1. सडक सुरक्षा भन्नाले केलाई जनाउँछ ?
- A) सवारी साधन चालकले होसियारी अपनाउनु
- B) सवारी नियमको पालना गर्नु
- C) सडकमा गुडेका सवारी साधनलाई महत्व दिनु
- D) माथिका सबै ✓
2. सवारीलाई मोड्दा कुन लाइट बाल्नुपर्छ ?
- A) फग लाइट
- B) हेड लाइट
- C) ब्रेक लाइट
- D) साइड लाइट ✓
3. रातो ट्राफिक लाइटको अर्थ के हो ?
- A) सतर्क हुने संकेत
- B) सवारी साधन रोक्ने संकेत ✓
- C) सुरक्षित हुने संकेत
- D) कुनै पनि होइन
4. हर्नको प्रयोग कुन बेला गर्नुपर्छ ?
- A) नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने ✓
- B) हर्न बजाउँदै नबजाउने
- C) धेरै भिड भएको ठाउँमा बजाउने
- D) माथिका सबै
5. कस्तो अवस्थामा सवारी साधन रोक्नुपर्छ ?
- A) दोबाटो चौबाटोमा ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा
- B) जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको ठाउँमा
- C) ट्राफिक प्रहरीले रोक्न संकेत गरेमा
- D) माथिका सबै ✓
6. जेब्रा क्रसिङ सडकको कुन भागमा राखिन्छ ?
- A) मुख्य चोकमा
- B) सबै चोकमा
- C) चोक बाहेक अन्यत्र
- D) माथिका सबै ✓
7. तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
- A) सवारी चलाउने सीप बढ्छ
- B) छिटो गन्तव्यमा पुगिन्छ
- C) दुर्घटना हुने सम्भावना हुन्छ ✓
- D) सवारी पुरानो हुन्छ
8. जेब्रा क्रसिङ केका लागि बनाइएको हुन्छ ?
- A) सवारीले सडक पार गर्न
- B) जनावरले सडक पार गर्न
- C) सवारी साधन रोक्न
- D) पैदल यात्रुले सडक पार गर्न ✓
9. विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नुहुँदैन ?
- A) हर्न बजाउनुहुँदैन
- B) तीव्र गतिमा चलाउनुहुँदैन
- C) ओभरटेक गर्नुहुँदैन
- D) माथिका सबै ✓
10. बाक्लो बस्ती भएको इलाकामा प्रति घण्टा कति गतिमा सवारी चलाउनुपर्छ ?
- A) ४० किलोमिटरभन्दा कम ✓
- B) ४० किलोमिटरभन्दा बढी
- C) ३५ किलोमिटरभन्दा कम
- D) माथिका सबै दुवै
11. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नुपर्छ ?
- A) नजिकको प्रहरीलाई ✓
- B) नजिकका बासिन्दालाई
- C) दुर्घटनामा परेका आफन्तलाई
- D) माथिका सबै
12. मानिसले बाटो काट्न लागेको समयमा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- A) हातले इशारा गर्ने
- B) सवारीको गति बढाउने
- C) सवारी फर्काउने
- D) सवारीको गति कम गरी बाटो काट्न दिने ✓
13. सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ ?
- A) राम्रो देखाउन
- B) ट्राफिक प्रहरीको कारबाहीबाट बच्न
- C) दुर्घटना भए कम क्षति होस् भनेर ✓
- D) माथिका सबै
14. बाटोमा टायर पञ्चर भएमा के गर्नुपर्छ ?
- A) वास्ता नगरी कुदाउने
- B) गाडी किनारा लगाई छोडेर जाने
- C) स्पेयर टायर प्रयोग गरी पञ्चर टाल्ने ✓
- D) माथिका कुनै पनि होइनन्
15. सवारी साधन बायाँ मोड्दा के गर्नुपर्छ ?
- A) गाडीको ब्रेक लगाउने र रोक्ने
- B) दायाँ साइड लाइट बालेर मोड्ने
- C) बायाँ साइड लाइट बालेर मोड्ने ✓
- D) बेस्सरी हर्न बजाउने
16. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- A) मुसलधारे पानी परेको बेला
- B) बाक्लो हिउँ परेको समयमा
- C) बाक्लो कुहिरो लागेको समयमा
- D) माथिका सबै ✓
17. बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउँदा प्रहरीले प्रयोग गर्ने साधन कुन हो ?
- A) राडार गन
- B) लिडार गन
- C) स्पिड गन ✓
- D) माथिका सबै
18. उछिन्ने (ओभरटेक गर्ने) कार्य गर्दा कस्तो प्रकारले गर्नुपर्छ ?
- A) सँधै दायाँबाट
- B) हर्न बजाएर
- C) सिधा बाटो र सुरक्षित भएमा
- D) माथिका सबै ✓
19. गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ?
- A) दायाँबाट आउनेलाई ✓
- B) बायाँबाट आउनेलाई
- C) पछाडिबाट आउनेलाई
- D) माथिका कुनै पनि होइनन्
20. ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
- A) बायाँबाट
- B) दायाँबाट ✓
- C) दुवै साइडबाट
- D) कुनै साइडबाट पनि होइन
21. दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनुपर्छ ?
- A) सामान्य
- B) रगत बगिरहेको
- C) बेहोस अवस्थामा रहेको ✓
- D) होसमा रहेको
22. सवारी दुर्घटना भएमा कसलाई सूचना गर्नुपर्दैन ?
- A) नजिकको प्रहरीलाई
- B) नजिकका बासिन्दालाई
- C) घाइतेका आफन्तलाई
- D) सडक यात्रुलाई ✓
23. ओभरटेक गर्दा अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ ?
- A) हेड लाइट बालेर
- B) हर्न बजाएर ✓
- C) साइड लाइट बालेर
- D) माथिका सबै
24. दिनमाभन्दा रातमा किन दुर्घटनाको सम्भावना बढी हुन्छ ?
- A) बढी गति र भिजिबिलिटी कम हुनाले ✓
- B) बढी सवारी गुड्ने हुनाले
- C) यात्रुहरूले मादक पदार्थ सेवन गर्ने हुनाले
- D) माथिका कुनै पनि होइनन्
25. कस्तो ठाउँमा सवारीको गति कम गर्नुपर्दैन ?
- A) बाक्लो बस्ती भएको ठाउँमा
- B) स्कुल क्षेत्रमा
- C) चौबाटोमा
- D) खुल्ला बाटोमा ✓
26. रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो ?
- A) हेड लाइट
- B) साइड लाइट
- C) पार्किङ लाइट ✓
- D) कुनै पनि होइन
27. पछाडि आएको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्छ ?
- A) आफ्नो सवारीको गति बढाउने
- B) आफ्नो सवारी स्लो गरी साइड दिने ✓
- C) हर्न बजाउने
- D) केही नगर्ने
28. बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा सवारी चलाउनुपर्छ ?
- A) एक गियरमा ✓
- B) दुई गियरमा
- C) तीन गियरमा
- D) चार गियरमा
29. लुकिङ ग्लास कुन बखत हेर्नुपर्छ ?
- A) ओभरटेक गर्दा
- B) ब्याक गर्दा
- C) दायाँबायाँ मोड्दा
- D) माथिका सबै ✓
30. आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुहुँदैन ?
- A) स्लो गरी साइड दिन
- B) गति बढाउन
- C) हर्न बजाउन
- D) ख र ग दुवै ✓
31. सवारी चलाउँदा चालकको अवस्था कस्तो हुनु जरुरी छ ?
- A) सफा लुगा लगाएको
- B) लागूपदार्थ सेवन नगरेको ✓
- C) जुत्ता लगाएको
- D) रातभर नसुतेको
32. सवारीको यान्त्रिक अवस्था ठीक नभएमा सवारी चालकले सर्वप्रथम कसलाई जानकारी गराउनुपर्छ ?
- A) ट्राफिक प्रहरी
- B) नजिकको प्रहरी कार्यालय
- C) सवारी धनी वा व्यवस्थापक ✓
- D) जिल्ला प्रशासन कार्यालय
33. सवारी रोक्दा कस्तो ठाउँमा रोक्नुपर्छ ?
- A) बस स्टपको नजिक
- B) भिडभाड भएको ठाउँमा
- C) पार्किङ देखाइएको ठाउँमा ✓
- D) सडकको बीचमा
34. साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्छ ?
- A) स्पिडमा गाडी ल्याएर पस्ने
- B) मेन रोडको बीचमा गाडी रोक्ने
- C) सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने ✓
- D) सिग्नल नदिई पस्ने
35. सवारी ब्याक गर्दा के गर्नुपर्छ ?
- A) इन्जिन रेस गर्ने
- B) रियर भ्यु मिररद्वारा पछाडि सवारी/पदयात्री छ, छैन हेर्ने ✓
- C) गाडी रोकी झरेर पछाडि हेर्ने
- D) हर्न बजाउने
36. तपाईं आफ्नो सवारी स्टार्ट गर्नुभन्दा पहिले के गर्नुहुन्छ ?
- A) तेल चेक गर्छु
- B) गियर चेक गर्छु
- C) ब्रेक तथा इन्डिकेटर लाइट चेक गर्छु
- D) माथिका सबै ✓
37. कस्तो अवस्थामा ह्यान्ड ब्रेक लगाउनु उपयुक्त हुन्छ ?
- A) गाडी स्टार्ट गर्दा
- B) गाडी रोकेर राख्दा ✓
- C) गाडी रोक्न लाग्दा
- D) छिटो रोक्नुपर्दा
38. सवारी दुर्घटना हुनाको कारण के हो ?
- A) मानवीय गल्ती
- B) मेसिनको गल्ती
- C) सडकको दुरावस्था
- D) माथिका सबै ✓
39. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- A) अगाडिबाट आइरहेको गाडीसँग
- B) दायाँबाट आएको गाडीसँग
- C) बायाँबाट आएको गाडीसँग ✓
- D) पछाडिबाट आएको गाडीसँग
40. सवारी चालकको अवस्था देहायका मध्ये कस्तो हुनु जरुरी हुन्छ ?
- A) देख्ने शक्ति राम्रो भएको
- B) नथाकेको
- C) मदिरा सेवन नगरेको
- D) माथिका सबै ✓
41. हतार भएको समयमा सवारी कसरी चलाउनुपर्छ ?
- A) हर्न पटक पटक बजाउँदै चलाउने
- B) ब्रेक लाइट बाल्दै, हात हल्लाउँदै चलाउने
- C) इमर्जेन्सी लाइट बालेर सुरक्षित गतिमा चलाउने ✓
- D) जसरी भए पनि छिटो पुग्ने उपाय खोज्ने
42. टर्निङमा गाडी चलाउँदा कसरी चलाउनुपर्छ ?
- A) लो गियरमा चलाउने
- B) स्पिड कम गर्ने
- C) टर्निङ अगाडि नै २–३ पटक हर्न बजाउने
- D) माथिका सबै ✓
43. सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?
- A) सवारी धनी ✓
- B) प्रमुख जिल्ला अधिकारी
- C) ट्राफिक प्रहरी
- D) यातायात व्यवस्था कार्यालय
44. मादक पदार्थ सेवन गरी सवारी चलाएमा के हुन्छ ?
- A) दुर्घटना हुन सक्छ
- B) जरिवाना हुन्छ
- C) माथिका दुवै ✓
- D) रमाइलो हुन्छ
45. सिटबेल्ट किन प्रयोग गर्नुपर्छ ?
- A) आरामको लागि
- B) जरिवानाबाट बच्न
- C) सुरक्षित यात्राको लागि ✓
- D) माथिका कुनै पनि होइनन्
46. दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नुपर्छ ?
- A) अस्पताल लैजानुपर्छ
- B) प्राथमिक उपचार गर्नुपर्छ ✓
- C) भिडबाट अलग गर्नुपर्छ
- D) केही गर्नुपर्दैन
47. दुर्घटनामा परेको घाइतेलाई तुरुन्त कुनै खानेकुरा खान दिन हुन्छ कि हुँदैन ?
- A) हुन्छ
- B) हुँदैन ✓
- C) घाइतेको इच्छा अनुसार गर्ने
- D) घटनामा उपस्थित व्यक्तिहरूसँग सल्लाह गरी दिने
48. पानी परेको बखत सवारी चलाउँदा के कुराको डर हुन्छ ?
- A) गाडीको चक्का चिप्लने
- B) चाहेको बेला ब्रेक नलाग्ने
- C) पैदल यात्रुलाई हिलो छ्याप्न सक्ने
- D) माथिका सबै ✓
49. जेब्रा क्रसिङमा के गर्नुहुँदैन ?
- A) सवारी तीव्र गतिमा चलाउन ✓
- B) ट्राफिक प्रहरी उभिन
- C) सवारी साधन रोक्न
- D) माथिका सबै
50. सवारी साधन दायाँ मोड्दा के गर्नुपर्छ ?
- A) बायाँ साइड लाइट दिई मोड्ने
- B) हेड लाइट बाली मोड्ने
- C) दायाँ साइड लाइट दिई मोड्ने ✓
- D) माथिका कुनै पनि होइन
51. उकालोमा गाडी रोक्दा के के गर्नुपर्छ ?
- A) ओट लगाउने
- B) पहिलो गियरमा राख्ने
- C) ह्यान्डब्रेक लगाउने
- D) माथिका सबै ✓
52. बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्छ ?
- A) हेडलाइट
- B) ब्रेक लाइट
- C) फग लाइट ✓
- D) साइड लाइट
53. टी जंक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- A) दायाँबायाँका सवारी पास हुन नदिने
- B) सवारी रोक्ने
- C) गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने ✓
- D) माथिका सबै
54. सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?
- A) इन्धन बचाउन
- B) इन्जिन संचालन सहज पार्न ✓
- C) सवारी तीव्र गतिमा चलाउन
- D) माथिका सबै
55. सवारीबाट निस्कने कालो धुवाँले के संकेत गर्छ ?
- A) साइलेन्सर पाइप बिग्रेको
- B) साइलेन्सर नभएको
- C) इन्जिन बिग्रेको ✓
- D) इन्धन नभएको
56. कस्तो अवस्थामा क्लच दबाएर गाडी चलाउँदा खतरा हुन्छ ?
- A) ओरालोमा
- B) बढी स्पिडमा
- C) मोडमा
- D) माथिका सबै ✓