१. सडक सुरक्षा भन्नाले केलाई जनाउँछ ?
- क) सवारी साधन चालकले होसियारी अपनाउनु
- ख) सवारी नियमको पालना गर्नु
- ग) सडकमा गुडेका सवारी साधनलाई महत्व दिनु
- घ) माथिका सबै ✓
२. सवारीलाई मोड्दा कुन लाइट बाल्नुपर्छ ?
- क) फग लाइट
- ख) हेड लाइट
- ग) ब्रेक लाइट
- घ) साइड लाइट ✓
३. रातो ट्राफिक लाइटको अर्थ के हो ?
- क) सतर्क हुने संकेत
- ख) सवारी साधन रोक्ने संकेत ✓
- ग) सुरक्षित हुने संकेत
- घ) कुनै पनि होइन
४. हर्नको प्रयोग कुन बेला गर्नुपर्छ ?
- क) नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने ✓
- ख) हर्न बजाउँदै नबजाउने
- ग) धेरै भिड भएको ठाउँमा बजाउने
- घ) माथिका सबै
५. कस्तो अवस्थामा सवारी साधन रोक्नुपर्छ ?
- क) दोबाटो चौबाटोमा ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा
- ख) जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको ठाउँमा
- ग) ट्राफिक प्रहरीले रोक्न संकेत गरेमा
- घ) माथिका सबै ✓
६. जेब्रा क्रसिङ सडकको कुन भागमा राखिन्छ ?
- क) मुख्य चोकमा
- ख) सबै चोकमा
- ग) चोक बाहेक अन्यत्र
- घ) माथिका सबै ✓
७. तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
- क) सवारी चलाउने सीप बढ्छ
- ख) छिटो गन्तव्यमा पुगिन्छ
- ग) दुर्घटना हुने सम्भावना हुन्छ ✓
- घ) सवारी पुरानो हुन्छ
८. जेब्रा क्रसिङ केका लागि बनाइएको हुन्छ ?
- क) सवारीले सडक पार गर्न
- ख) जनावरले सडक पार गर्न
- ग) सवारी साधन रोक्न
- घ) पैदल यात्रुले सडक पार गर्न ✓
९. विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नुहुँदैन ?
- क) हर्न बजाउनुहुँदैन
- ख) तीव्र गतिमा चलाउनुहुँदैन
- ग) ओभरटेक गर्नुहुँदैन
- घ) माथिका सबै ✓
१०. बाक्लो बस्ती भएको इलाकामा प्रति घण्टा कति गतिमा सवारी चलाउनुपर्छ ?
- क) ४० किलोमिटरभन्दा कम ✓
- ख) ४० किलोमिटरभन्दा बढी
- ग) ३५ किलोमिटरभन्दा कम
- घ) माथिका सबै दुवै
११. सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नुपर्छ ?
- क) नजिकको प्रहरीलाई ✓
- ख) नजिकका बासिन्दालाई
- ग) दुर्घटनामा परेका आफन्तलाई
- घ) माथिका सबै
१२. मानिसले बाटो काट्न लागेको समयमा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- क) हातले इशारा गर्ने
- ख) सवारीको गति बढाउने
- ग) सवारी फर्काउने
- घ) सवारीको गति कम गरी बाटो काट्न दिने ✓
१३. सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ ?
- क) राम्रो देखाउन
- ख) ट्राफिक प्रहरीको कारबाहीबाट बच्न
- ग) दुर्घटना भए कम क्षति होस् भनेर ✓
- घ) माथिका सबै
१४. बाटोमा टायर पञ्चर भएमा के गर्नुपर्छ ?
- क) वास्ता नगरी कुदाउने
- ख) गाडी किनारा लगाई छोडेर जाने
- ग) स्पेयर टायर प्रयोग गरी पञ्चर टाल्ने ✓
- घ) माथिका कुनै पनि होइनन्
१५. सवारी साधन बायाँ मोड्दा के गर्नुपर्छ ?
- क) गाडीको ब्रेक लगाउने र रोक्ने
- ख) दायाँ साइड लाइट बालेर मोड्ने
- ग) बायाँ साइड लाइट बालेर मोड्ने ✓
- घ) बेस्सरी हर्न बजाउने
१६. सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
- क) मुसलधारे पानी परेको बेला
- ख) बाक्लो हिउँ परेको समयमा
- ग) बाक्लो कुहिरो लागेको समयमा
- घ) माथिका सबै ✓
१७. बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउँदा प्रहरीले प्रयोग गर्ने साधन कुन हो ?
- क) राडार गन
- ख) लिडार गन
- ग) स्पिड गन ✓
- घ) माथिका सबै
१८. उछिन्ने (ओभरटेक गर्ने) कार्य गर्दा कस्तो प्रकारले गर्नुपर्छ ?
- क) सँधै दायाँबाट
- ख) हर्न बजाएर
- ग) सिधा बाटो र सुरक्षित भएमा
- घ) माथिका सबै ✓
१९. गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्छ ?
- क) दायाँबाट आउनेलाई ✓
- ख) बायाँबाट आउनेलाई
- ग) पछाडिबाट आउनेलाई
- घ) माथिका कुनै पनि होइनन्
२०. ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
- क) बायाँबाट
- ख) दायाँबाट ✓
- ग) दुवै साइडबाट
- घ) कुनै साइडबाट पनि होइन
२१. दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सिजन दिनुपर्छ ?
- क) सामान्य
- ख) रगत बगिरहेको
- ग) बेहोस अवस्थामा रहेको ✓
- घ) होसमा रहेको
२२. सवारी दुर्घटना भएमा कसलाई सूचना गर्नुपर्दैन ?
- क) नजिकको प्रहरीलाई
- ख) नजिकका बासिन्दालाई
- ग) घाइतेका आफन्तलाई
- घ) सडक यात्रुलाई ✓
२३. ओभरटेक गर्दा अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ ?
- क) हेड लाइट बालेर
- ख) हर्न बजाएर ✓
- ग) साइड लाइट बालेर
- घ) माथिका सबै
२४. दिनमाभन्दा रातमा किन दुर्घटनाको सम्भावना बढी हुन्छ ?
- क) बढी गति र भिजिबिलिटी कम हुनाले ✓
- ख) बढी सवारी गुड्ने हुनाले
- ग) यात्रुहरूले मादक पदार्थ सेवन गर्ने हुनाले
- घ) माथिका कुनै पनि होइनन्
२५. कस्तो ठाउँमा सवारीको गति कम गर्नुपर्दैन ?
- क) बाक्लो बस्ती भएको ठाउँमा
- ख) स्कुल क्षेत्रमा
- ग) चौबाटोमा
- घ) खुल्ला बाटोमा ✓
२६. रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो ?
- क) हेड लाइट
- ख) साइड लाइट
- ग) पार्किङ लाइट ✓
- घ) कुनै पनि होइन
२७. पछाडि आएको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्छ ?
- क) आफ्नो सवारीको गति बढाउने
- ख) आफ्नो सवारी स्लो गरी साइड दिने ✓
- ग) हर्न बजाउने
- घ) केही नगर्ने
२८. बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा सवारी चलाउनुपर्छ ?
- क) एक गियरमा ✓
- ख) दुई गियरमा
- ग) तीन गियरमा
- घ) चार गियरमा
२९. लुकिङ ग्लास कुन बखत हेर्नुपर्छ ?
- क) ओभरटेक गर्दा
- ख) ब्याक गर्दा
- ग) दायाँबायाँ मोड्दा
- घ) माथिका सबै ✓
३०. आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुहुँदैन ?
- क) स्लो गरी साइड दिन
- ख) गति बढाउन
- ग) हर्न बजाउन
- घ) ख र ग दुवै ✓
३१. सवारी चलाउँदा चालकको अवस्था कस्तो हुनु जरुरी छ ?
- क) सफा लुगा लगाएको
- ख) लागूपदार्थ सेवन नगरेको ✓
- ग) जुत्ता लगाएको
- घ) रातभर नसुतेको
३२. सवारीको यान्त्रिक अवस्था ठीक नभएमा सवारी चालकले सर्वप्रथम कसलाई जानकारी गराउनुपर्छ ?
- क) ट्राफिक प्रहरी
- ख) नजिकको प्रहरी कार्यालय
- ग) सवारी धनी वा व्यवस्थापक ✓
- घ) जिल्ला प्रशासन कार्यालय
३३. सवारी रोक्दा कस्तो ठाउँमा रोक्नुपर्छ ?
- क) बस स्टपको नजिक
- ख) भिडभाड भएको ठाउँमा
- ग) पार्किङ देखाइएको ठाउँमा ✓
- घ) सडकको बीचमा
३४. साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्छ ?
- क) स्पिडमा गाडी ल्याएर पस्ने
- ख) मेन रोडको बीचमा गाडी रोक्ने
- ग) सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने ✓
- घ) सिग्नल नदिई पस्ने
३५. सवारी ब्याक गर्दा के गर्नुपर्छ ?
- क) इन्जिन रेस गर्ने
- ख) रियर भ्यु मिररद्वारा पछाडि सवारी/पदयात्री छ, छैन हेर्ने ✓
- ग) गाडी रोकी झरेर पछाडि हेर्ने
- घ) हर्न बजाउने
३६. तपाईं आफ्नो सवारी स्टार्ट गर्नुभन्दा पहिले के गर्नुहुन्छ ?
- क) तेल चेक गर्छु
- ख) गियर चेक गर्छु
- ग) ब्रेक तथा इन्डिकेटर लाइट चेक गर्छु
- घ) माथिका सबै ✓
३७. कस्तो अवस्थामा ह्यान्ड ब्रेक लगाउनु उपयुक्त हुन्छ ?
- क) गाडी स्टार्ट गर्दा
- ख) गाडी रोकेर राख्दा ✓
- ग) गाडी रोक्न लाग्दा
- घ) छिटो रोक्नुपर्दा
३८. सवारी दुर्घटना हुनाको कारण के हो ?
- क) मानवीय गल्ती
- ख) मेसिनको गल्ती
- ग) सडकको दुरावस्था
- घ) माथिका सबै ✓
३९. एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
- क) अगाडिबाट आइरहेको गाडीसँग
- ख) दायाँबाट आएको गाडीसँग
- ग) बायाँबाट आएको गाडीसँग ✓
- घ) पछाडिबाट आएको गाडीसँग
४०. सवारी चालकको अवस्था देहायका मध्ये कस्तो हुनु जरुरी हुन्छ ?
- क) देख्ने शक्ति राम्रो भएको
- ख) नथाकेको
- ग) मदिरा सेवन नगरेको
- घ) माथिका सबै ✓
४१. हतार भएको समयमा सवारी कसरी चलाउनुपर्छ ?
- क) हर्न पटक पटक बजाउँदै चलाउने
- ख) ब्रेक लाइट बाल्दै, हात हल्लाउँदै चलाउने
- ग) इमर्जेन्सी लाइट बालेर सुरक्षित गतिमा चलाउने ✓
- घ) जसरी भए पनि छिटो पुग्ने उपाय खोज्ने
४२. टर्निङमा गाडी चलाउँदा कसरी चलाउनुपर्छ ?
- क) लो गियरमा चलाउने
- ख) स्पिड कम गर्ने
- ग) टर्निङ अगाडि नै २–३ पटक हर्न बजाउने
- घ) माथिका सबै ✓
४३. सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?
- क) सवारी धनी ✓
- ख) प्रमुख जिल्ला अधिकारी
- ग) ट्राफिक प्रहरी
- घ) यातायात व्यवस्था कार्यालय
४४. मादक पदार्थ सेवन गरी सवारी चलाएमा के हुन्छ ?
- क) दुर्घटना हुन सक्छ
- ख) जरिवाना हुन्छ
- ग) माथिका दुवै ✓
- घ) रमाइलो हुन्छ
४५. सिटबेल्ट किन प्रयोग गर्नुपर्छ ?
- क) आरामको लागि
- ख) जरिवानाबाट बच्न
- ग) सुरक्षित यात्राको लागि ✓
- घ) माथिका कुनै पनि होइनन्
४६. दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नुपर्छ ?
- क) अस्पताल लैजानुपर्छ
- ख) प्राथमिक उपचार गर्नुपर्छ ✓
- ग) भिडबाट अलग गर्नुपर्छ
- घ) केही गर्नुपर्दैन
४७. दुर्घटनामा परेको घाइतेलाई तुरुन्त कुनै खानेकुरा खान दिन हुन्छ कि हुँदैन ?
- क) हुन्छ
- ख) हुँदैन ✓
- ग) घाइतेको इच्छा अनुसार गर्ने
- घ) घटनामा उपस्थित व्यक्तिहरूसँग सल्लाह गरी दिने
४८. पानी परेको बखत सवारी चलाउँदा के कुराको डर हुन्छ ?
- क) गाडीको चक्का चिप्लने
- ख) चाहेको बेला ब्रेक नलाग्ने
- ग) पैदल यात्रुलाई हिलो छ्याप्न सक्ने
- घ) माथिका सबै ✓
४९. जेब्रा क्रसिङमा के गर्नुहुँदैन ?
- क) सवारी तीव्र गतिमा चलाउन ✓
- ख) ट्राफिक प्रहरी उभिन
- ग) सवारी साधन रोक्न
- घ) माथिका सबै
५०. सवारी साधन दायाँ मोड्दा के गर्नुपर्छ ?
- क) बायाँ साइड लाइट दिई मोड्ने
- ख) हेड लाइट बाली मोड्ने
- ग) दायाँ साइड लाइट दिई मोड्ने ✓
- घ) माथिका कुनै पनि होइन
५१. उकालोमा गाडी रोक्दा के के गर्नुपर्छ ?
- क) ओट लगाउने
- ख) पहिलो गियरमा राख्ने
- ग) ह्यान्डब्रेक लगाउने
- घ) माथिका सबै ✓
५२. बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्छ ?
- क) हेडलाइट
- ख) ब्रेक लाइट
- ग) फग लाइट ✓
- घ) साइड लाइट
५३. टी जंक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
- क) दायाँबायाँका सवारी पास हुन नदिने
- ख) सवारी रोक्ने
- ग) गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने ✓
- घ) माथिका सबै
५४. सवारीमा मोबिलको प्रयोग किन गरिन्छ ?
- क) इन्धन बचाउन
- ख) इन्जिन संचालन सहज पार्न ✓
- ग) सवारी तीव्र गतिमा चलाउन
- घ) माथिका सबै
५५. सवारीबाट निस्कने कालो धुवाँले के संकेत गर्छ ?
- क) साइलेन्सर पाइप बिग्रेको
- ख) साइलेन्सर नभएको
- ग) इन्जिन बिग्रेको ✓
- घ) इन्धन नभएको
५६. कस्तो अवस्थामा क्लच दबाएर गाडी चलाउँदा खतरा हुन्छ ?
- क) ओरालोमा
- ख) बढी स्पिडमा
- ग) मोडमा
- घ) माथिका सबै ✓