१. आफूले चलाउने सवारी चलाउनुपूर्व सवारीको अवस्था ठीक छ/छैन यकिन गर्ने कर्तव्य कसको हो ?
- क) ट्राफिक प्रहरीको
- ख) मेकानिकल इन्जिनियरको
- ग) सवारी चालकको ✓
- घ) यातायात व्यवस्था कार्यालयको
२. अकस्मात सवारी रोक्न के गर्नुपर्छ ?
- क) सुरक्षित रूपमा ब्रेक लगाउने ✓
- ख) हर्न बजाउने
- ग) ट्राफिक प्रहरीलाई सोध्ने
- घ) माथिका कुनै पनि होइनन्
३. इन्जिनभित्र पानी कहाँबाट पस्न सक्छ ?
- क) साइलेन्सर पाइपबाट
- ख) मोबिल चेक गर्ने गेजको पाइपबाट
- ग) एयरक्लिनरबाट
- घ) माथिका सबै ✓
४. स्पिडोमिटरको काम के हो ?
- क) सवारीको स्पिड नाप्ने ✓
- ख) सवारीको तापक्रम नाप्ने
- ग) सवारीको फ्युल नाप्ने
- घ) माथिका सबै
५. कस्तो अवस्थामा ब्रेक लाइट बल्छ ?
- क) गियर चेन्ज गर्दा
- ख) एक्सिलेटर दबाउँदा
- ग) फुटब्रेक लगाउँदा ✓
- घ) हर्न बजाउँदा
६. स्पार्क प्लगको काम के हो ?
- क) इन्जिनमा हावा र इन्धनको मिश्रणलाई बाल्ने ✓
- ख) इन्जिनमा पानीको मात्रा पुर्याउने
- ग) इन्जिनमा मोबिल पुर्याउने
- घ) माथिका कुनै पनि होइनन्
७. फोर-व्हील ड्राइभ सवारी साधन भन्नाले कस्तो सवारीलाई जनाउँछ ?
- क) चारवटै चक्कामा ब्रेक लाग्ने सवारी
- ख) चारवटै चक्कामा इन्जिन पावर भएको सवारी ✓
- ग) छोटो दूरीमा सञ्चालन हुने सवारी
- घ) माथिका सबै
८. हर्न तलकामध्ये कुन शक्तिले बज्छ ?
- क) विद्युत्
- ख) हावाको प्रेसर
- ग) ब्रेक
- घ) क र ख दुवै ✓
९. इन्जिनको पार्टपुर्जालाई चिल्लो बनाउने काम केले गर्छ ?
- क) डिस्टिल वाटर
- ख) एसिड
- ग) मोबिल ✓
- घ) मिनरल वाटर
१०. कार्बोरेटरमा हावा र इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?
- क) स्पार्क प्लग
- ख) क्लच
- ग) ब्याट्री
- घ) थ्रोटल ✓
११. मास्टर सिलिण्डरले के काम गर्छ ?
- क) गाडी दौडन मद्दत गर्छ
- ख) उकालो चढ्न मद्दत गर्छ
- ग) ब्याक गर्न मद्दत गर्छ
- घ) सवारी रोक्न मद्दत गर्छ ✓
१२. कार्बोरेटर कुन इन्जिनमा हुन्छ ?
- क) पेट्रोल इन्जिनमा ✓
- ख) डिजेल इन्जिनमा
- ग) विद्युतीय इन्जिनमा
- घ) माथिका सबैमा
१३. गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरू के के हुन् ?
- क) ब्रेक र एक्सिलेटर
- ख) एक्सिलेटर र स्टेरिङ
- ग) गियर र एक्सिलेटर ✓
- घ) फ्यान बेल्ट र एक्सिलेटर
१४. ड्यासबोर्डमा रहेको आयल प्रेसर मिटरको रातो बत्ती बलेमा के गर्नुपर्छ ?
- क) इन्जिन स्टार्ट गर्नुपर्छ
- ख) इन्जिन बन्द गर्नुपर्छ ✓
- ग) ब्रेक लगाउनुपर्छ
- घ) हर्न बजाउनुपर्छ
१५. रेडिएटरमा के राखिन्छ ?
- क) पेट्रोल
- ख) डिजेल
- ग) पानी ✓
- घ) एसिड
१६. इन्जिन स्टार्ट गर्दा कुन गियरमा राखी गर्नुपर्छ ?
- क) १ गियरमा
- ख) २ गियरमा
- ग) ३ गियरमा
- घ) न्युट्रलमा ✓
१७. गाडी चलाउँदा कालो धुवाँ आएमा के गर्नुपर्छ ?
- क) साइलेन्सर पाइप बन्द गर्ने
- ख) साइलेन्सर पाइप झिकेर फाल्ने
- ग) इन्जिन मर्मतको लागि वर्कसपमा लैजाने ✓
- घ) त्यसै छोडिदिने
१८. ब्याट्रीको शक्ति नाप्ने मिटरको नाम के हो ?
- क) ल्याक्टो मिटर
- ख) स्पिडो मिटर
- ग) हाइड्रो मिटर ✓
- घ) एम्पियर मिटर
१९. गाडी ब्याक गर्दा के गर्नुपर्छ ?
- क) गाडी रोक्ने
- ख) ब्याक गियर लगाउने
- ग) बिस्तारै ऐना हेरेर पछाडि लैजाने
- घ) माथिका सबै ✓
२०. क्लचको काम के हो ?
- क) स्पिड बढाउने
- ख) स्पिड घटाउने
- ग) गियरबाट इन्जिनलाई अलग गर्ने ✓
- घ) गाडी रोक्ने
२१. सवारीमा A/C चलाउँदा के खर्च हुन्छ ?
- क) पावर
- ख) इन्धन
- ग) क र ख दुवै ✓
- घ) क र ख दुवै होइनन्
२२. गियर बक्सको मुख्य काम के हो ?
- क) गाडी छिटो मात्र गुडाउने
- ख) गाडी बिस्तारै मात्र गुडाउने
- ग) चाहिएको स्पिडमा गाडी गुडाउने ✓
- घ) गाडीलाई खाल्टा पार गर्न मद्दत गर्ने
२३. ब्रेकको काम के हो ?
- क) गाडीलाई रोक्ने ✓
- ख) गाडीको स्पिड बढाउने
- ग) गाडीलाई ब्याक गर्ने
- घ) गाडीलाई मोड्ने
२४. फ्युल मिटरले के देखाउँछ ?
- क) इन्धनको मात्रा ✓
- ख) पानीको मात्रा
- ग) मोबिलको मात्रा
- घ) माथिका सबै
२५. गाडीको टायरको हिफाजतका लागि के गर्नुपर्छ ?
- क) टप गियरमा चलाउने
- ख) हावा कम राखेर चलाउने
- ग) हावाको प्रेसर ठिक राख्ने ✓
- घ) माथिका कुनै पनि होइनन्
२६. सवारीको इन्जिन बढी तात्यो भने के हुन सक्छ ?
- क) इन्जिन बढी घुम्न सक्छ
- ख) करेन्ट लाग्न सक्छ
- ग) इन्जिन सिज हुन सक्छ ✓
- घ) केही पनि हुँदैन
२७. कार्बोरेटरको काम के हो ?
- क) इन्जिनलाई चिसो पार्नु
- ख) इन्जिनलाई बलियो बनाउनु
- ग) इन्जिनको स्पिड घटाउन बढाउन मात्र मद्दत गर्नु
- घ) चाहिएको मात्रामा हावा र इन्धनको मिश्रण बनाउनु ✓
२८. सवारी चलाउनुअघि चालकले चेक गर्नुपर्ने के होइन ?
- क) बत्तीहरू
- ख) चक्काहरूको हावा
- ग) गाडीको रङ ✓
- घ) ब्रेक
२९. डिफरेन्सियलबाट गियर आयल थोपा थोपा चुहिन थालेपछि के गर्नुपर्छ ?
- क) बेलाबेलामा आयल थप्दै चलाउँदै जाने
- ख) कसरी चुहिएको हो मर्मत गरिहाल्ने ✓
- ग) आवाज नआउन्जेल चलाइराख्ने
- घ) धेरै नचुहिन्जेल चलाइराख्ने
३०. सवारीको चक्कालाई केले नियन्त्रण गर्छ ?
- क) इन्जिनले
- ख) ब्रेकले ✓
- ग) बडीले
- घ) ब्याट्रीले
३१. रिभर्स लाइट कति बेला बालिन्छ ?
- क) ब्रेक लगाउँदा
- ख) ह्यान्ड ब्रेक लगाउँदा
- ग) एक्सिलेटर थिच्दा
- घ) सवारी पछाडि लैजाँदा ✓
३२. डिजेल इन्जिनको सिलिण्डरभित्र केलाई कम्प्रेस गरिन्छ ?
- क) पानीलाई
- ख) इन्धनलाई
- ग) हावालाई ✓
- घ) माथिका सबै
३३. एक्कासि फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नुपर्छ ?
- क) चक्काको प्रेसर चेक गर्ने
- ख) ब्रेक आयल लेभल चेक गर्ने
- ग) मास्टर सिलिण्डर चेक गर्ने
- घ) माथिका सबै ✓
३४. जाडो मौसममा इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्छ ?
- क) A/C अन गर्नुपर्छ
- ख) मोबिलमा पानी थप गर्नुपर्छ
- ग) इन्धन थप गर्नुपर्छ
- घ) चोक प्रयोग गरी स्टार्ट गर्नुपर्छ ✓
३५. सवारीमा भएको ब्याट्री कसरी चार्ज हुन्छ ?
- क) गाडीको मोबिलबाट
- ख) गाडीको रेडिएटरबाट
- ग) गाडीको डाइनामोबाट ✓
- घ) माथिका कुनै पनि होइनन्
३६. डिप स्टिकको काम के हो ?
- क) मोबिलको मात्रा चेक गर्ने ✓
- ख) पानीको मात्रा चेक गर्ने
- ग) तेलको मात्रा ठिक गर्ने
- घ) माथिका कुनै पनि होइनन्
३७. एक्सिलेटरको काम के हो ?
- क) इन्जिन चिस्याउने
- ख) तेल बन्द गर्न प्रयोग गर्ने
- ग) स्पिड अनुसार तेलको मात्रा दिन मद्दत गर्ने ✓
- घ) धुवाँ नाप्ने
३८. डिफरेन्सियलको काम के हो ?
- क) फरक गतिमा चक्का घुमाउने ✓
- ख) चक्कामा हावा भर्ने
- ग) चक्काको पञ्चर टाल्ने
- घ) माथिका कुनै पनि होइनन्
३९. गाडीको एक्सलको मुख्य काम के हो ?
- क) गाडीको लोड थाम्ने र चक्कालाई घुमाउने ✓
- ख) गाडीको लोड मात्र थाम्ने
- ग) इन्जिन चलाउने
- घ) फोर व्हील लगाउने
४०. वाइपर भनेको के हो ?
- क) गति बढाउने यन्त्र
- ख) गाडी रोक्ने यन्त्र
- ग) गाडी पुछ्ने कपडा
- घ) सिसा सफा गर्ने यन्त्र ✓
४१. चालू इन्जिनमा विद्युत् उत्पादन गर्ने यन्त्रको नाम के हो ?
- क) स्टोरेज ब्याट्री
- ख) चार्जिङ डाइनामो ✓
- ग) ड्राइसेल
- घ) टर्चलाइट
४२. पेट्रोल इन्जिनलाई अर्को शब्दमा के भनिन्छ ?
- क) डिजेल इन्जिन
- ख) हाइड्रोलिक इन्जिन
- ग) ग्यासोलिन इन्जिन ✓
- घ) माथिका सबै
४३. ह्यान्ड ब्रेक कुन अवस्थामा लगाउनु खतरनाक मानिन्छ ?
- क) उकालोमा
- ख) ओरालोमा
- ग) बढी स्पिड भएको अवस्थामा ✓
- घ) घुम्तीहरूमा
४४. स्टेरिङले कहाँ काम गर्छ ?
- क) अगाडिको चक्कामा ✓
- ख) पछाडिको चक्कामा
- ग) गियरमा
- घ) इन्जिनमा
४५. सवारीमा ब्रेकले कहाँ काम गर्छ ?
- क) इन्जिनमा
- ख) स्टेरिङमा
- ग) चक्कामा ✓
- घ) गियरमा
४६. ब्रेकमा कुन सिस्टम जडित हुन्छ ?
- क) मेकानिकल
- ख) हाइड्रोलिक सिस्टम
- ग) क र ख दुवै हुन् ✓
- घ) क र ख दुवै होइनन्
४७. ब्याट्रीमा पानीको लेभल कम भएमा के हाल्नुपर्छ ?
- क) धाराको पानी
- ख) डिस्टिल वाटर ✓
- ग) मिनरल वाटर
- घ) खोरीको पानी
४८. चोक लिभर कतिबेला बन्द गर्नुपर्छ ?
- क) इन्जिन बन्द भएपछि
- ख) कुनै पनि बेला
- ग) इन्जिन स्टार्ट भएपछि ✓
- घ) माथिका सबै
४९. सवारी चलाउँदा कालो धुवाँ आएमा के गर्नुपर्छ ?
- क) इन्धन थप्नुपर्छ
- ख) इन्जिन मर्मत गर्नुपर्छ ✓
- ग) साइलेन्सर पाइप बन्द गर्नुपर्छ
- घ) माथिका सबै
५०. गाडी गुडेको गति मापन गर्ने यन्त्र तलका मध्ये कुन हो ?
- क) हाइड्रोमिटर
- ख) थर्मल मिटर
- ग) हेक्टोमिटर
- घ) स्पिडोमिटर ✓
५१. ब्याट्री ओभर चार्ज हुनबाट केले बचाउँछ ?
- क) कार्बोरेटर
- ख) कट आउट ✓
- ग) एयर कुलर
- घ) कुनै पनि होइन
५२. इग्निशन स्विच केसँग सम्बन्धित छ ?
- क) इन्जिन र क्लचसँग
- ख) इन्जिन र गियरबक्ससँग
- ग) इन्जिन र ब्याट्रीसँग ✓
- घ) माथिका सबै
५३. गुडिरहेको गाडीको अगाडिको दाहिने चक्का पञ्चर हुँदा गाडी कता घुम्छ ?
- क) कतै घुम्दैन
- ख) दायाँतिर ✓
- ग) बायाँतिर
- घ) टक्क अडिन्छ
५४. स्टेरिङ बक्समा कुन आयल राखिन्छ ?
- क) ब्रेक आयल
- ख) मोबिल
- ग) स्टेरिङ आयल ✓
- घ) ग्रिज
५५. इन्जिनमा विद्युत्को मुख्य स्रोत के हो ?
- क) पेट्रोल
- ख) ब्याट्री ✓
- ग) मोबिल
- घ) डिजेल
५६. तलका मध्ये के कारणले चलिरहेको गाडीको इन्जिन बन्द हुँदैन ?
- क) कम गतिमा गुडेमा
- ख) इन्जिन सही अवस्थामा रहेमा ✓
- ग) इन्धन नसकिएमा
- घ) माथिका कुनै पनि होइन
५७. सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने चार पाङ्ग्रे सवारी साधनको क्षमता कति तोकिएको छ ?
- क) ७९६ सि.सि. ✓
- ख) ७९० सि.सि.
- ग) ७९४ सि.सि.
- घ) ७९५ सि.सि.
५८. सवारी चालक प्रशिक्षण केन्द्रमा प्रयोग गरिने विद्युतीय तीन पाङ्ग्रे सवारी साधनको विद्युत क्षमता कति तोकिएको छ ?
- क) १००० वाट ✓
- ख) ८०० वाट
- ग) ९०० वाट
- घ) ७०० वाट
५९. गाडीको चक्का घुमाउने काम केले गर्छ ?
- क) रेडिएटरले
- ख) गियरले
- ग) डिफरेन्सियलले ✓
- घ) माथिका कुनै पनि होइनन्
६०. रेडिएटरमा तलका मध्ये के राखिँदैन ?
- क) पेट्रोल
- ख) डिजेल
- ग) एसिड
- घ) माथिका कुनै पनि राखिँदैन ✓
६१. इन्जिनको शक्ति केले बढाउने/घटाउने गर्छ ?
- क) एक्सिलेटरले ✓
- ख) ब्रेकले
- ग) स्टेरिङले
- घ) क्लचले
६२. सवारीको इन्जिनमा करेन्ट दिने काम केले गर्छ ?
- क) एक्सिलेटरले
- ख) क्लचले
- ग) स्टेरिङले
- घ) स्पार्क प्लगले ✓
६३. डाइनामोको काम के हो ?
- क) इन्जिनलाई करेन्ट सप्लाई गर्ने
- ख) रेडिएटरको पानी चिसो पार्ने
- ग) ब्याट्री चार्ज गर्ने ✓
- घ) माथिका कुनै पनि होइनन्
६४. सवारीको पार्टपुर्जालाई तलका मध्ये केले चिल्लो बनाउँछ ?
- क) ग्रिज
- ख) मोबिल
- ग) स्टेरिङ आयल
- घ) माथिका सबै ✓
६५. फ्युल नाप्न तलका मध्ये कुन प्रयोग गरिन्छ ?
- क) स्पिडोमिटर
- ख) थर्मोमिटर
- ग) टेलिस्कोप
- घ) माथिका कुनै पनि प्रयोग गरिँदैन ✓
६६. तलका मध्ये के गर्दा ब्रेकको प्रयोग गरिँदैन ?
- क) गाडीको स्पिड बढाउँदा ✓
- ख) गाडीलाई मोड्दा
- ग) गाडीलाई ब्याक गर्दा
- घ) गाडी रोक्दा
६७. सवारी चलाउनुपूर्व के गर्नुपर्छ ?
- क) सवारीको अवस्थाको निरीक्षण गर्ने ✓
- ख) ट्राफिकलाई खबर गर्ने
- ग) मेकानिकल इन्जिनियरलाई खबर गर्ने
- घ) माथिका सबै
६८. फ्यानलाई घुमाउने काम केले गर्छ ?
- क) एक्सिलेटरले
- ख) क्लचले
- ग) फ्यान बेल्टले ✓
- घ) माथिका सबै
६९. गाडीमा फ्युलको मात्रा हेर्न के हेर्नुपर्छ ?
- क) फ्युल गेज ✓
- ख) स्पिडोमिटर
- ग) थर्मोमिटर
- घ) माथिका सबै
७०. एक्सिलेटरको मुख्य काम के होइन ?
- क) इन्जिन चलाउने काम
- ख) तेल बन्द गर्ने काम ✓
- ग) प्रदूषण कम गर्ने काम
- घ) माथिका सबै
७१. स्टेरिङले कहाँ काम गर्दैन ?
- क) गियरमा
- ख) इन्जिनमा ✓
- ग) ब्रेकमा
- घ) कुनै पनि होइन
७२. ब्रेकले केमा काम गर्दैन ?
- क) इन्जिनमा
- ख) गियरमा
- ग) स्टेरिङमा
- घ) माथिका सबै ✓
७३. सवारी साधनमा बिजुलीको मुख्य स्रोत कुन हो ?
- क) इन्धन
- ख) इन्जिन
- ग) डाइनामो
- घ) ब्याट्री ✓
७४. मोबिललाई विभिन्न पार्टपुर्जामा पुर्याउने काम केले गर्छ ?
- क) चोकले
- ख) आयल पम्पले ✓
- ग) कार्बोरेटरले
- घ) माथिका सबै
७५. इन्जिनमा कुन तेल प्रयोग गरिन्छ ?
- क) माटोतेल
- ख) ब्रेक आयल
- ग) मोबिल ✓
- घ) डिजेल आयल
७६. डिजेल इन्जिन स्टार्ट हुन केको आवश्यकता पर्छ ?
- क) डिजेल र हावा ✓
- ख) स्पार्क प्लग
- ग) पेट्रोल र हावा
- घ) करेन्ट
७७. गाडीको चक्का पानीमा डुबेको अवस्थामा कुन पार्टले राम्रो काम गर्दैन ?
- क) लाइट
- ख) क्लच
- ग) फुटब्रेक ✓
- घ) ह्यान्ड ब्रेक
७८. सवारी साधनमा सि.सि. भनेको के हो ?
- क) इन्जिन सिलिण्डरको आयतन ✓
- ख) ब्रेकको क्षमता
- ग) गियर बक्सको क्षमता
- घ) माथिका सबै
७९. वर्कसपको कार्य तलका मध्ये कुन हो ?
- क) बिग्रेका सवारी बनाउने
- ख) सवारीको फिनिसिङ गर्ने
- ग) सवारीको बडी बनाउने
- घ) माथिका सबै ✓
८०. ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो ?
- क) लाइसेन्स फारम भर्न सहयोग गर्ने
- ख) लाइसेन्स फारम दर्ता गराइदिने
- ग) ट्रायल परीक्षामा सिकाउने
- घ) सवारी साधन चलाउन प्रशिक्षण दिने ✓