम केले गर्छ ?
- A) रेडिएटरले
- B) गियरले
- C) डिफरेन्सियलले ✓
- D) माथिका कुनै पनि होइनन्
60. रेडिएटरमा तलका मध्ये के राखिँदैन ?
- A) पेट्रोल
- B) डिजेल
- C) एसिड
- D) माथिका कुनै पनि राखिँदैन ✓
61. इन्जिनको शक्ति केले बढाउने/घटाउने गर्छ ?
- A) एक्सिलेटरले ✓
- B) ब्रेकले
- C) स्टेरिङले
- D) क्लचले
62. सवारीको इन्जिनमा करेन्ट दिने काम केले गर्छ ?
- A) एक्सिलेटरले
- B) क्लचले
- C) स्टेरिङले
- D) स्पार्क प्लगले ✓
63. डाइनामोको काम के हो ?
- A) इन्जिनलाई करेन्ट सप्लाई गर्ने
- B) रेडिएटरको पानी चिसो पार्ने
- C) ब्याट्री चार्ज गर्ने ✓
- D) माथिका कुनै पनि होइनन्
64. सवारीको पार्टपुर्जालाई तलका मध्ये केले चिल्लो बनाउँछ ?
- A) ग्रिज
- B) मोबिल
- C) स्टेरिङ आयल
- D) माथिका सबै ✓
65. फ्युल नाप्न तलका मध्ये कुन प्रयोग गरिन्छ ?
- A) स्पिडोमिटर
- B) थर्मोमिटर
- C) टेलिस्कोप
- D) माथिका कुनै पनि प्रयोग गरिँदैन ✓
66. तलका मध्ये के गर्दा ब्रेकको प्रयोग गरिँदैन ?
- A) गाडीको स्पिड बढाउँदा ✓
- B) गाडीलाई मोड्दा
- C) गाडीलाई ब्याक गर्दा
- D) गाडी रोक्दा
67. सवारी चलाउनुपूर्व के गर्नुपर्छ ?
- A) सवारीको अवस्थाको निरीक्षण गर्ने ✓
- B) ट्राफिकलाई खबर गर्ने
- C) मेकानिकल इन्जिनियरलाई खबर गर्ने
- D) माथिका सबै
68. फ्यानलाई घुमाउने काम केले गर्छ ?
- A) एक्सिलेटरले
- B) क्लचले
- C) फ्यान बेल्टले ✓
- D) माथिका सबै
69. गाडीमा फ्युलको मात्रा हेर्न के हेर्नुपर्छ ?
- A) फ्युल गेज ✓
- B) स्पिडोमिटर
- C) थर्मोमिटर
- D) माथिका सबै
70. एक्सिलेटरको मुख्य काम के होइन ?
- A) इन्जिन चलाउने काम
- B) तेल बन्द गर्ने काम ✓
- C) प्रदूषण कम गर्ने काम
- D) माथिका सबै
71. स्टेरिङले कहाँ काम गर्दैन ?
- A) गियरमा
- B) इन्जिनमा ✓
- C) ब्रेकमा
- D) कुनै पनि होइन
72. ब्रेकले केमा काम गर्दैन ?
- A) इन्जिनमा
- B) गियरमा
- C) स्टेरिङमा
- D) माथिका सबै ✓
73. सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
- A) इन्धन
- B) इन्जिन
- C) डाइनामो
- D) ब्याट्री ✓
74. मोबिललाई विभिन्न पार्टपुर्जामा पुर्याउने काम केले गर्छ ?
- A) चोकले
- B) आयल पम्पले ✓
- C) कार्बोरेटरले
- D) माथिका सबै
75. इन्जिनमा कुन तेल प्रयोग गरिन्छ ?
- A) माटोतेल
- B) ब्रेक आयल
- C) मोबिल ✓
- D) डिजेल आयल
76. डिजेल इन्जिन स्टार्ट हुन केको आवश्यकता पर्छ ?
- A) डिजेल र हावा ✓
- B) स्पार्क प्लग
- C) पेट्रोल र हावा
- D) करेन्ट
77. गाडीको चक्का पानीमा डुबेको अवस्थामा कुन पार्टले राम्रो काम गर्दैन ?
- A) लाइट
- B) क्लच
- C) फुटब्रेक ✓
- D) ह्यान्ड ब्रेक
78. सवारी साधनमा सि.सि. भनेको के हो ?
- A) इन्जिन सिलिण्डरको आयतन ✓
- B) ब्रेकको क्षमता
- C) गियर बक्सको क्षमता
- D) माथिका सबै
79. वर्कसपको कार्य तलका मध्ये कुन हो ?
- A) बिग्रेका सवारी बनाउने
- B) सवारीको फिनिसिङ गर्ने
- C) सवारीको बडी बनाउने
- D) माथिका सबै ✓
80. ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो ?
- A) लाइसेन्स फारम भर्न सहयोग गर्ने
- B) लाइसेन्स फारम दर्ता गराइदिने
- C) ट्रायल परीक्षामा सिकाउने
- D) सवारी साधन चलाउन प्रशिक्षण दिने ✓